३० चैत्र, कालिकोट । रास्कोट नगरपालिकाका उप–प्रमुख मनिराज बरालले बहालवाला महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री सिता वादीलाई लेखेको अपमानीत शव्दको चौतर्फि विरोध भएको छ ।
उहाँले सोमवार सिंगो दलित समुदायमाथि कानुन विपरित अपमान हुने गरी होच्याउने शैलीमा ‘बदेनी’को शव्द सामाजिक सञ्जालमा लेख्नु भएको थियो ।
उप–प्रमुख बरालको यस्तो अभिव्यक्तिको सामाजिक सञ्जाल मार्फत व्यापक विरोध भएको छ । उप–प्रमुख बरालले नेपालीमा डिग्री गरेकाले पनि सामाजिक प्रयोगकर्ताहरुले नेपाली विषयमा डिग्री गरेको भाषा शैली यस्तै हो ? भनि प्रश्न गरेका छन ।
सामाजिक सञ्जालमा आलोचनाको ओईरो लागेपछि उप–प्रमुख बरालले आफ्नो पहिलो स्टाट्स सच्चाउनु भएको छ ।
उहाँले आफ्नो पहिलो स्टाटसमा मन्त्री सिताको सम्पति विवरण सार्वजनिक गरेको बारे टिप्पणी गर्दै लेख्नु भएको थियो, ‘खोर्के खोला सुर्खेतमा गिट्टी कुट्ने बदेनि मन्त्रीसंग त १८ तोला सुन रहेछ अरुको त के कुरा’
उहाँको यस्तो स्टाट्सले सिंगो दलित समुदायमाथि कै अपमान भएको भन्दै दलित अधिकारकर्मीहरुले चर्को विरोध गरेका छन ।
सामाजिक सञ्जालमा पनि व्यापक विरोध र आलोचना भएपछि उप–प्रमुख बरालले तुरुन्त आफ्नो स्टाट्स सच्चाउदै यस्तो लेख्नु भएको छ, ‘खोर्के खोला सुर्खेतमा गिट्टी कुट्ने गरिब मन्त्रीसंग त १८ तोला सुन रहेछ अरुको त के कुरा’
तत्कालिन नेकपा एकीकृत समाजवादी पार्टीबाट २०७९ को स्थानीय चुनावमा तत्कालिन नेकपा माओवादी केन्द्रसंग चुनावी तालमेल गरेर नगरपालिकाको उप–प्रमुख पदमा बराल विजयी हुनु भएको थियो ।
उहाँ यसअघि नेकपा एमालेबाट २०७४ सालमा नगरप्रमुख पदमा चुनाव लड्दा माओवादीका काशीचन्द्र वरालसंग पराजित हुनु भएको थियो ।
उहाँको भाषा शैली र बोल्ने तरिका रुखो र अपमानीत शैलीको भएको अधिकाँस रास्कोटवासीहरुले बताउने गरेका छन ।
विगतको राणा शासन र निरंकुश पञ्चायती व्यवस्थाको सामन्ती शासनका बेला दलित समुदायमाथि जे जसरी बोलिने अपमानीत भाषाहरु थिए अहिले पनि उप–प्रमुख बरालले त्यही निरन्तरता दिनु भएको दलित समुदायहरुले टिप्पणी गरेका छन ।
विगतको व्यवस्थामा गाउँ गाउँमा छोटे सामन्तहरु (जिम्मुवाल,राईटर,प्रधान) हुदा जसको प्रतिनिधित्व उप–प्रमुख वरालका घरका जिजु वाजेले पनि गरेका थिए ।
त्यतिवेलादेखि नै दलित समुदायमाथि शासन गर्ने,हलिया डोलीय बनाउने र कजाउने,विभिन्न अपमानीत शव्दले गाली गलौज गर्ने उपप्रमुख बरालका घरपरिवारको कर्म नै थियो ।
जुन शासनबाट मुक्ति पाउन जनयुद्धको बेला माओवादीले बरालको घर समेत सेबोटेज गरी तमसुक जलाउनुका साथै अन्नपात, भाडा वर्तन समेत कव्जा गरेर जनतालाई वितरण गरेको थियो ।
यहि पृष्ठभूमीबाट हुर्केर आउनु भएका उप–प्रमुख बराल गणतन्त्र स्थापना भएपछि पनि बेला बेला जातीय विभेदका अममानीत भाषा बोलिरहनु भएको छ ।
स्मरणरहोसः उहाँले यसअघि पनि राष्ट्रिय सभा सदस्य नरपति सुनारलाई ‘डुम कमारो’ पनि यहाँ आएको छ भनि बोल्नु भएको थियो ।
जसको समाचार नै बनाएर ज्वाला खवरले प्रकाशित गरेको थियो ।
यस्तै उप–प्रमुख वरालले २०६४ सालमा आफ्नै गाउँका एक दलित युवा पर्व विकले अन्तर जातीय विवाह गर्दा दलित समुदायमाथि ठुलो दमन गर्नु भएको थियो ।
उहाँले डुम कमारा भन्दै बडढुङगाको दलित वस्तीमा पुगेर निर्दोश सबै दलितहरुलाई रसिले बाँधेर यातना सम्म दिनु भएको थियो । त्यस घटनाका विरुद्ध पनि माओवादी दलित संगठनहरुले उप–प्रमुख बरालको चर्को आलोचना गरेका थिए ।
जनप्रतिनिधि जनताको सेवक हुने बेला उहाँ जनताको शासक हुने भाषा र शव्दहरु बोल्न थालेपछि आलोचनाको तारो बन्नु भएको छ । उहाँ गणतन्त्रको व्यवस्थामा उप्रमुख हुदा पनि सामन्ती शासनको झल्को दिने व्यवहार गर्दा दलित समुदाय आक्रोसीत छ । दलित अधिकारकर्मीहरुले उपप्रमुख बरालले सार्वजनिक रुपमा माफी माग्नु पर्ने र दलितमाथि विभेद गर्ने वराललाई कानुन बमोजिम कार्वाही समेत गरिनु पर्ने माग गरेका छन ।
उप-मेयर बरालको अहिले चाैतर्फी आलोचना भएको आइडी ह्याक भएको नाटक गरेको छन ।
यस्तो छ उनको स्टाट्स
