प्रतिबन्धित नेकपाले गर्यो कालिकोटका बिभिन्न एरियामा श्रदान्जली सभा कार्यक्रम

जेठ १८, कालिकोट । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको पार्टीले जेठ ७ गते भोजपुरमा प्रहरीद्वारा गोली प्रहारगरि हत्या गरिएका शहिद तिर्थ घिमिरे, काठमाडौंका २ ठाउँमा बम विस्फोटमा परि ज्यान गुमाएका महान, दिपेन्द्र, प्रज्वल, निरन्तरको सम्झनामा सुक्रबार देशैभरी श्रदाञ्जली सभा भएकाे छ ।

कालिकोट जिल्लाका बिभिन एरियामा श्रदाञ्जली सभा कार्यक्रममा कर्णाली ब्युरो बरिष्ठ सदस्य बिराट र सेक्रेटरी क आषिशको आथित्यतामा सम्पन भएको जनाएको छ ।

श्रदाञ्जली कार्यक्रममा बोल्दै कर्णाली ब्युरो बरिष्ठ सदस्य बलिदानबाट बिचलित हैन बदलाभाब सहित अगाडी बढ्न नेताकार्यकर्ता लाई अपिल गर्नुभयो ।
पार्टी केन्द्रको निर्देशन अनुसार सहादत प्राप्त गर्ने योद्दाहरुको स्मरणमा श्रदान्जली सभा सम्पन्न भएको सेक्रेटरी आषिशले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस