प्रदेशमा श्रीमान श्रीमतीको डण्डा लगाएकोमा दुर्गा काफ्लेको आपत्ति

१९ पुस सुर्खेत । नेकपा माओवादी केन्द्रमा परिवारवादको चर्को विरोध भएको छ । केन्द्र देखि स्थानीय तह सम्म कार्यकर्ता माथि हुने विभेदले परिवारवाद जन्माएको जिल्ला तहका कार्यकर्ताको वुझाई छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशन मार्फत पनि परिवारवाद चर्को देखियो । प्रचण्डको घरपरिवार वाट ४ जना केन्द्रीय सदस्य निर्वाचित भए । यस्तै पहुच पुगेका १६ दम्पतीहरु पनि केन्द्रिय समितिमा निर्वाचित भएका छन । यो पनि परिवारवाद नै भएको माओवादी केन्द्रका तल्लो तहका नेताहरुले वताउने गरेका छन । कतिपय जनयुद्ध देखि लागेका नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित हुन पाएका छैनन् ।

केन्द्रीय सदस्यमा श्रीमान श्रीमती नै निर्वाचित हुनेहरुमा देव गुरुङ – यसोदा सुवेदी, वर्षमान पुन – ओनसरी घर्ती, शक्ति वस्नेत – सत्य पहाडी , हितमान शाक्य – अमृता थापा, लिलामणी पोख्रेल – शशी श्रेष्ठ,कृष्णध्वज खड्का – रेखा शर्मा, देवेन्द्र पराजुली – कल्पना धमाला, कुलप्रसाद केसि– तारा कुमारी घर्ती, देवेन्द्र पौडेल – बलावती शर्मा, गणेशमान पुन – कमला रोका,.खगराज भट्ट– मन्जु बम, नर वहादुर विष्ट – पुस्पा घर्ती, रामदीप आचार्य – कृष्णा शाह, दिलिप प्रजापती– प्रतिमा श्रेष्ठ, धिरेन्द्र शर्मा – लक्ष्मी न्यौपाने र सूर्य सुवेदी – ज्ञानु वस्नेत रहेका छन ।
कतिपय जोडीहरु क्षमताले वनाउनै पर्ने भएपनि केही पहुच र पावरका कारण परिवारवादले वढुवा भएको कार्यकताहरुको वुझाई छ ।
कर्णाली प्रदेशमा माओवादी केन्द्रको प्रदेश सम्मेलन हुदा दम्पती नै प्रदेश सदस्य हुन नपाउने व्यवस्था गरियो ।

यो नियमले धेरै जोडिहरु प्रभावित भए । तर केन्द्रमा भने त्यो नियम लागु नहुदा जिल्ला तहका केही कार्यकर्ताले आपत्ती जनाएका छन । कालिकोटका माओवादी केन्द्रका जिल्ला सदस्य दुर्गा प्रसाद काफ्लेले श्रीमती प्रदेश सदस्य वनाईदा आफ्नो पनि उत्तिकै देन रहेको र आफूलाई भने प्रदेश सदस्य नवनाईनु अन्याय भएकोे प्रतिक्रिया दिनु भयो । केन्द्रमा श्रीमान श्रीमतीको दण्डा नलागेको तर प्रदेशमा भने त्यो डण्डा लागू गरिएकाले अन्याय भएको उहाँको वुझाई छ ।

 

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसवुकमा यस्तो लेख्दै भन्नु भएको छ ‘हामी जस्ता सोझा सिधा, निष्ठावान, प्रतिबद्ध, गौप्राणी आत्माहरुलाई श्रीमान श्रीमतीको डन्डा लगाएर धुलो चटाउनु हुने जिल्ला इन्चार्ज ,अध्यक्ष महोदयहरुको डन्डा केन्द्रमा लागू हुदैन रहेछ भन्ने सन्देश यो ऐतिहाशिक आठौं महाधिवेशनले दिएको छ ।’

प्रतिक्रिया दिनुहोस