१७ फागुन, काठमाडौ । नेकपा (माओवादी)ले अमेरिका र इजरायले इरानमाथि भिषण संयुक्र सैन्य हमला गरी सर्वोच्च नेता आयातोल्लाह अली खमेनी सहित दर्जनौ अधिकारी र नागरिकहरुको हत्या गरेको घटनाको घोर भत्सर्ना गरेको छ ।
नेकपा (माओवादी)का महासचिव विप्लव सीले आईतवार एक प्रेस वक्तव्य जारी गरी यस घटनाले विश्वलाई स्तब्ध, त्रसित र आक्रोसित बनाएको भन्दै यस हमला र विध्वंसको घोर भत्सर्ना गर्नु भएको हो ।
जारी वक्तव्यमा भनिएको छ ‘सन् २०२६ फेब्रुअरी २८ (वि.सं. २०८२ फागुन १६) का दिन अमेरिका–इजरायलले इरानमाथि भिषण संयुक्त सैन्य हमला गरे । उक्त हमलामा परेर इरानका सर्वोच्च नेता अयातोल्लाह अली खमेनीसहित दर्जनौ अधिकारी र नागरिकहरूको मृत्यु भयो । यस घटनाले विश्वलाई स्तब्ध, त्रसित र आक्रोसित बनाएको छ । हामी यस हमला र विध्वंसको घोर भत्सर्ना गर्दछौ ।’
नेकपा (माओवादी)ले यो घटनो अमेरिकी प्रभूत्वको दुनियाँ या तेस्रो महायुद्धको अनिवार्यतिर धकेलेको संकेत गरेको छ ।
‘अमेरिकामा ट्रम्पको उदयसँगै विश्वले दोस्रो विश्वयुद्धपछि के भयानक साम्राज्यवादी फासिवादी हमलाहरू भोग्दै छ ? १ महिना अगाडि भेनेजुएलामाथिको हमला र इरानमाथिको यो हमलाले संवाद, समझवारी, प्रतिस्पर्धाको दुनियाँलाई निषेध गर्दै लगेको छ । यसले या अमेरिकी प्रभूत्वको दुनियाँ या तेस्रो महायुद्धको अनिवार्यतिर धकेलेको छ । यसले २१औं सताव्दीलाई कदापी पनि शान्ति, संमृद्धि र सभ्य दुनियातिर डोन्याउने छैन’ नेकपा माओवादीको वक्तव्यमा उल्लेख छ ।
माओवादीले अमेरिकाले आफूसँगको विमतिलाई अन्य बाहनासँग जोडर भयानक एवं विध्वंसात्मक हमला गर्नु कदापि स्वीकार्य हुन नसक्ने टिप्पणी गर्दै इरान एक स्वतन्त्र एवं सार्वभौमिक मुलुक भएकाले समस्याको समाधान बाह्य हस्तक्षेपबाट नभई आन्तरिक जनअभिमतद्वारा खोज्नु पर्ने बताएको छ ।
माओवादीले कतार, यूएई, साउँदीअरब, कुवेत, बहराइन आदि देशले नेपाली नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गर्न र सुरक्षित नेपाल पठाउने बन्दोबस्त गराउन माग पनि गरेको छ ।
‘अमेरिका र इरानबिचको युद्धले सिङ्गो मध्यपूर्व प्रभावित भएको छ । जहाँ तिस लाख नेपाली वैदेशिक रोजगारीका सिलसिलामा पुगेका छन् ती यस युद्धबाट प्रत्यक्ष प्रभावित भएका छन् । हाम्रो आग्रह छकि युद्ध भयानक हुने अवस्थामा कतार, यूएई, साउँदीअरब, कुवेत, बहराइन आदि देशले नेपाली नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गर्न र सुरक्षित नेपाल पठाउने बन्दोबस्त गरोस भन्ने माग गर्दछौ ।’
माओवादीले नेपाल सरकारलाई पनि आफ्ना नागरिकसँग प्रत्यक्ष सम्बन्धमा रहेर प्रभावकारी कूटनीतिक पहल गरी सुरक्षित बसोबासको व्यवस्था गर्न साथै आवश्यक परे स्वदेश फर्काउन पहल गर्न माग गरेको छ ।
वक्तव्यको पूर्णपाठ
