नेकपा बैठकमा झलनाथले उठाए ‘एमसीसी खारेजीको माग’

२४ चैत्र, काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा बैठकमा एमसीसी खारेजीको माग गर्नु भएको छ ।
बैठकमा पार्टी हार्नुको कारणबारे लामो दस्तावेज पेश गर्दै नेता खनालले पार्टीका १४ वटा मुख्य कमजोरीहरु औल्याउनु भएको छ ।
उहाँले पार्टीले एमसीसी खारेजीको माग उठाउनु पर्ने जोडदार सुझाव दिनु भएको छ । नेता खनालले पार्टी हार्नुको मुख्यकारण राष्ट्रघाती एमसीसी सम्झौता भएको पनि ठाकुवा गर्नु भएको छ ।
उहाँले चीनसँगको सन्धि र सहयोग नलिनु र एमसीसीमा पुरा पेलेर अनुमोदन गराउनु, दुई देश बीचको सम्झौतामा कथित व्याख्यात्मक घोषणा जस्ता लज्जास्पद “लाज छोप्ने टालो” खडा गरेर एमसीसी अनुमोदन गर्नु हारको प्रमुख कारण भन्नु भएको छ ।
नेता खनालले २०७४ को निर्बाचन पछि बनेका करिब दुई तिहाई बहुमत भएको शक्तिशाली वामपन्थी सरकारका काँधमा धेरै दायित्वहरू भएपनि काम गर्न नसक्नुको परिणाम भएको उल्लेख गर्नु भएको छ ।
उहाँले सरकारमा पुगेर पनि भूमिसुधार गर्न नसक्नु, कृषि क्रान्ति गर्न नसक्नु, कृषकको बजारको संरक्षण गर्न नसक्नु, राष्ट्रिय औद्योगिकरण गर्न नसक्नु, तीन खम्बे नीति पोलेर खानु, देशका उद्योग समेत निजीकरण गर्नु, देश विदेशी सामानको उपभोक्ता बन्नु, महंगीको मार बढ्दै जानु, देशका भूमिहीन, गरिब र मध्यम किसानले पार्टी छाड्दै जानु हारको कारण भएको औल्याउनु भएको छ ।
पूर्व प्रधानमन्त्री खनालले शिक्षा–स्वास्थ्यमा कुनै सुधार नगर्नु र शिक्षा ऐन मात्र पनि बनाउन नसक्नु, महाकाली सन्धि, एमसीसी सम्झौता,भारतीय दूतावासलाई सोझै २० करोडको योजनामा सहमति दिनु, १९५० को सन्धि खारेजीको पहल नगर्नु, लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या समाधान गर्न नसक्नु, लिपुलेकबाट–चीन–भारत व्यापार सम्झौताको विरोध गर्न नसक्नु पनि नेकपाको हारको कारण भएको दाबी गर्नु भएको छ ।
नेता खनालले एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रको एकतालाई पार्टी एकीकरणमै त्रुटि भएको जिकिर गर्नु भएको छ । अहिलेको २५ घटकको एकता पनि संगठनात्मक एकता नभएको भन्दै असन्तुष्टि पोख्नु भएको छ ।
पार्टी एकता भएपनि सांगठनिक रूप दिन नसक्नु र एकताका सिद्धान्तहरूलाई कार्यान्वयन गर्न कार्यदिशा नबनाउनु मुख्य कमजोरी रहेको उहाँले औल्याउनु भएको छ ।
नेतृत्वदायी टिमको अभाव, एकीकृत अभियानको कमी र युवा परिचालन गर्न नसक्नु जस्ता विषयहरूलाई पनि खनालले हारको कारणका रूपमा लिनु भएको छ ।
नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको कार्य संयोजन समिति बैठकमा पार्टी एकता पछि चुनाव हार्नुका तत्कालीन कारणहरू लिखित रूपमा उहाँले पेस गर्नु भएको हो ।
नेकपा घोषणा गरियो तर त्यसलाई सांगठनिक रूप दिन नसकिएको, एकता घटकसँग गरिएका प्रतिबद्धता लागु नभएको, एकताका लागि अगाडि सारिएका चार आधारभूत सिद्धान्त माक्र्सवाद लेनिनवाद मार्गदर्शक सिद्धान्त, आजको समाजवादी क्रान्ति र रूपान्तरणको युग, वैज्ञानिक समाजवाद नेपाली विशेषताको समाजवादी कार्यक्रम, त्यसलाई प्राप्त गर्ने क्रान्तिकारी कार्यदिशा सही भएको तर तिनीहरूलाई लागु गर्ने कार्यदिशा तय नभएको, २०–२५ समूहलाई एकतामा ल्याइएको तर सही कार्यदिशाको आधारमा सङ्गठित गर्ने प्रयास नभएको उहाँको जिकिर छ ।
खनालले बुँदागत रूपमा कमजोरी औँल्याएका छन् । नेतृत्वदायी कोर टिम नबनेको, एकीकृत अभियान समयमै सुरु नभएको, सन्देशसभाको सट्टा एकीकरण हुनुपथ्र्यो, एकतापछि तीन महिनाको समय सदुपयोग नभएको, अपानी र अपिल जारी गर्ने सहमति, समिति प्रणाली नभएको, जनसंगठनलाई एकताबद्ध गरी परिचालन नगरिएको, चुनावी अभियान कसका विरुद्ध भएको त्यसबारे प्रस्ट नभएको, युवाहरूलाई परिचालन नगरिएको, चुनावी अभियान सञ्चालन गर्न प्रभावकारी संयन्त्र नबनेको कुरा खनालले उठाउनु भएको छ ।

बैठकमा पेश गरेको प्रस्ताव यस्तो छः
२०६२–०६३ क्रान्ति पछिको परिस्थिति

हामीले नेपाली समाजलाई रूपान्तरण गर्दै अघि बढ्ने क्रममा २०६२–०६३ मा नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न ग¥यौ । देशमा शताब्दीयौं देखि रहेको राजतन्त्रलाई उन्मूलन ग¥यौ । देशलाई लोकतान्त्रिक गणतन्त्र नेपालमा पु¥यायौं । त्यसपछि संविधान सभाको निर्वाचन ग¥यौं । संविधानसभाबाट सफलतापूर्वक नेपालको संविधान बनायौं । यी सबै हामी सबैका ऐतिहासिक उपलब्धिहरु थिए । संविधान घोषणा पछि २०७४ मा हामीले पहिलो आम निर्वाचन सम्पन्न ग¥यौ । वामपन्थी एकता गरेर भएको उक्त निर्वाचनमा हामी वामपन्थीहरूले १७७ सिट जित्यौ । करिब दुई तिहाई सिट जित्यौ । तत्कालीन दुई पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी) पार्टी बीचमा एकीकरण सम्पन्न भयो । त्यति मात्र होइन प्रदेशहरूमा बहुमत ल्याउनका साथै पालिकाहरूमा समेत हामीले ६०% सिट प्राप्त गरेका थियौं । त्यसपछि देशमा कमरेड के.पी ओलीको नेतृत्वमा एउटा शक्तिशाली सरकार गठन भयो । त्यो सरकार गठन हुने बित्तिकै आम जनतामा, श्रमिक र किसानहरूमा तथा युवा विद्यार्थी,पेशाकर्मीहरू, जनजातिहरू, दलित र अल्पसंख्यक जनतामा आशा र विश्वास चुल्लिएको थियो । अब मुलुक समाजवादी क्रान्ति र रूपान्तरणको दिशातिर अघि बढ्छ भन्ने सबैको आशा थियो । त्यस प्रक्रियामा अब देशमा भूमि सुधार हुनेछ,कृषि क्रान्ति हुनेछ र राष्ट्रिय औधोगिकरण हुनेछ । शिक्षा र स्वास्थ्यमा क्रान्तिकारी परिबर्तन र रुपान्तरण हुनेछ । अब श्रमिक,भूमिहिन,गरिब, मध्यम किसानका लागि रोजगारी र सुरक्षाको ग्यारेन्टी हुन्छ र देश ब्यापक आर्थिक रुपान्तरण तिर अघि बढ्नेछ भन्ने आम जनतालाई लागेको थियो । युवा र बिधार्थीहरु त्यति कै उत्साही र आशाबादी थिए ।
तर त्यो सरकारले जनताका आशा र आकांक्षा विपरीत पार्टीभित्रका ससाना अन्तरविरोधहरूलाई समाधान गर्न नसकी त्यही अन्तरविरोधका नाममा जनताले काम गर्नका निम्ति निर्वाचन गरेर खडा गरेको संसदलाई नै असंवैधानिक रूपले विगठन गर्न पुग्यो । भूमिसुधार, कृषिक्रान्ति, औद्योगिकरण, शिक्षा, स्वास्थ्यमा कुनै ठोस र आमूल सुधार वा परिवर्तन हुन सकेन । जनताका गाँस,बास, कपासका समस्याहरू, शिक्षा र स्वास्थ्यका समस्याहरू तथा रोजगारी र सुरक्षाका समस्याहरु कुनै पनि समाधान हुन सकेनन । त्यसले आम श्रमिक र किसान जनता र युवा विद्यार्थीलाई बृहद असन्तुष्ट बनायो । त्यसले गर्दा उनीहरुको ठुलो हिस्सा हर दिन बाहिर जान थाल्यो । ओली सरकार बिघटन भएर बनेका एकपछि अर्को गठबन्धनका सरकारहरुले पनि जनता र राष्ट्रका इच्छा र आकांशालाई झन बढी बेवास्ता गर्न थाल्यो । २०७९ मा भएको चुनाबबाट त्रिशंकु संसद बनेपछि यो प्रक्रिया झन ब्यापक बन्दै गयो । जीबन झन कष्टमय बन्दै गयो । महंगी बढ्दै गयो । उधोग धन्दा नँया खुल्न सकेनन । भएका उधोगहरु पनि बन्द हुन थाले । अझ पछिल्लो कालमा नेपाली काग्रेस र नेकपा (एमाले)को गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार र कुशासन झन चरम अबस्थामा पुग्यो । त्यसले जनतालाई झन बढी असन्तुष्ट,बिरोधी र आक्रोशित पार्दै लग्यो । देशी बिदेशी प्रतिक्रियाबादीहरु यहि मौका खोजी रहेका थिए ।

बढ्दो जन असन्तोष र रास्वपाको स्थापना

यसरी आम नेपाली जनताको बढ्दो असन्तुष्टिका बीच अमेरिकी साम्राज्यवाद र उनीहरूका नेपाली सहयोगीहरू मार्फत जनताको यो असन्तोषलाई उनीहरूको षड्यन्त्रपूर्ण उद्देश्यतिर मोड्न घनिभूत प्रयत्न गरिरहेका थिए । त्यही क्रममा नेपालमा २०७९ मा एउटा नयाँ पार्टी “राष्ट्रिय स्वतन्त्र पार्टी” स्थापना गरे । जसको चुनाव चिन्ह घन्टी राखियो । त्यसैलाई विकल्पका रूपमा प्रचार गर्न थालियो । त्यसलाई आधुनिक प्रविधि र डिस्कोड(म्ष्कअयचम) प्रविधि मार्फत असन्तुष्ट नेपाली जनता बीच पु¥याउन र उनीहरूलाई प्रभावित पार्न अनेक तरिका साथ लागे । यस प्रक्रियामा उनीहरूले सामाजिक सञ्जाललाई व्यापक रुपले प्रयोग गरे । त्यस मार्फत उनीहरूले पहिलेको पार्टीहरू विरुद्ध, पार्टीका नेताहरूका विरुद्ध असाधारण घृणा फैलाउने काम गर्दै गए । यता देशको आन्तरिक परिस्थितिमा एमाले र कांग्रेसको गठबन्धनको सरकार बनेपछि त जनतामा त्यो असन्तोष र घृणा चरम चुल्लीमा पुग्न थाल्यो । जनताको त्यो असन्तोषलाई राजावादीहरूले समेत उपयोग गर्न खोजे । तर राजावादीहरूको चुरीफुरी आफै निस्तेज बन्न पुग्यो ।

सामाजिक सञ्जालको दुरुपयोग र प्रतिबन्ध

यसै बीच नेपालमा निर्बाध रुपले स्थापना गरिएको गैर सरकारी संस्था र अत्यन्त अराजक ढंगले सञ्चालित भइरहेका केही सामाजिक सञ्जालहरूले गरेका अश्लिल, फोहोरी र मर्यादाहीन प्रचारलाई व्यापक बनाउँदै लगिरहेका थिए । यस्ता सञ्जालहरूलाई सुरु देखि नै ऐन कानुनहरु बनाएर नियमनका आधारमा मात्र सञ्चालनमा ल्याउन स्वीकृति दिनुपर्ने थियो । सरकारले त्यस कुरालाई सुरुदेखि नै ध्यान दिन सकेन । परिणामस्वरूप सामाजिक सञ्जालका कतिपय संस्थाहरू बिल्कुलै बेलगाम ढङ्गले जे पायो त्यही प्रचार गर्न र पार्टी नेताहरुका विरुद्ध घृणा फैलाउने काम गरिरहेका थिए । त्यस्तो अवस्थामा कानुनी आधारहरु तयार गर्ने र सार्वजनिक जनमत बनाउने काम नगरिकन अचानक जस्तो १९ भदौ २०८२ मा मुलुकमा सञ्चालित २६ सामाजिक सञ्जालहरूलाई एमाले कांग्रेसको सरकारले प्रतिबन्ध लगाउन पुग्छ । त्यो निर्णयले आम जनता, व्यवसायीहरु र सबैलाई प्रभाव पार्छ । सूचना प्रवाहहरू नै रोकिन पुग्छन । सरकारको यो कदम पार्टी र नेताहरूका विरुद्ध घृणा फैलाउने जमातका लागि एउटा सुनौलो औसर बन्न पुग्यो । सत्ताको उन्मादमा बसिरहेको झन्डै दुई तिहाइको “शक्तिशाली” सरकारले देशमा जनताको मनस्थिति के भइरहेको छ बिल्कुलै बुझ्न सकेन ।

जेन्जी आन्दोलन

सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको यो घटनालाई उपयोग गरेर “जेन्जी” (न्भल–श्) आन्दोलनको योजना बनाइयो । म्ष्कअयचम माध्यममा पहिलेदेखि नै पोख्त बनेका र बनाइएका व्यक्तिहरू मार्फत युवा विद्यार्थीलाई विरोध प्रदर्शनमा उतार्ने योजना बनाइयो । त्यसका लागि “प्रतिबन्धित सामाजिक सञ्जाल खुल्ला गर, भ्रष्टाचारको अन्त्य गर, र सुशासनको स्थापना गर” भन्ने ३ वटा मागहरू अघि सारेर २३ भदौ २०८२ बिहान काठमाडौँको माइती घरबाट युवा विद्यार्थीको जुलुस निकालियो । त्यो जुलुस प्रशासनमा सहमति लिइकन शान्तिपूर्ण ढंगले सञ्चालन हुने प्रतिबद्धताका साथ सुरु गरियो । त्यसलाई “जेन्जी आन्दोलन” भनेर नाम दिइयो । त्यो आन्दोलनका अधिकांश सहभागीहरू इमान्दार थिए । उनीहरू शान्तिपूर्ण प्रदर्शनको पक्षमा थिए र उनीहरू वर्तमान संविधान र ऐन कानुनहरू अनुरूप नै सञ्चालन गर्न चाहन्थे । उनीहरूका अधिकांश नेताहरूले यही कुरा बताएका छन । तर यथार्थ त्यति मात्र थिएन । ती कलिला बालबालिकाहरूलाई अघि सारेर देशमा असाधारण हिंसा र महाविधंशको चक्र सञ्चालनको भित्री योजना पनि थियो । त्यो कुरा जेन्जी भाइबहिनीहरूलाई थाहा भएन र उनीहरूलाई थाहा पनि दिइएन । त्यस अनुरूप उनीहरूलाई सडकमा उतार्ने, जबरजस्त हिंसा भड्काउने, युवाहरूको हत्या गराउने र त्यसबाट उत्पन्न जनआक्रोशलाई उपयोग गरेर महाविध्वश बचाउने उद्देश्य षड्यन्त्रकारी तत्वहरूको थियो ।

भदौ २४ गतेको महाविंध्वश

त्यही योजना अनुरुप जेन्जी भाइबहिनीहरूको जुलुस एभरेस्ट होटेल नेर पुगेपछि त्यस जुलुसमा सुण्ड मुसुन्ड गुण्डाहरु र टिओबी (Tibetan orginal blood) लेखिएका दलाइ लामाका समर्थकहरू समेत प्रवेश गर्न पुग्छन् । जेन्जी भाइबहिनीहरू भागाभाग हुन्छन् । त्यस आन्दोलनबाट बाहिर हट्न प्रयत्न गर्छन । तर निश्चित उद्देश्य लिएर बसेका हिंसक तत्वहरूले प्रहरीको ब्यारिकेट समेत तोडेर संसद भवनमाथि तोडफोड, आगजानी र विध्वंश मच्चाउन थाल्छन । प्रहरी प्रशासनले भीड नियन्त्रण गर्न कोसिस गर्छ । तर सम्भव हुँदैन । भिड हिंस्रक बन्छ । प्रहरीसँगको भिडन्त बढ्दै जान्छ । यसै बीच गोली चल्न थाल्छ । एकपछि अर्को युवाहरू ढल्न थाल्छन । प्रहरी प्रशासनले आफ्नो नियन्त्रण पूर्ण रुपले गुमाउँछ । अनियन्त्रित रूपले भएको दमन, प्रतिरोध र हत्याको बीचमा तत्कालीन सरकारले आफ्नो कर्तव्य र होस् दुवै गुमाउँछ । हेर्दा हेर्दै १९ जना युवाहरूको हत्या हुन्छ । विध्वंशकारीहरूको लक्ष्य पूरा हुन्छ । उनीहरू भित्रभित्रै खुसी हुन्छन् र उनीहरुले १९ जना युवाहरूको हत्याको विरुद्ध देशभरिका युवाहरूलाई त्यही म्ष्कअयचम मार्फत रातैभरि घृणा फैलाउने काम गर्छन् र जताततै विध्वंश मच्चाउन प्रेरित गर्छन ।

मुलुकमा राज्यविहीन अवस्थाको सिर्जना र ओली सरकार बिघटन

जब २४ भदौ २०८२ को बिहान आइपुग्छ । तब नेपालको राजधानीलाई केन्द्रीत गरेर देशव्यापी रूपमा महाविध्वशको सुरुवात हुन्छ । विभिन्न ठाउँमा विध्वंशकारी षड्यन्त्रकारीहरू तोडफोड आगजानी र विध्वंशका निम्ति तालिम प्राप्त गिरोहहरू र तिनीहरूलाई साथ दिने आवारा गुण्डा र लुटेराहरूको ग्याङहरू योजनाबद्ध ढंगले तयार गरिएका हुन्छन् । उनीहरूका हातमा आगजानी गर्ने रासायनिक बमहरू पहिले नै वितरण गरिएका हुन्छन । राजधानी र बाहिर समेत बजार बन्द छ, यातायात बन्द छ र सञ्चार पनि बन्द छ । तर विध्वंशकारीहरू विभिन्न नेताका घर जलाउनको लागि मोटरसाइकल लिएर केही गुण्डाहरु र केही महिलाहरु समेत पूर्व योजना अनुसार विशेष सामग्रीहरू लिएर पुग्छन् । एकपछि अर्को गर्दै सिंहदरबार जलाइन्छ, सर्वोच्च अदालत जलाइन्छ, संसद भवन जलाइन्छ, राष्ट्रपति भवन जलाइन्छ, एकपछि अर्को व्यापारिक प्रतिष्ठानहरू जलाइन्छ, प्रहरी चौकीहरू जलाइन्छ, मुलुकलाई पूर्ण रूपले सुरक्षाविहीन बनाइन्छ, देशैभर सार्वजनिक भवनहरू जलाइन्छ, योजनाबद्ध रूपले विभिन्न नेताहरूका घर जलाइन्छ । एमसीसी सम्झौताका विरोधी नेताका घरहरू खोजीखोजी जलाइन्छ । देशैभर नगरपालिकाहरू समेत जलाइन्छ तर काठमाडौँ नगरपालिका पूर्ण रुपले सुरक्षित हुन्छ । त्यसमा महानगरपालिकाको प्रमुख सुरक्षित हुन्छन् तर उपप्रमुखको घरमाथि भने हमला हुन्छ । यी सबै तोडफोड आगजानी विध्वंश र लुटपाटका क्रममा बिभिन्न राष्ट्रिय नेताहरूको घर विध्वंश गरिन्छन, चम्पादेवी स्थित पुष्पलाल प्रतिष्ठानमा रहेको वहाँको सालिक ढालिन्छ, पुस्तकालय भवन जलाइन्छ, गणेशमानजीको चाक्सीबारी जलाइन्छ,कृष्णप्रसाद भट्टराईको प्रतिष्ठान जलाइन्छ र विराटनगर स्थित विपि निवास जलाइन्छ । त्यस क्रममा झन्डै ५०० प्रहरी चौकीहरू नष्ट गरिन्छन । प्रहरीको हातबाट हजारौँ एसएलआर राइफलहरू कब्जा गरिन्छ । ९० हजारभन्दा बढी गोलीहरु कब्जा गरिन्छ र जेलहरू समेत खाली गराएर करिब १५ हजार कैदीबन्दीहरुलाई भगाइन्छ ।
त्यस अवस्थामा प्रहरी र प्रशासन पूर्ण रुपले निष्क्रिय बनाइन्छ । यस अवस्थामा देशै जलाइरहँदा सिंहदरबार, संसद र राष्ट्रपति भवन जस्ता संस्थाहरु ज्लाउदा पनि त्यसकै सुरक्षामा बसेर नेपाली सेना भने पूर्णरूपले रमिते बनेर बसेको हुन्छ । त्यस दिन र भोलिपल्ट पनि नेपाल करिब राज्यविहिन अवस्थामा रह्यो । सिङ्गो देश आगजनीकर्ता, विध्वंशकारी,लुटेरा, तोडफोडकारी र आवारा गुण्डाहरूको हातमा गयो र त्यसबेलाको सरकारले पनि राजीनामा गर्न बाध्य भयो । त्यस अवस्थामा देशको धनजनको सुरक्षा गर्ने र एकमात्र जिम्मेवारी सेनाको हातमा थियो । तर त्यो दायित्व नेपाली सेनाले पनि पूरा गरेको देखिएन । यस्ता घटनाक्रमले आम जनताको मनस्थिति खल्बलिएको मात्र होइन, झन बढी अन्योलग्रस्त बन्न पुग्यो । यो अन्योल ग्रस्त मनस्थितिमा पार्टीहरूका विरुद्ध झनै बढी मात्रामा जनतामा भ्रम छर्ने काम भयो र जनतालाई पार्टी नेता विरोधी बनाउँदै लगियो ।

असंवैधानिक रूपले अन्तरिम सरकार गठन र चुनाव घोषणा

मुलुकलाई त्यो अस्तव्यस्त अवस्थामा पु¥याए पछि बल्ल नेपाली सेनाले वार्ता प्रक्रिया अघि बढायो । त्यसमा पनि राजनीतिक पार्टीका प्रतिनिधिहरुसँग छलफल गर्नेभन्दा पनि कथित जेन्जीका अगुवाहरूसँगवार्ता गर्ने, उनीहरूको चाहना अनुसार कथित म्ष्कअयचम मार्फत गरेको निर्वाचनको बहाना गरेर प्रधानमन्त्रीमा सुशीला कार्कीलाई अघि सार्ने काम गरियो । संविधानलाई ठाडै मिचेर पूर्बप्रधान न्यायाधिस सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइयो र जनताद्वारा निर्वाचित संसदलाई अवैधानिक रुपले विघटन गर्ने काम गरियो र देशलाई थप अस्तव्यस्तता र संकटतिर धकेलियो । त्यति मात्र होइन देशको आन्तरिक स्थिति, राजनीतिक पार्टीहरूको स्थिति, लोकतन्त्रको स्थिति, २४ गतेको विध्वंश र त्यसले पारेको असर र संविधान र निर्वाचनका निम्ति गर्नुपर्ने तयारी जस्ता कुरालाई गम्भीरतापूर्वक नलिँइ “६ महिनाभित्र चुनाव गराउने” षणयन्त्रमा सहमति जनाउने काम गरियो । निर्वाचनमा नै मुलुकलाई लग्दा पनि राजनीतिक पार्टीहरूलाई तयारी गर्न पर्याप्त समय दिनुपथ्र्यो । कतिपय नेताहरूले खुब ठूलो युक्ति निकालेर चुनावको घोषणा गरियो भनेर आत्मप्रशंसा गर्नुभयो तर देशलाई अन्तर्राष्ट्रिय शक्तिहरूको अखडा बनाइँदैछ भन्ने कुराको हेक्का राख्न सक्नुभएन । मुलुकभित्र जनभावना के भइरहेको छ, कस्ता शक्तिहरूको खेलचलिरहेको छ, उनीहरू आधुनिक प्रविधिलाई समेत प्रयोग गरेर कसरी जनमतलाई गलत दिशातिर लगिरहेछन् भन्ने बारेमा पार्टीका औपचारिक ओहदामा रहेका कुनै नेताहरूलाई पनि अत्तोपत्तो भएन । जनतामा लामो समयदेखि गुम्सिएको असन्तोष,विरोध र आक्रोशले कुन मोड लिँदैछ भन्ने कुरा बुझ्ने प्रयत्न नै भएन । त्यस्तो अवस्थामा पार्टीहरू निर्वाचनमा होमिने स्थिति भयो । नेपाली कम्युनिष्ट पार्टी पनि होमियो । आखिर बाह्य शक्तिहरूको जस्तो चाहना थियो त्यही हुनु अनिवार्य थियो ।

फागुन २१ को निर्वाचनबाट प्राप्त मतपरिणाम

वास्तवमा चुनावको अन्तिम दिनसम्म पनि विभिन्न पार्टीहरू आफैंले जित्ने सपना देखेर हिँडिरहेका थिए । नेपाली कांग्रेस नयाँ र युवा नेतृत्व निर्माण गरेर “एक्लै बहुमत ल्याउने” प्रचार गरिरहेको थियो । नेकपा (एमाले) आफैंले बहुमत ल्याउने र नयाँ सरकार बनाउने सपना देखिरहेको थियो । अन्य कैयौँ साना दलहरू पनि आफ्नो बर्चस्व बढ्ने सपना नै देखिरहेका थिए । तर यसपटकको चुनाव परम्परागत शैलीको थिएन । यसपटक नितान्त नौलो शैलीमा चलिरहेको थियो । ठूला भाषण, सभा, जुलुस, माइकिङ, रोड शो, प्रचार र पम्प्लेटहरू, चुनाव चिन्हका ध्वजा पताका, घोषणापत्रहरू, पर्चाहरू आदि कुराको खासै भूमिका देखिएन । प्रचार कार्यको मुख्य प्रवाह नै मोबाइल फोनबाट सम्पन्न भयो । तिनीहरू मार्फत सामाजिक सञ्जालहरू र एआईको प्रयोग समेत बाट निर्माण गरिएका छनोटपूर्ण “पार्टी विरोधी र नेता विरोधी” प्रचारको बाढी नै सिर्जना गरियो । मतदाताले उम्मेदवार हेर्ने,उनका कुरा सुन्ने, उनका एजेण्डा हेर्ने,उनले के गरे वा गर्न सक्छन् भनेर मूल्याङ्कन गर्ने कुरा सोच्दै सोचेनन । यसरी मोबाइल फोन वाट्सएप, म्यासेन्जर, टिकटक, भाइबर र फेसबुक जस्तो डिजिटल प्लेटफर्महरूबाट आउने कन्टेन्ट (अन्तरवस्तु)ले नै मोबाइल बोक्ने जति मतदाताको मनस्थितिलाई आकर्षण ग¥यो । त्यस प्रक्रियामा यति गहिरो गरी उनीहरूको दिमागमा घन्टी चिन्हप्रति आकर्षण भयो कि उनीहरुको मस्तिष्क नै एक प्रकारले कब्जा भयो । त्यसले गर्दा यसपटक मतदाताले उम्मेद्धार पनि हेरेनन,घोषणापत्रका वाचापत्र पनि हेरेनन, कसैका भाषण पनि सुनेनन तर विभिन्न माध्यमबाट उनीहरुले पाएका सूचनाले उनीहरुलाई घन्टी मात्र सम्झाउन पुगे र अन्त्यतः उनीहरुको ठूलो संख्याले घन्टीमा मत हाल्यो । त्यसकारण यसपटकको निर्वाचनमा निम्न बमोजिमको परिणाम प्राप्त हुन पुग्यो ।
उपर्युक्त तथ्याङ्कले के कुरा प्रष्ट पार्छ भने यसपटक सबै पहिलेका पार्टीहरूको सर्मनाक पराजय भएको छ । हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टीले १६४ स्थानमा उम्मेद्धार उठाएको थियो । बाग्लुङको एक सिटमा नेकपा (मसाल)सँग कार्यगत एकता गरिएको थियो । त्यो पनि पराजित भयो । हाम्रो पार्टीले उठाएका १६४ सिटमध्ये ८ सिटमा मात्र जित्यौ । १७ स्थानमा दोस्रो मत ल्याउन सक्यौ । ४० सिटमा जमानत जोगाएर पराजित भयौँ र ९९ सिटमा हाम्रा उम्मेद्धारहरूको जमानत समेत जफत भयो ।
त्यसरी नै नेकपा (एमाले )एक्लै हिँडेर बहुमत ल्याउने धक्कु देखाइरहेको थियो । त्यसले पनि हाम्रो भन्दा एक सिट मात्र बढी ल्याएर ९ सिट पुर्यायो । उता नेपाली कांग्रेस “विशेष महाअधिवेशन” गरेर युवा कांग्रेस बनायौं भनेर निर्वाचनमा होमिएको थियो । त्यसले प्रत्यक्षमा १८ सिट जित्यो । आफ्नै सभापति समेतलाई जिताउन सकेन । त्यसले पनि नराम्रो हार बेहोर्न पुग्यो । यो चुनावमा भाग लिएका ९ वटा वामपन्थी समूहहरूमध्ये अरु कसैले पनि एक सिट प्राप्त गर्न सकेनन् । उपत्यकामा रास्वपाले सबै सिट जित्यो । मधेसमा पनि अधिकांश सिट रास्वपानै जित्यो । देशका धेरैजसो भागमा रास्वपा कै बस्चस्व देखियो । मधेसका आफूलाई मधेसी भन्ने सबै पार्टी र तिनका नेताहरूको समेत शर्मनाक हार भयो । यहाँसम्म कि भक्तपुरमा विगत दशकौंदेखि जित्दै आएको नेमकिपाले समेत नराम्ररी हार खायो । जहाँ जहाँ रास्वपाले जित्यो ती प्रत्येक जस्तो ठाउँमा ठूलो मार्जिनले जितेको देखिन्छ । नेकपा (एमाले)का नेता क. खड्ग ओलीलाई त वँहाको आफ्नै निर्बाचन क्षेत्रमा १८ हजारको विरुद्ध ६८ हजारले रास्वपाले जित्यो । यी तथ्यहरु हेर्दा निकै अनौठो परिणाम आएको देख्न सकिन्छ ।
तर यति हुँदाहुँदै पनि हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रका निर्वाचन क्षेत्रहरूमा भने रास्वपाको केही चलेन । त्यहाँ अल्गोरिदमले पनि भ्याएन । ती क्षेत्रहरूमा पहिले कै पार्टीहरुले अधिकांश स्थानमा जितेका छन । इलाम,पाचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, डोल्पा, पाल्पा, गुल्मी, रुकुम, रोल्पा, अछाम, बझाङ, दार्चुला जस्ता हिमाली र पहाडी जिल्लाहरुमा भने रास्वपाको प्रभाव निकै कमजोर देखियो । ती क्षेत्रहरुमा पहिलेका पार्टीहरुले नै विजय प्राप्त गरे । त्यसले के कुरा प्रष्ट पार्छ भने डिस्कोर्ड र अल्गोरिदमको प्रभाव यी जिल्लाहरूमा धेरै पुग्न सकेको रहेनछ । तराई भित्री मधेश र उपत्यकाहरुमा भने यो चुनावमा मोबाइल फोन मार्फत डिस्कोड र अल्गोरिदमले बढी काम गरेको छ भन्ने पनि पुष्टि हुन्छ ।

यसपटकको चुनावमा रास्वपाले उच्चस्तरको प्रविधिलाई जनता आकर्षण गर्ने काममा असाधारण रूपले प्रयोग गरेको प्रष्ट गर्छ । रुकुम पूर्व जस्तो पहाडी जिल्लाबाट लडेको हुनाले मात्र नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डले पनि जित्न सफल हुनुभयो । पहिलेकै ठाउँबाट उठेको भए वहाँलाई पनि गाह्रो थियो । यसरी यसपटकको चुनाव एउटा विशेष अवस्थामा सम्पन्न भयो । कथित जेन्जी आन्दोलन र २४ भदौको महाविध्वंशको रापताप अनि देशी विदेशी शक्तिहरुको प्रबल सहयोग र उच्च प्रविधिको प्रयोग समेतका कारणले रास्वपाले यो विजय प्राप्त गरेको छ ।
आखिर नेपालमा एउटा छोटो अवधिमा आम जनताको मन र मत किन यसरी पर्लक्क पल्टिन पुग्यो । आजभन्दा ८ वर्षअघि २०७४ मा भएको निर्वाचनमा अहिलेकै जसरी वामपन्थी शक्तिहरुले १७७ सिट प्राप्त गरेको थियो । सबै प्रदेशहरू र पालिकामा समेत ठूलो विजय प्राप्त गर्न सकेको थियो । यो आठै वर्षको छोटो अवधिमा त्यत्रो जनमत कसरी परिवर्तित भयो ? त्यसका आधारभूत र तत्कालिक कारणहरू के छन ? त्यसका आन्तरिक र बाह्य कारणहरू के छन ? आज हामी सबै कम्युनिष्टहरूले यो कुराको गहन र तथ्य संमत विश्लेषण गर्नु जरुरी छ । हाम्रो पार्टीले झनै जिम्मेवारीको भावनाका साथ यो निर्वाचनको सामग्रीक समीक्षा गर्नुपर्छ । त्यसरी गरिने समीक्षाबाट पार्टी र आन्दोलनले ठूलो शिक्षा प्राप्त गर्न सक्छ । हाम्रो यात्रा दीर्घकालीन यात्रा हो । हामी समाजवाद र साम्यवादसम्म पुग्ने महान ऐतिहासिक यात्रामा छौँ । समाजवाद प्राप्तिको यो यात्रा एउटा अविरल यात्रा हो । यो प्राकृतिक–ऐतिहासिक यात्रा पनि हो । यो यात्रा असफल हुन त सक्दै सक्दैन । कहिलेकाहीँ उतार चढाव भने भोग्नुपर्ने हुन्छ । कहिलेकाहीँ एक वा अर्को घटनामा हार पनि हुने गर्छ । तर ती प्रत्येक हारहरू र पराजयहरू सधैं अस्थायी र क्षणिक हुन्छन । तिनीहरूले हामीलाई अग्रयात्राका निम्ति ठूलो शिक्षा दिइरहेका हुन्छन् । त्यस्ता घटनाहरूको समीक्षाबाट आएका निष्कर्षहरू हाम्रा आगामी दिनका मार्गदर्शन हुन्छन । त्यसैले भन्ने गरिन्छ “असफलता नै सफलताको जननी हो” । हामीले यो कुरालाई ध्यानमा राखेर द्धन्दात्मक भौतिकवादी दृष्टिकोणका आधारमा २१ फागुनमा भएको यो चुनावको पनि गहन समीक्षा गर्नुपर्छ । त्यसका आधारभूत र बाहिरी तथा त्यसका तत्कालिक कारणहरूको गहिरो विश्लेषण र संश्लेषण गर्नुपर्छ ।

यस्तो परिणाम आउनुका आधारभूत कारणहरू

२०७४ को निर्बाचन पछि बनेका करिब दुई तिहाई बहुमत भएको शक्तिशाली वामपन्थी सरकारका काँधमा रहेका दायित्वहरू थिए ।
– जुन आन्दोलन र सशस्त्र सङ्घर्ष दुवै क्रममा पीडित जनताको आशा अपेक्षा चुल्लिएको थियो ।
– अब गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य,रोजगारी र सुरक्षा यी ७ कुराहरू प्राप्त हुने जनताको आशा थियो
नकामहरू
– भूमिसुधार केही भएन
– कृषि क्रान्ति केही भएन
– कृषिमा सुधार (मल, बिउ,प्रविधि, औषधि, वैज्ञानिक सेवा, वित्तीय,सिँचाई,मूल्य सेवा र बजार सेवा) ९ सेवा
– कृषकको बजारको संरक्षण पनि भएन (दुध पोखे,गोडभेडा पोखे,फुलका माला कुहेर फ्याके,उखु बोकेर राजधानी आए,लघुबित्त बिरोधी आन्दोलन)
– राष्ट्रिय औद्योगिकरण (एउटा उद्योग पनि खुलेन, रोजगारी विकास भएन)
– तीन खम्बे नीति पोलेर खाईयो
– देशका उद्योग समेत निजीकरण भए
– देश विदेशी सामानको उपभोक्ता मुलुक बन्यो
– महगीको मार बढ्दै गयो
– यो देशका भूमिहीन, गरिब र मध्यम किसानले पार्टी छोड्दै गए
– शिक्षा–स्वास्थ्यमा कुनै सुधार भएन, शिक्षा ऐन मात्र पनि बन्न सकेन
– राष्ट्रियताको संरक्षण पनि भएन
महाकाली सन्धि
एमसीसी सम्झौता
भारतीय दूतावासलाई सोझै २० करोडको योजना
१९५० को सन्धि
लिम्पियाधुरा, लिपुलेक र कालापानी
लिपुलेकबाट–चीन–भारत व्यापार
वामपन्थी द्विविधा रह्यो
– चीनसँगको सन्धि र सहयोग पनि बढ्न सकेन तर एमसीसीमा पुरा पेलेर अनुमोदन गरियो
– दुई देश बीचको सम्झौतामा कथित व्याख्यात्मक घोषणा जस्ता लज्जास्पद “लाज छोप्ने टालो” खडा गरेर एमसीसी अनुमोदन
दुईतिहाइ बहुमत करिब भएको संसद विघटन गरियो,संविधान नराम्ररी मिचियो
पार्टी विभाजन
– पार्टी एकीकरणमै त्रुटि थिए
– सर्वोच्चले त्यसैलाई समात्यो
– नेकपा एमालेमा – माधव नेपालबाट विभाजन
– माओवादी र एमाले दुवै विभाजन भएर अनेक समूह बने ।
दुई तिहाइको सरकार विघटनदेखि बनेका एकपछि अर्को गठबन्धनका सरकारहरू
– अस्थिरता
– भ्रष्टाचार
– नीतिहिनता
– सत्तालोलुप्तामा नै सिमित रहे
– एमाले नेपाली कांग्रेसको गठबन्धन तिनीहरू चरम चुल्लीमा पुगे
त्यसले गर्दा आम जनता यसरी कम्युनिष्ट पार्टी र अन्य पुराना पार्टीहरूबाट टाढा हुँदै गए । त्यसका विशेष रूपहरू निम्न बमोजिम छन ।
१.प्रवासी नेपालीहरू
त्यसले गर्दा ठूलो संख्यामा भूमिहीन, गरिब र मध्यम किसान वर्गका जनता र श्रमिक जनता कामको खोजीमा साहु महाजन र बैकसँग समेत धेरै धेरै ऋण लिएर विदेश जान बाध्य भए, उनीहरूलाई रोक्न सक्ने क्षमता कसैमा रहेन । न हाम्रो पार्टीसँग नै रह्यो ।
– त्यसमा हाम्रै कार्यकर्ता र समर्थकहरूको ठूलो संख्या यसरी प्रवासतिर जान थाल्यो ।
– अहिले १७३ भन्दा बढी देशमा नेपाली पुगेका छन ।
– १११ देशमा औपचारिक सहमति प्राप्त गर्न गएका छन ।
– ल्च्ल्ब् मात्र पनि विश्वका ८५ देशमा संगठित र क्रियाशील रहेका छन ।
– तिनीहरूमध्ये मलेसिया र खाडी राष्ट्रहरू श्रमिक नेपालीका मुख्य गन्तव्य बनेका छन । ३० लाख त्यही छन् ।
– २०१६– २०२६ मा मात्र ५५ लाख नेपाली प्रवासतिर गएका छन ।
– विगत २० वर्षको अवधिमा (२०६२–२०८२) भित्र ७०–८० लाख नेपाली बाहिर गएका छन ।
– अहिले नेपालका कुल परिवार ६६ लाख ६६ हजार ९३७ मध्ये ७६.८% परिवारबाट कम्तीमा एक जना प्रवासमा छन र उनीहरू कुनै न कुनै मात्रामा रेमिट्यान्स पठाउने गर्छन् ।
यी जनता नेपालका पार्टीहरूबाट असन्तुष्ट भएर यिनीहरूले केही गर्न नसक्ने रहेछन् भनेर बाहिर गएका छन । उनीहरूको ठूलो हिस्सालाई यो चुनावका बेला घन्टीको पक्षमा परिचालित गरियो । त्यसले मतदाताको ठूलो संख्यालाई प्रभावित पा¥यो ।
२. विद्यार्थी पलायन
श्रमिकहरू मात्र होइन नेपालमा शिक्षामा सुधार हुन नसक्नु, एउटा ऐन सम्म पनि बन्न नसक्नु, नयाँ पाठ्यक्रम आउन नसक्नु, डेढ दर्जनभन्दा बढी विश्व विद्यालयहरू भएपनि गुणस्तरको शिक्षा प्राप्त गर्न नसक्नु र रोजगारी प्राप्त गर्ने शिक्षा नहुनुको कारणले प्रत्येक वर्ष एनओसी लिएर युवा विद्यार्थीहरूको अर्को लाखको संख्या अस्ट्रेलिया, क्यानडा, भारत लगायतका अनेकौं देशमा बाहिर गईरहेका छन । उनीहरूको पनि ठूलो हिस्सा विद्यमान पुराना पार्टी र तिनीहरूका नेतृत्वसँग सन्तुष्ट छैनन् र थिएनन् । नयाँका नाममा उनीहरू पनि घन्टीतिर नै आकर्षित हुन पुगे ।
३. इसाईकरणको अभियान
त्यसरी नै नेपालमा क्रान्तिको स्वरूपमै परिवर्तन आएको २० वर्ष पुग्दा पनि र बारबार कलाकारहरुले समेत आफ्ना कार्यक्रमहरू मार्फत नयाँ देशभक्तिपूर्ण, राष्ट्रिय एकतामुखी र समाजवादी सांस्कृतिक आन्दोलन चलाउन आग्रह गरे पनि ती काम हुन नसक्दा, नेपाली समाजमा धर्म र आस्था परिवर्तन गराउने एउटा राष्ट्रव्यापी अभियान सञ्चालित हुँदै आएको छ । साम्राज्यवादीहरूले चलाउँदै आएको यो अभियानले विभिन्न जनजातिका जनतालाई सीमान्तकृत अवस्थाका जनतालाई निकै ठूलो मात्रामा प्रभावित पारेको छ र नेपालमा इसाई समुदायको लाखौंको पंक्ति तयार भएको छ । त्यस्तो रूपमा त्यो समुदाय १०–१२ लाख रहेको मानिन्छ तर भित्री रूपमा विचार गर्दा त्योभन्दा बढी नै छन । यो समुदायका पनि निकै ठुलो हिस्सालाई योजनाबद्ध रूपले नै घन्टीका पक्षमा परिचालित गरियो ।
४. निजी स्कुलहरूको भूमिका
हाम्रो देशमा संविधान बमोजिम सार्वजनिक शिक्षालाई विकास गर्न नसक्नुको कारणले नेपालभरि निजी स्कुलहरू ठूलो संख्यामा विकास गरेका छन । तिनीहरू नेपालको उदाउँदो निम्न मध्यम र मध्यम वर्गका उद्यमहरूका रुपमा विकास गरेका छन । पार्टी र सरकारहरूले न सार्वजनिक शिक्षालाई प्रभावकारी बनाउन सकेका छन न निजी स्कुलहरूका मागहरूलाई नि पूरा गर्न सकेका छन । त्यसले गर्दा नीजि स्कुलका मालिकहरू, सञ्चालकहरू, शिक्षकहरू र विद्यार्थीहरू पनि पार्टीहरूप्रति असन्तुष्ट बन्दै गए ।
भदौ २३ को जेन्जी आन्दोलनमा मुख्य रूपले निजी स्कुलका विद्यार्थीहरू संलग्न भएको कुरालाई देख्न सक्नुपर्छ ।
यो समुदायको पनि निकै ठुलो हिस्सा पुराना पार्टीहरूप्रति असन्तुष्ट बनेको थियो र तिनीहरू पनि घन्टीप्रति नै आकर्षित हुन पुगे ।
५. शिक्षक आन्दोलन र शिक्षा ऐन
त्यति मात्र होइन नेपालका आम शिक्षकहरूले धेरै लामो अवधिदेखि नयाँ शिक्षा नीति र नयाँ शिक्षा ऐन निर्माणको माग गर्दै आएका थिए । उनीहरू २०८२ मै पनि लाखौंको संख्यामा देशभरिबाट राजधानीमा भेला भएर शिक्षा ऐन अभिलम्ब बनाउन माग गरेका थिए । त्यो बनाउन कुनै गाह्रो कुरा थिएन । तर दुई ठूला पार्टी सत्तामा रहेर पनि उनीहरुले केहि गर्न सकेनन । शिक्षकहरूले आन्दोलनको मैदानबाट नै घोषणा गरेर फर्केका थिए । अब पनि नयाँ शिक्षा ऐन बनेन भने हामी आउने चुनावमा पार्टीहरुलाई देखाइदिनेछौं । वास्तवमा नेपालको सामाजिक–राजनीतिक परिवर्तनमा शिक्षकहरूको अत्यन्त महत्वपूर्ण भूमिका रहने गरेको कुरा कसैले पनि बेवास्ता गर्न मिल्दैन । शिक्षकहरूप्रति यसपटक वेवास्ता र अपमान पनि भएको थियो ।उनीहरुको पनि महत्वपूर्ण हिस्साले समेत यसपटकको निर्वाचनमा भूमिका खेलेको कुरालाई बिर्सनु हुँदैन ।
६. गरिबीको रेखामुनि जनता
– अहिलेको २०% जनता गरिबीको रेखामुनि छन् ।
– तिनीहरू अहिले ६० लाख छन ।
– यो पंक्तिको हितमा झन् कम्युनिष्ट पार्टीको तर्फबाट केही गरिएन
– उनीहरू समेत यसपटक वर्गलिए ।
– लघुवित्त उत्पीडनका विद्रोहको संघर्षमा आएका पचासौँ हजार किसान
– गोलभेडा सडकमा फ्याक्ने किसानहरू
– दुध पोख्ने किसानहरू
– काठमाडौँसम्म आएर लड्ने उखु किसानहरू सबै परम्परागत पार्टीहरू विरुद्ध हुने परिस्थिति हुन गयो ।
७. अरु सबै पार्टीका पक्षधर पनि घन्टीतिर गए
उपरोक्त कारणहरूले आधारभूत तहका जनताको ठूलो माग वामपन्थी पार्टीहरूबाट टाढा हुँदै गयो । यहाँसम्म कि विरोधीहरूको खेल समेत थपिँदै जाँदा र घन्टीलाई विकल्पका रुपमा देख्न थालेपछि कांग्रेसका पक्षमा र सबै पुराना पार्टीहरूका पक्षमा रहेको जनमत पनि घण्टीतिर गयो ।
परिणामलाई सहयोग पु¥याउने बाह्य कारणहरू
१.नेपालको रणनीतिक अवस्थिति र बाहिरी शक्तिहरूको चलखेल
२.अमेरिकीहरूको १९५० देखि कै चीन विरोधी रणनीति
३.चीन विरोधी कार्यमा भारत–अमेरिकी सहकार्य
४.अमेरिकीहरूको आर्थिक हतियार युएसआइडी र सिआईएको लगानी (पत्रकार, कर्मचारी, बुद्धिजीवीमा)
५.अमेरिकीहरूको बाइबलको हतियार, व्यापक रूपले इसाईकरण (उनीहरूलाई तुरुन्त … मिल्छ)
६.अमेरिकीहरूको पछिल्लो हतियार एमसीसी सम्झौता र एसपीपी सम्झौता
७.त्यसमार्फत नेपालमा सैनिक–सम्बन्ध विस्तार गर्दैछ ।
– इन्डोप्यासिफिकका प्रत्येक बैठकमा नेपाली सेनाका प्रतिनिधि बोलाइन्छ ।
– इन्डोप्यासिफिकका कमान्डरहरू सैनिक विमान लिएर नेपाल आउँछन ।
– उनीहरू नेपालका विभिन्न सैनिक शिविरको भ्रमण गर्छन ।
– नेपाली सैनिक अधिकृतलाई तालिम दिने बहाना गर्छन ।
– उनीहरूको सैनिक र ब्यान्ड नेपाली सेनाको सेना दिवसमा बजाइन्छ ।
– यसपटकको २०८२ को सैनिक दिवस शिवरात्रीको बढाई कार्यक्रममा नै अमेरिकी सैनिकहरुलाई नृत्य गर्न लगाइयो ।
८.२०७९ मा शेरबहादुर देउवाले एसपीपी नगर्ने निर्णय गरेको भोलिपल्ट उनीहरूकै प्रेरणामा रास्वपा नेपालमा दर्ता भएको हो ।
९.यो पार्टीलाई उनीहरूले प्राविधिक र वित्तीय सहयोग गर्दै आएका छन ।
१०.यिनीहरूले सुरुदेखि निम्न डाटाहरू खेलाउँदै आएका छन

– नेपाली मतदाताको सूची
– प्रत्येक निर्वाचन क्षेत्रको नामावली
– ती निर्वाचन क्षेत्रबाट प्रवासमा गएकाहरूको नामावली
– उनीहरू कुन कुन देशमा गएका छन् ती प्रवासी नेपालीहरूको नामावली
– प्रवासमा रहेका श्रमिक, विद्यार्थी र व्यवसायीहरूको नामावली
– नेपालमा रहेका इसाईहरूको नामावली
– प्राइभेट स्कुलका शिक्षक र विद्यार्थीहरूको नामावली
११. त्यसमा उनीहरूले डिस्कोर्ड नामक प्रसार माध्यमलाई व्यापक प्रयोग गरे, त्यसरी नै एल्गोरिदमको पनि प्रयोग भयो
१२. अमेरिकनहरूले निम्न संस्था मार्फत नेपालभित्र आफ्ना समर्थकहरूको एउटा पंक्ति तयार पारे।
१३. त्यसबाहेक उनीहरूले विभिन्न माध्यमबाट वित्तीय परिचालन गरेका छन ।

– एमसीसीबाट ठूलो रकम बाँडिन्छ । (पत्रकार, बुद्धिजीवी, विश्लेषक)
– ऋक्ष्बले व्यक्तिहरूलाई नै दिन्छ ।
– चर्चहरू मार्फत विभिन्न पास्टरहरुलाई दिन्छ ।
– बारबारा ९द्यबचदबचब ँयगलमबतष्यल० फाउन्डेसन प्रख्यात नै छ ।
नेपाली कम्युनिष्ट पार्टी स्थापना पछिका तत्कालीन कारणहरू
– १.नेपाली कम्युनिष्ट पार्टी स्थापनाको घोषणा गरियो तर त्यसलाई संगठित रुप दिइएन ।
– २.एकतामा आफ्ना सबै “घटक” र समूहहरूसँग गरिएका प्रतिबद्धताहरू लागू गरिएन ।
– ३.पार्टी एकतामा अघि सारिएका चार आधारभूत सिद्धान्तहरू माक्र्सवाद–लेनिनवाद मार्गदर्शन सिद्धान्त, अहिले समाजवादी क्रान्ति र रूपान्तरणको युग, वैज्ञानिक समाजवाद–नेपाली विशेषताको समाजवादी कार्यक्रम, त्यसलाई प्राप्त गर्ने क्रान्तिकारी कार्यदिशाको बाटो, बिल्कुलै सही थिए र अहिले पनि छन तर तिनीहरूलाई लागू गर्ने कार्यदिशा तय छैन र तय भएन ।
– ४.एकता प्रक्रियामा २०–२५ समूहलाई ल्याउनुका साथै तिनीहरूलाई सही कार्यदिशाका आधारमा संगठित गर्न प्रयत्न भएन, नेतृत्वदायी कोर टिम बनेन । एकताको घोषणा मात्र गरेर सबैलाई आआफ्नै ढंगले चुनावी अभियानमा जान बाध्य पारियो ।
– ५.एकतापछि तुरुन्त पहिलो काम सिनियर नेताहरूको १०–१२ जनाको नेतृत्वदायी कोर ग्रुप बनाउनु पर्दथ्यो र पार्टी एकीकरण गर्ने कामलाई प्राथमिकता दिएर अघि बढाउन सक्नुपर्दथ्यो । तर त्यसो केही भएन ।
– ६. एकीकरण अभियान समयमै सुरु भएन
पार्टीमा १० समूहलाई एकीकृत गर्ने २०८२ कार्तिक १९ गतेको घोषणा भए पछि अर्को दिनबाट नै पार्टीलाई संगठनात्मक रुपले एकीकृत गर्ने अभियान सुरु गर्नुपर्दथ्यो र त्यो केन्द्र,प्रदेश, जिल्ला, पालिका, वार्ड र आधारभूत इकाई सम्म लानुपर्ने थियो । अझ एकतामा आउने समूहलाई त्यही प्रक्रियामा एकीकृत गर्दै पार्टी र शक्तिलाई सुदृढ गर्दै जानुपर्ने थियो । तर यो पार्टीको यो आवश्यकतालाई बिल्कुलै वेवास्था गरियो ।
– ७.सन्देश सभाको सट्टा एकीकरण गर्नुपर्ने थियो
समयको चापलाई ध्यान नदिकन र कामको प्राथमिकतालाई ध्यान नदिइकन पार्टीलाई संगठनात्मक एकीकरणको दिशातिर लानुको सट्टा सात वटै प्रदेशमा “एकता सन्देश सभा” गर्ने भनेर पार्टीको ध्यान त्यतातिर केन्द्रित गरियो । माथिदेखि तलसम्म पार्टीका कुनै कमिटी छैनन, शक्ति एकताबद्ध छैन त्यस्तो अवस्थामा सन्देश सभाहरू भएपनि तिनीहरू आफै पनि पर्याप्त मात्रामा प्रभावकारी भएनन । अर्कोतिर ती सभाहरू कुनै भेला र उत्सवमा भेला भए जस्ता भए । त्यसले संगठन शक्तिलाई विस्तार गर्न कुनै भूमिका खेल्न सकेन । घर फर्किदा सबै एकला एक्लै छरपष्ट भएर फर्के । खाली ती सभाबाट पार्टीको र कार्यकर्ता पंक्तिको खर्च मात्र भयो । पार्टी एकता भएकोमा सकारात्मक सन्देश गयो, तर त्यसले संगठित रुप लिन पाएन र सकेन ।
– ८. एकता घोषणापछि तीन महिनाको समय सदुपयोग भएन
महत्वपूर्ण समय थियो । तर नेतृत्व गर्ने दायित्व बोकेका संयोजक र सहसंयोजक कमरेडहरु के काममा व्यस्त रहनुभयो र किन संगठनात्मक एकीकरणको कामलाई बेवास्ता गर्नुभयो । त्यो अहिले पनि बुझ्न सकिएको छैन । वास्तवमा त्यो वहाँहरूको गम्भीर कमजोरी हो । त्यसले गर्दा पार्टीको संगठनात्मक शक्ति विस्तार गर्न सकिएन । त्यसले पार्टीलाई २१ फागुनको चुनावको राम्रो तयारी गर्नबाट वञ्चित ग¥यो ।
– ९. अपानी र अपिल जारी गर्ने सहमति
त्यसै बीचमा सन्देश सभा गर्नु भन्दा ठिक अघि नेताहरूको एउटा जमघट पेरीस डाँडामा राखिएको थियो । मेरो मनमा पार्टीको नेतृत्वदायी एउटा सानो टिम बनाएर सबै कामलाई अघि लगे हुन्थ्यो, पार्टीलाई एकरुप ढङ्गले हाक्न सके हुन्थ्यो भन्ने लागेको थियो । त्यसैले मैले “यो बैठक हो कि, के हो भने के को बैठक हो मैले बुझिन” भनेर सोधेँ । प्रचण्ड कमरेडले “यो बैठक होइन भेला मात्र हो” भन्नुभयो । मैले त्यसै भएपनि यति धेरै विभिन्न समूहहरू एकताबद्ध बनाएका छौं, विभिन्नलाई विभिन्न कुरा लागेको हुनसक्छ । अब सन्देश सभामा जाने हो भने पनि पार्टीव्यापी रुपमा पुग्ने गरी एउटा “अपानी” जारी गरौं । सिङ्गो पार्टीलाई एउटै कार्यदिशा, नीति र सिद्धान्तको आधारमा खडा गरौं । तलका कार्यक्रमहरू कसरी आयोजित हुन्छन् तिनीहरूलाई पनि एक ढंगले अघि बढाउन निर्देशन गरौं भने । साथै हामीले कस्तो परिस्थितिमा एकता गरेका छौँ, हाम्रा सामु कस्ता कार्यभारहरु छन तिनीहरूलाई दिशाबोध गर्ने गरी एउटा “अपिल” पनि जारी गरौं भन्ने मैले सुझाव राखे । अरु पनि धेरै कमरेडहरूले यो कुरा उठाउनुभयो । त्यो स्वीकृत भयो । नेतृत्वदायी कुनै कमिटी बनाउने पहल नदेखे पनि यही कुरा स्वीकृत हुने कुराले पार्टीलाई अघि बढाउने वैचारिक आधार बन्छ भन्ने आशा लागेको थियो ।
– १०. कमिटी प्रणाली तब पनि भएन
त्यसपछि क्रमश एकपछि अर्को अपानीहरू जारी हुन थाले । तर ती अपानीहरु कसले तयार ग¥यो ? । त्यसमा के अन्तरवस्तु राखियो, तिनीहरूलाई कुन कमिटीले पास गरेर जारी गरियो ? केही थाहा पत्तो भएन । कम्युनिष्ट पार्टीमा त सामूहिक निर्णय सामूहिक नेतृत्व हुन्छ, कमिटी प्रणाली भनेको कम्युनिष्ट पार्टीको ज्यान नै हुन्छ । कम्युनिष्ट पार्टीमा कुनै पनि निर्णय नेतृत्वदायी कमिटीबाट सामूहिक निर्णयका रुपमा गरिन्छ । यो नेपाली कम्युनिष्ट पार्टी एउटा नयाँ पार्टी बनेको छ । तर यसमा कमिटी प्रणाली र सामूहिक नेतृत्व भन्ने कुरा त प्रकट नै भएन । के अब संयोजक र सहसंयोजकले नै सबै कुराको निर्णय गर्ने हो ? यी प्रश्नहरू उठे । उठ्दै गए । तर सुरुमा कमरेडहरूले भ्याउनु भएन होला हतारमा भएकाले मन जितेर दुईजनाले जारी गरेको होला भनेर चित्त बुझाइयो । यस्ता कुराले सुरुदेखि नै नेतृत्व पंक्तिलाई सबै एकतामा आएका साथीहरुलाई वैचारिक रुपले र कार्यशैलीगत रुपले एकताबद्ध बनाउन सकेन ।
– १७ जनसंगठनलाई पनि एकताबद्ध गरेर परिचालन गरिएन

कम्युनिष्ट पार्टीलाई त हामीले माथिदेखि तलसम्म एकीकृत गर्न सकेनौं । कम्युनिष्ट पार्टीका वरिपरि पार्टीका हात र खुट्टाका रुपमा दर्जनौं जनसंगठनहरु थिए । एकतामा आएका विभिन्न समूहका विभिन्न प्रकारका संगठनहरु समेत थिए । तिनीहरूलाई पनि एकीकृत गर्ने र परिचालन गर्ने काम हुन सकेन । जुन पार्टीले आफ्ना जनसंगठनहरू परिचालन गर्न सक्दैन त्यो आफ्ना हात र खुट्टा नभएको मुडो जस्तै हुन्छ । त्यस्तो पार्टीसँग आम जनताको सम्बन्ध गहिरो र घनिष्ठ बन्नै सक्दैन । यसरी जन संगठनहरुलाई एकीकृत गर्ने र परिचालन गर्नेले पनि हाम्रो पार्टी शक्ति नै परिचालित हुन सकेन यस कुराले पनि हाम्रो पार्टीको मत परिणामलाई ठूलो मात्रामा प्रभाव पारेको छ ।
– १८ चुनावी अभियान कसका विरुद्ध त्यो पनि प्रष्ट पारिएन
एउटा वर्गीय समाजमा सञ्चालित हुने चुनावी अभियान आफैंमा वर्गसंघर्षको अभियान हो । वर्ग सङ्घर्ष विकासको हरचरणमा, हर अभियानमा वा हर अवस्थामा पार्टीले आफ्नो वरिपरि चुनावी मैदानमा भएका सबै प्रकारका प्रमुख पार्टीहरूको ठोस रुपमा वर्ग विश्लेषण गर्नुपर्ने हुन्छ । आफ्नो स्वतन्त्र पहल कदमीलाई अघि बढाउनुको साथै ती विभिन्न वर्गका प्रतिनिधित्व पार्टीहरूको वर्गचरित्र विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसमध्ये दलाल पुँजीपति वर्गका प्रतिनिधि पार्टीहरू प्रतिक्रियावादी पार्टीहरू हुन्छन । त्यो वर्गका पनि एउटै मात्र प्रतिनिधि पार्टी नहुन सक्छन् र एकभन्दा बढी हुन सक्छन । तिनीहरूमध्ये कुन चाहिँ पार्टीको मुख्य प्रतिद्वन्दी र मुख्य प्रतिस्पर्धी पार्टी हो वा हुन् भन्ने कुरा निर्धारण गर्नुपर्ने हुन्छ । त्यही पार्टीलाई हराउने हाम्रो मुख्य कार्यनीतिक लक्ष्य हुनुपर्छ । तर हाम्रो चुनावी अभियानमा त्यस्तो मुख्य प्रतिद्वन्दी पार्टी को हो भन्ने बारेमा सामूहिक रुपले छलफल पनि भएन र मुख्य निशाना र प्रतिस्पर्धी शक्ति यो हो भनेर तोक्ने काम पनि भएन । हाम्रो अभियानलाई संयोजक र सहसंयोजकले ठोस दिशा दिने काम नै गर्न सक्नुभएन । हाम्रो चुनावी अभियान लक्ष्यहीन र दिशाविहीन जस्तै बन्न पुग्यो । परिस्थितिमा भित्रभित्रै आइरहेको परिवर्तन, जनताको मनस्थितिमा आइरहेको परिवर्तन र भित्रभित्रै राजनीतिक शक्ति सन्तुलनमा आइरहेको परिवर्तनका बारेमा नेतृत्व जानकार र सुसुचित नै हुन सकेन । त्यही कारणले सही मार्गदर्शन पनि गर्न सकेन ।
– १९. युवाहरूलाई सम्म पनि परिचालन गरिएन
हामीले कुनै पनि अभियान सञ्चालन गर्दा युवा शक्तिलाई प्राथमिकताका साथ परिचालन गर्नुपर्ने हुन्छ । हामीसँग विभिन्न युवा संगठनहरू थिए र छन् । तर तिनीहरूलाई समयमा एकीकृत पनि गरिएन र उनीहरूलाई जुन प्राथमिकताका साथ परिचालन गरिनुपर्ने थियो । त्यस हिसाबले परिचालन गर्ने काम नै हुन सकेन । क्रान्तिकारी, दृढ र क्षमतावान युवाहरूलाई एकताबद्धसम्म पनि गरिएन । प्रचण्ड कमरेड आफैंले म बिना भेदभाव एकताबद्ध गर्छु भनेका युवाहरुलाई सम्म पनि एकताबद्ध गरिएन । उनीहरूलाई कुनै ठोस काम पनि दिएन । उनीहरू आफै नीति योजना अनुरुप आआफ्ना निर्वाचन क्षेत्रमा गएर भोट हाल्न मात्र पुगे । तर दिग्गज नेताहरूले योग्य र वरिष्ठ भनेका र युवाहरूको मुख्य जिम्मेवार बनाएका नेताहरू नै आखिर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न पुगे । युवाहरूका गुण र क्षमतालाई बुझ्न नसक्नु र उचित जिम्मेवारी दिएर परिचालन गर्न नसक्नुले पनि पार्टीको पराजयलाई बल पुगेको छ ।
– २० चुनावी अभियान सञ्चालन गर्ने प्रभावकारी संयन्त्र नै भएन
कुनै पनि राष्ट्रिय स्तरका चुनावहरू अभियान सञ्चालन गर्दा पार्टी शक्तिलाई दुई भागमा बाँड्नुपर्छ । एउटा प्रत्यक्ष निर्वाचनमा गएर मैदानमा भिड्ने समूह र अर्को पार्टीको राष्ट्रव्यापी निर्वाचन अभियानलाई मार्गदर्शन, समन्वय, सहयोग र आवश्यक व्यवस्थापनका निम्ति नेताहरूको एउटा समूहलाई खटाउनुपर्ने हुन्छ । त्यस मार्फत पार्टीसँग भएको साधन स्रोतलाई बाँडफाड वितरण गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि पार्टीले त्यसरी शक्ति विन्यास गर्ने काम गर्न सकेन । एउटा निर्वाचन परिचालन कमिटी बन्यो । तर त्यसले अधिकार र क्षमताको साथै देशभरिको अभियानलाई समन्वय गर्न सकेन ।
हाम्रा आगामी कार्यभारहरू
१. हारको गहिरो समिक्षा ः
हाम्रो हारको समीक्षा गर्ने र हाम्रा कमजोरीहरुका बारेमा आत्मालोचना गर्ने र हाम्रा आगामी कार्यभारहरूबारे पार्टीब्यापी रुपमा पशिक्षण गर्ने ।
२.एकिकरण सम्पन्न गर्नेः
तुरुन्त एकीकरणको प्रक्रियालाई केन्द्र, प्रदेश, जिल्ला,पालिका, वार्ड र इकाईसम्म पूरा गनुपर्छ । त्यसो गरिरहँदा पार्टीमा एकताबद्ध भएका सबै समूहहरूको भावनालाई समेत समाहित गर्न सक्नुपर्छ र एउटा ठोस कार्ययोजनाका साथमा सिङ्गो पार्टीलाई एकीकृत बनाउनुपर्छ ।
३. चार आधारभुत सिद्धान्तका आधारमा कम्युनिष्ट एकता ः
चार आधारभूत सिद्धान्त र लक्ष्यलाई कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने आधारका रूपमा व्याख्या गर्ने ।
– माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शन सिद्धान्त मान्ने
– नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको चरणमा छ भनेर मान्ने
– यो क्रान्तिको कार्यक्रम नेपाली विशेषताको समाजवादी कार्यक्रम मान्ने
– यो समाजवाद र प्राप्त गर्ने क्रान्तिकारी बाटो अवलम्बन गर्ने
४.प्रधान अन्र्तरबिरोध र मुख्य प्रतिद्धन्दी चिन्ने
नेपाली समाजको वर्तमान वर्गीय प्रधान अन्तर्विरोध र राजनीतिक प्रधान अन्तरविरोध किटान गर्ने,राजनीतिक रूपले मुख्य प्रतिद्वन्दीलाई चित्रित गदै त्यसका गल्ती र कमजोरीलाई विरोध र भण्डाफोरको केन्द्र बनाउने त्यसो गर्दा तर्कयुक्त र तथ्ययुक्त प्रहार गर्ने ।
५.पार्टीको बर्तमान कार्यदिशा प्रष्ट पार्नेः
पार्टीको कार्यनीतिक कार्यदिशा प्रष्ट पार्ने । प्रधान राजनीतिक अन्तरविरोध, प्रहारको निशाना, संगठन र संघर्षका रूप, सदन र सडकको संघर्ष, नेतृत्वदायी शक्ति, मुख्य शक्ति र सहायक शक्ति
६.पार्टी पुनर्रगठन र रुपान्तरण गर्ने ः
पार्टीलाई वैचारिक र संगठनात्मक रूपले समग्र रुपमा नै पुनर्गठन र रूपान्तरण गर्न सबै प्रतिबद्ध हुनुपर्छ र ती कार्यहरुहरूलाई पार्टीका नँया कार्यदिशा र नीतिका आधारमा तथा नयाँ कार्य योजनाको आधारमा अघि बढाउनुपर्छ ।
७.पुनर्रगठन र एकताको महाअधिबेशन गर्ने
अबको महाअधिवेशन विचार, पुनर्गठन र एकताको महाअधिवेशनका रूपमा आयोजना गर्ने त्यसका लागि ठोस योजना र समयतालिका अनुरूप अघि बढ्ने
– पार्टीभित्र विचारधारात्मक रूपान्तरणको कामलाई गहिरो बनाउने र पार्टी नेता र कार्यकर्ताहरुको वैचारिक समुन्नति गर्ने
– .पार्टीभित्रका वैचारिक र आचरणयुक्त असुद्धिहरूलाई हटाउन पार्टीव्यापी रुपमा शुद्धिकरण अभियान सञ्चालन गर्ने र सबै कमिटी भित्र आलोचना र आत्मआलोचनाको पद्धति लागू गर्ने ।
– विगतका कमीकमजोरीहरूबाट सिक्ने सम्बन्धमा सिङ्गो पार्टीलाई प्रशिक्षित गर्नुपर्छ ।
८. बदलिदो परिस्थितिको बिश्लेषण गर्ने ः
वर्तमान अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको सटिक विश्लेषण गर्ने र त्यसमा आइरहेका नयाँ परिवर्तनहरूले हाम्रो समाजवादी क्रान्ति र रूपान्तरणको प्रक्रियामा कस्तो असर पार्छ भन्ने कुरालाई प्रष्ट पार्ने ।
९.पार्टीहरुको बर्ग बिश्लेषण गर्ने
अहिलेका सबै पार्टीहरू विशेष गरेर रास्वपाको वर्ग विश्लेषण गर्ने र सबै पार्टीहरू प्रतिका हाम्रा वर्गीय र राजनीतिक नीति निर्णय गर्ने ।
१०. कार्यशैलीमा सुधार गर्ने ः
पार्टीको कार्यशैलीमा व्यापक सुधार गर्ने
११.पार्टी स्कुल ब्यबस्थित गर्ने ः
पार्टी स्कुललाई सुदृढ र संस्थागत गरी ठोस पाठ्यक्रमका साथ पार्टीव्यापी रूपमा प्रशिक्षण अभियान सञ्चालन गर्ने ।
१२. क्रान्तिकारी संसदबादको नीति लिने
संसदमा क्रान्तिकारी संसदवादको कार्यनीति अनुरूप काम गर्नुपर्छ, संसद्लाई जनता र राष्ट्रका आवाज घन्काउने केन्द्र बनाउने र पार्टीको संसदीय दललाई क्रान्तिकारी प्रतिपक्षका रूपमा खडा गर्ने र देशभरिका जनताको प्रतिनिधिका रुपमा खडा गर्नुपर्छ ।
१३. सांस्कृतिक रुपान्तरणको प्रकृया अघि बढाउने ः
समाजवादी सांस्कृतिक आन्दोलनलाई गहिरो र व्यापक पार्ने,कला,साहित्य र संस्कृतिका अलग सम्मेलन गर्ने र सांस्कृतिक अभियान सञ्चालन गर्ने
– सामाज्यवादले नेपालमा व्यापक रूपमा इसाईबाद फैलाइरहेको छ ठूलो लगानीका साथ गाउँ र सहरका टोलहरूमा धर्म परिवर्तन गराइरहेको छ । यसको राष्ट्रिय सांस्कृतिक धरातलबाट खोजी गर्ने र भण्डाफोर गर्ने काम गर्नुपर्छ ।
– साथै नेपालका मौलिक सभ्यताको बिभिन्न धाराहरुलाइृ गोलबन्द गर्ने र राष्टिय सांस्कृतिक मोर्चा निर्माण गर्ने ।
– जनमुखी,राष्ट्रमुखी,प्रगतिशील र बैज्ञानिक प्रचार कार्यलाई व्यापक पार्ने,एकीकृत मल्टिमिडिया ग्रुपको विकास गर्ने र अत्याधुनिक मिडियाका सबै रूपहरुलाई उपयोग गर्ने । त्यसका निम्ति आजका उच्चतम प्रविधिका रुपहरुलाई उपयोग गर्नुपर्छ ।
१४. प्रबासमा बिशेष कामको योजना बनाउने
प्रवास र प्रवासी नेपालीहरूका बारेमा विशेष अध्ययन गर्ने र प्रवासी नेपालीका बीच गरिने कामको विशेष कार्य योजना बनाएर लागू गर्ने । प्रवासीहरूका बीच परम्परागत रूपले काम गरेर मात्र अब हुनेवाला छैन । मुलुकको एक तिहाई जनसंख्या नै प्रवासमा छ भन्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ । अझ बालिग जनताको अझै ठुलो जनसंख्या प्रबासमा छ ।
५. बर्ग भित्र कामलाई केन्द्रित गर्ने ः
पार्टीलाई सहर र गाउँ दुवै क्षेत्रका वर्गभित्र लान पार्टीको मुख्य शक्ति केन्द्रित गर्ने । श्रमिक वर्ग, गरिब,भूमिहीन र मध्यम किसानका बीचमा तथा युवा,बिधार्थी र पेशाकर्मीहरुको बीचमा पार्टी कामलाई गहिरो बनाउने
१६.पार्टीको कार्यक्षेत्र ः
पार्टी नेताहरू र कार्यकर्ताहरूका निम्ति सबै स्तरमा प्रष्ट कार्यक्षेत्र तोक्ने, कसैलाई पनि बेरोजगार नराख्ने प्रक्रिया अपनाउनु पर्छ ।
– कार्यक्षेत्र देश भित्र र देश बाहिर पुनर्संरचना गर्ने
– सबैलाई कार्यक्षेत्र तोक्ने
– केन्द्रीय कमिटीको आकार अनुरूप कार्यक्षेत्र बनाउने
– जनसंगठनहरुको जिम्मा
– विभागको जिम्मा
१७.आजका ज्वलन्त सबालहरु उठाउने ः
नेपाली समाजको उत्पादक शक्तिको विकासका निम्ति दबाबमूलक प्रचार, संगठन र सङ्घर्ष गर्नका लागि निम्न बुँदाहरू उठाउनुपर्छ । यी बुँदाहरू संसदबाट जबरजस्त रुपमा उठाउनुपर्छ ।भूमिसुधार गर्ने
– कृषि क्रान्ति गर्ने
– कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने
– राष्ट्रिय औद्योगीकरण गर्ने
– तीन खम्बे नीति लागू गर्ने
– संविधानको भाग चार लागू गर्ने
– शिक्षा र स्वास्थ्यमा सुधार गर्ने
– सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्रभावकारी प्रभुत्वशाली बनाउने
– जलस्रोत र युरेनियम लगायत राष्ट्रिय साधन स्रोतको रक्षा गर्ने र राष्ट्रिय हित अनुरूप विकास गर्ने
– संविधान बमोजिम पाँच आधारको विदेश नीति (असंलग्नता) अपनाउने
– एक चीन नीति लिने
– हिमालय संरक्षणको विशेष नीति लिनुपर्ने –वातावरण संरक्षण
– चीनसँगका आर्थिक व्यापारिक नाका खोल्ने
– चीन–नेपाल आधुनिक रेल बनाउन ताकिता गर्ने
– बिआरआइलाई अघि बढाउने
– भ्रष्टाचारका प्रत्येक प्रकरणको विरोध र भण्डाफोर गर्ने
– सुशासनका निम्ति प्रत्येक तहमा कुरा उठाउने
– असमान सन्धि र सम्झौता रद्द गर्ने
– १९५० को सन्धि सिहावंलोकन गर्ने र नयाँ सन्धि गर्न आवाज उठाउने
– नेपाल–भारत बीच भएको प्रबुद्ध व्यक्तिहरूको प्रतिवेदन लागू गर्न दबाब दिने
– सरकारले ल्याएका १०० बुँदाका कार्यक्रमहरूका बारेमा हाम्रो पार्टीको आलोचनात्मक दस्तावेज तयार पारेर संसदमा विशेष समय लिएर पेश गर्नुपर्छ र हाम्रो पार्टीको दृष्टिकोण र उनीहरु बीचको भिन्नतालाई सुरुदेखि प्रष्ट पार्नुपर्छ ।
– महाकाली सन्धि लगायतका देशको हित विपरीतका सम्झौता रद्द गर्न माग गर्ने, सिंहावलोकन गर्ने र त्यसमा भएका आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचना गर्दै सच्याउने काम गर्नुपर्छ ।
– एमसीसी सम्झौता खारेज गर्न माग गर्ने ।
आधुनिक र प्रविधिसम्बन्धी ज्ञानलाई उन्नत पार्ने ः
सिङ्गो पार्टीलाई अत्याधुनिक प्रविधिका बारेमा र तिनीहरूको उपयोगबारे प्रशिक्षण गर्ने र पार्टी पंक्तिको तिनीहरूलाई उपयोग गर्ने क्षमता अभिवृद्धि गनुपर्छ । त्यसका निम्ति उच्च प्रविधिका विशेषज्ञहरूको टिम नै बनाएर काम गर्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रयोग गरेको डिस्कोर्ड र अल्गोरिदमको बारेमा अध्ययन र अनुसन्धान गर्ने र त्यसबारेमा सिङ्गो पार्टीलाई प्रशिक्षित गर्नुपर्छ ।
साम्राज्यवादी घुसपैठ र हस्तक्षेपको विरोध गर्ने ः
पार्टीले साम्राज्यवादको घुसपैठ, सांस्कृतिक क्षेत्रमा भइरहेका अतिक्रमणको व्यवस्थित भण्डाफोर गर्नुपर्छ र नेपाली समाजको ऐतिहासिक, राजनीतिक, आर्थिक र सांस्कृतिक विकासको प्रवाहको बारेमा गहिरो अनुसन्धान गर्दै तिनीहरूलाई माक्र्सवादसँग गाँस्ने काम गर्नुपर्छ ।
प्रदेश र स्थानीय चुनावको तयारी गर्ने ः
स्थानीय चुनावको तयारीमा तत्काल जुटी हाल्नुपर्छ,त्यसका निम्ति विभिन्न पक्षमा गरिने कामहरूको अलग कार्य योजना बनाई लागू गर्नुपर्छ ।
गाउँ र सहरको वर्ग विश्लेषण गर्ने ः
नयाँ परिस्थितिमा सहर र गाउँको वर्गहरूको विश्लेषण गर्दै पार्टीको प्रचार संगठन र सङ्घर्षका कामलाई अघि बढाउनुपर्छ ।
पार्टी कमिटीहरूलाई छरिता र कामकाजी बनाउनेः
पार्टी कमिटीहरूलाई बिधिपूर्बक ठिक्क, छरिता, कामकाजी, गुणस्तरयुक्त र जिम्मेवार कमिटीका रुपमा पुनर्गठन र रूपान्तरण गनुपर्छ । उनीहरूका अधिवेशनहरू नियमित रूपमा गर्ने ब्यबस्था गर्नुपर्छ । साथै केन्द्रीय कमिटीका मुख्य पदाधिकारीहरू दुई कार्यकालमा अनिवार्य रूपले फेर्ने प्रणाली बनाउनु पर्छ । त्यसरी नै संसद,मन्त्री र सार्बजनिक पदमा बस्ने ब्यक्तिहरु पनि कतिपटक त्यो पदमा पुग्ने एउटा परिपार्टीको बिकास गर्नुपर्छ । केन्द्रदेखि इकाइसम्म योजनाबद्ध कामको प्रक्रियालाई अघि बढाउनुपर्छ ।
स्वयंसेवक संघको स्थापना गर्ने ः
पार्टीले आफ्ना मिटिङ, बैठक सभा, सम्मेलनको संरक्षण र व्यवस्थापनका निम्ति स्वयंसेवक संघको विकास गर्नुपर्छ र युवाहरूलाई यो क्षेत्रमा पनि तालिमका साथै संगठित गर्नुपर्छ ।
कम्युनिष्टहरूबीच एकताको प्रयत्न गर्ने ः
अन्य सबै कम्युनिष्ट समूहहरूलाई मित्र संगठनका रुपमा मान्यता दिने, वहाँहरूसँग रहेका मतभिन्नताहरूका बारेमा मैत्रीपूर्ण वैचारिक–सैद्धान्तिक बहस गर्ने, मिलनका बिन्दुहरूलाई बढाउँदै लाने, भिन्नताका बिन्दुहरू घटाउँदै लाने र अन्त्यतः एकताबद्ध हुने दृष्टिकोण लिएर अघि बढ्नुपर्छ ।
– सबै कम्युनिष्टहरू र वामपन्थीहरूलाई एकताबद्ध पार्न पहल गर्नुपछ । त्यसलाई चार आधारभूत सिद्धान्तका आधारमा अघि बढाउनु पर्छ ।
– देशमा एउटै कम्युनिष्ट पार्टी बनाउन कोसिस गर्नुपर्नेछ ।
– नेपाली समाजवादी क्रान्ति एउटा एकीकृत क्रान्ति हो, यो एउटै क्रान्तिकारी कार्यदिशाबाट मात्र सम्पन्न हुन्छ, यसमा दर्जनौं कार्यदिशाले क्रान्तिलाई अघि बढाउँदैन ।
– त्यसैले एउटा देशमा एउटै कम्युनिष्ट पार्टी हुन्छ, त्यसले अघि सार्ने एउटै क्रान्तिकारी कार्यदिशाले नै नेपाली क्रान्तिले विजय प्राप्त गर्छ । त्यसैले कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने काम कार्यनीतिक मात्र नभएर रणनीतिक महत्वको काम हो भन्ने बुझेर काम गर्नुपर्छ ।
दलाल पुँजीवादका मुख्य प्रतिनिधिको भण्डाफोर गर्ने ः
हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कामलाई अघि बढाउदा आफ्नो पार्टीलाई सबै प्रकारले सबल र सुदृढ बनाउनुका साथै दलाल पुँजीवाद र त्यसको मुख्य प्रतिनिधि शक्तिका विरुद्ध व्यापकतम संयुक्त मोर्चा निर्माण गर्ने कामलाई हरघडी ध्यान दिनुपर्छ ।
– त्यसका निम्ति पहिलो कुरा आफ्नै पार्टीलाई बलियो र प्रभावकारी बनाउने
– दोस्रो अन्य मित्रशक्तिहरू–देशभक्त, बामपन्थी र प्रगतिशील शक्तिहरूलाई साझा आधारमा एकताबद्ध पार्ने
– तेस्रो कुरा संसदमा मुख्य प्रतिद्वन्दीका विरुद्ध अन्य शक्तिहरूलाई साझा सवालहरूमा विषय हेरिकन संयुक्त आवाज उठाउने
– त्यसरी नै ज्वलन्त राष्ट्रिय सवालहरूमा सडकबाट समेत संयुक्त संघर्षहरू उठाउने र वर्गसंघर्षलाई विकास गर्न प्रयत्न गर्ने काम गर्नुपर्छ ।
युवाहरुलाई अघि बढाउने ः
निकै लामो समयदेखि युवाहरू बीचको काम कमजोर भएको छ । जबसम्म युवाहरुलाई जागृत, संगठित, एकताबद्ध र परिचालित गरिँदैन तबसम्म क्रान्ति, निर्माण वा अभियान कहिँ पनि गति प्राप्त गर्न सकिन्न ।
हामीले युवा र विद्यार्थीलाई प्राथमिकताका साथ जागृत र संगठित गर्नुपर्छ । उनीहरूका राष्ट्रव्यापी संगठनलाई प्राथमिकता दिएर विस्तार गर्नुपर्छ । युवा संगठनहरूमा महिला, दलित, जनजाति र अल्पसंख्यक सबैलाई गोलबन्द गरेर अघि बढ्नुपर्छ ।
अब पार्टीका समेत नेतृत्वदायी कमिटीहरु, अन्य सबै कमिटीहरूमा युवा कमरेडहरूलाई विशेष प्राथमिकताका साथ स्थान दिनुपर्छ,उनीहरूलाई प्रशिक्षित गर्नुपर्छ, उनीहरूको योग्यता र क्षमतालाई समुन्नत पार्नुपर्छ र क्रमिक रुपले युवाहरूको पंक्तिमा नेतृत्व हस्तान्तरण समेत गर्दै अघि बढ्नुपर्छ ।
अन्तर्राष्ट्रिय सम्बन्धको विकास ः
विदेश सम्बन्धलाई महत्वका साथ विकास र विस्तार गर्ने चीन र सबै समाजवादी देशका पार्टीहरू र विश्वभरिका कम्युनिष्ट पार्टीहरूसँग जीवन्त सम्बन्धको विकास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस