११ जेठ, कालिकोट । नेकपा (माओवादी) कालिकोटले संगठन सुदृढ तथा विस्तार गर्ने निर्णय गरेको छ ।
पार्टीको जेठ ८ गतेदेखि १० गतेसम्म मुम्रामा बसेको ३ दिने जिल्ला समितिको १२ औं पूर्ण बैठकले जिल्लाभर पार्टीको संगठन सुदृढ तथा विस्तार गर्ने निर्णय गरेको हो ।
बैठकले जनबर्गीय संगठनका जिल्ला तहका भेला सम्मेलनहरु गर्ने, पार्टीको सांगठनिक महाधिवेशनलाई सफल बनाउन वडा पालिका स्तरका भेला सम्मेलनहरु गर्ने निर्णय गरेको छ । माओवादीले पार्टीलाई जनतासम्म पुर्याउन विशेष योजनाहरु बनाएर जनसम्वन्ध सुदृढको योजना बनाएर जाने निर्णय गरेको छ ।
माओवादीले पार्टीलाई आत्मनिर्भर बनाउन उत्पादन कार्यमा जोड दिने निर्णय समेत गरेको छ ।
आगामी बर्षमा आउने स्थानीय तह निर्वाचनमा सहभागी हुन पार्टीलाई सशक्त बनाउने र त्यसका लागि आवश्यक सबै तयारी गरेर जाने निर्णय गरेको जिल्ला सेक्रेटरी बलवान सीले जनाकारी दिनु भयो ।
बैठकमा प्रमुख अतिथिको रुपमा सहभागी नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड सीेले बैठकलाई सम्वोधन गर्दै दलाल पुँजीवादका विरुद्ध समाजवादी क्रान्ति जरुरी भएको बताउनु भयो ।
उहाँले वालेन सरकार नव दलालहरुको विदेशी कठपुतली भएको टिप्पणी गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले नवदलालहरुको सरकारले सुकुमवासीमाथि गरेको वर्वर दमन विरुद्ध माओवादीको घोर आपत्ति रहेको भन्दै निरंकुशतालाई ध्वस्त पार्न माओवादी जस्तो सुकै कदम चाल्न तयार रहेको चेतावनी दिनु भयो ।

बैठकमा जिल्ला समितिका सदस्यहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै प्रवक्ता प्रकाण्डले आगामी बर्ष हुने स्थानीय तहको निर्वाचनको पूर्ण तयारीमा लाग्न पनि निर्देशन दिनु भयो ।
प्रवक्ता प्रकाण्डले असल क्रान्तिकारी र वामपन्थीहरु वीचको एकता सहकार्य अनिर्वाय भएको पनि बताउनु भयो ।
उहाँले जनताको समस्या समाधान गर्ने दिशामा जानका लागि पार्टीलाई जनतासंग जोडन अपिल गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले नेपालमा राजनीतिक संकटको अन्तीम समाधान गर्ने विकल्पको शक्ति नेकपा माओवादी भन्दा अर्को कोही नभएको पनि ठोकुवा गर्नु भयो ।
बैठकमा नेकपा माओवादीका उत्तर कर्णाली प्रदेश इन्चार्ज एटम सीले पार्टी योजनालाई कडाई पूर्व कार्यान्वयन गर्न निर्देशन दिनु भयो ।
जिल्ला इन्चार्ज विवेक सी, सीसीएम विराट सी, रणदिप सी, अडिक सी लगायतका नेताहरुको सहभागितामा सम्पन्न बिैठकको अध्यक्षता जिल्ला सेक्रेटरी बलवान सीेले गर्नु भएको थियो । यसैविच सोमवार जिल्लाका पार्टी सदस्यहरुको प्रशिक्षण कार्यक्रम मुम्रामा सम्पन्न भएको छ । कार्यक्रमलाई पार्टी प्रवक्ता प्रकाण्ड सीले सम्वोधन गर्दै पार्टीलाई जनताप्रेमी बनाउन निर्देशन दिनु भएको छ ।
