असार १६, कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाले जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न गरेको छ ।
आईतबार गाउँपालिकाको आयोजनामा भएको उक्त सम्मान तथा स्वास्थ्य चेकजाच कार्यक्रममा दुई सय बढी बृद्धबृद्धालाई सम्मान तथा स्वास्थ्य चेकजाच कार्यक्रम गरिएको हो ।कार्यक्रम बोल्दै गाँउपालिका अध्यक्ष खडगराज सेजुवालले बृद्धबृद्धाको आशिर्वादले यहाँ पुगेको भन्दै बृद्ध आमा बुवाका लागि कुनै पनि कसुर बाँकि नराख्ने बताए ।
सेजुवालले समृद्ध पचाल झरना आफ्नो सपना रहेको भन्दै यसमा सल्लाह सुझाब दिन आग्रह गरे ।
कार्यक्रममा बृद्धबृद्धाहरु लाई छाता, टर्च लगायतका सामग्रीहरु वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस