बाढीको क्षतिमा दुख व्यक्त गर्दै पीडितलाई राहत दिन माओवादीको माग

९ जेठ, कालिकोट । नेकपा (माओवादी) कालिकोटले जिल्लाको पचालझरना गाँउपालिकाको वडा नम्वर –८ भैसिसैना वजारमा शुक्रवार बर्षापछि आएको बाढीले ठुलो धनमालको क्षति पुगेको घटनाप्रति दुख व्यक्त गरेको छ ।
पार्टीका जिल्ला इन्चार्ज विवेक सी र सेक्रेटरी बलवान सीले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुख व्यक्त गर्नु भएको हो ।
विज्ञप्तिमा यहि मिति २०८३ साल जेठ ८ गते बेलुका करिव ६ बजेतिर आएको ठुलो बर्षासंगैको बाढीले बजारमा वस्ने सिद्ध वोगटी, भरत शाही, भिमबहादुर ऐडी, ध्रुव दर्जी र दिप सुनारको पसलहरु बगाएको खबरले पार्टीलाई दुखि बनाएको उल्लेख गरिएको छ ।
नेकपा (माओवादी)ले घटनामा मानवीय क्षति नभएपनि लाखौको धनमालको क्षति हुनुले व्यवसाय गरिरहेका सर्वसाधारणहरुलाई आघात पुगेको भन्दै प्राकृतिक प्रकोपको यो दुखत घटनालाई गम्भीरतापूर्वक लिएर सम्वन्धित पक्षले यथाशिघ्र अनुगमन गरी पीडितहरुलाई उचित क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्न जोडदार माग गरेको छ ।
पार्टीले स्थानीय पार्टी पंक्तिलाई उद्धार कार्यमा सहभागी हुन पनि निर्देशित गरेको छ । माओवादीर्ले बाढी पहिरोको जोखिमबाट बँच्न आगामी दिनमा सुरक्षित ठाउँमा वस्न र विशेष सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस