बाढीका कारण कर्णालीका १३४ जना बेपत्ता

११ भदौ, सुर्खेत । बुधबार रसुवा जिल्लामा आएको भीषण बाढीपछि रोजगारीका सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्रमा पुगेका कर्णाली प्रदेशका विभिन्न जिल्लाका १३४ जना सम्पर्कविहीन भएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरले बाढीपछि कर्णालीका १० जिल्लाका १३४ जना सम्पर्कविहीन भएको जानकारी दिनु भयो ।

‘हामीले जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त विवरण संकलन गरिरहेका छौं । अहिलेसम्म १३४ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएको छ,’ एसएसपी राठौरले भन्नु भयो । प्रहरीका अनुसार सबै भन्दा वढी सल्यान जिल्लाका वेपत्ता भएका छन ।
सल्यानका ४९, जुम्लाका ३१, सुर्खेतका ११, हुम्लाका १२, मुगुका १२, कालिकोटका ५, दैलेखका ५, रुकुम पश्चिम ४,जाजरकोट ३, र डोल्पा २ गरी १३४ जना वेपत्ता छन ।

Screenshot

प्रतिक्रिया दिनुहोस