नवनियुक्त मन्त्रीहरूले लिए शपथ

१३ चैत, काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनु भएको हो ।
आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिनु भएको थियो । शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।

को को बने मन्त्री ?

प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय समाल्नु हुनेछ ।
मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहनु भएका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।
तेस्रो वरियतामा रहनु भएका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाउनु भएको छ ।
विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको नेतृत्व पाउनु भएको छ ।
खड्कराज पौडेल (गनेश) ले पर्यटनमन्त्री, सस्मित पोखरेलले शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नु भएको छ । विक्रम तिमिल्सिना सञ्चारमन्त्री बन्नु भएको छ ।
सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । सीता वादी महिला, बालबालिका मन्त्री बन्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस