कालिकोटमा एक हप्ताका लागि निषेधाज्ञा

१९ वैसाख,कालिकोट । कालिकोटमा आईतवार राती १२ वजे देखि लागु हुने गरि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्लाको खाडाचक्र नगरपालिकाको सवै भाग र दहिखोला देखि नाग्मगाड सम्म सडकको दाया वायाँ पाँच सय मिटरको दुरीमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

जिल्लामा पछिल्लो केही दिन यता सवै पालिकामा कोरोना भाईरसको संक्रमण फैलिन गई नागरिकको जीवन कष्टकर हुन सक्ने अवस्था देखिएकोले निशेधाज्ञ जारी गर्नु परेको जनाईएको छ ।

संक्रमण समुदाय सम्म नफैलियोस भनेर रोकथाम र नियन्त्रणका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको शनिवार वसेको वैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको आईतवार वसेको वैठकको निर्णय अनुसार संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐनको दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि २०७८ वैसाख १९ गते मध्यरात १२ वजे देखि २०७८ वैसाख २६ गते मध्यरात १२ वजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

सो समयमा अत्यावश्यक वाहेकका सवै सेवा वन्दगर्ने र वैङ्क तथा वित्तिय संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अवस्था हेरी समय तोकि अत्यावश्यक सेवा संचालन गर्ने जनाईएको छ ।

निशेधाज्ञ अवधिभर सार्वजनिक एव निजी सवारी साधन संचालनमा रोक लगाउने जारी निशेधाज्ञ पत्रमा उल्लेख गरिएको छ ।
तर खाद्यन सामग्री,पानी ,औषधि तथा स्वास्थय संग सम्वन्धित सामान तथा एम्वुलेन्स,दमकल,दुध तथा दुग्धजन्य पर्दाथ,फोहोर मैला व्यवस्थापन, वैङ्क तथा वित्तिय संस्था,दुरसंचार,इन्टरनेट,आइसोलेसन र क्वारेन्टाईनका सवारी साधानहरु स्पष्ट खुल्ने कागजातका आधारमा संचालन गर्न दिने प्रशासनले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस