११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीबाट बुधवार त्रिशूली नदी हुँदै आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ३५९ पुगेको छ ।
विहिवार बेलुका ५ बजेसम्म हराएकाहरुको खोजि तलासीबाट ३५९ जनाको शव फेला परेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, गोरखामा ३०, चितवनमा १३२, तनहुँमा २२, नवलपरासी पूर्वमा ८२, नवलपरासी पश्चिममा १५ जनाको शव भेटिएको छ । वेपत्ताहरुको संख्या धेरै भएकाले मृतकको संख्या अझै बढन सक्ने प्रहरीको भनाई छ ।
बुधवार देखि जारी उद्धार कार्यबाट ६३ जना घाईतेहरुको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।