अध्यक्ष र उपध्यक्ष पक्राउ परेपछि अखिल (क्रान्तिकारी) भक्तपुरले निकाल्यो यस्तो बिज्ञप्ति

जेठ १८, काठमान्डौ । प्रतिबन्धित नेकपा निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) भक्तपुरले जिल्ला उपाध्यक्ष भुपेन्द्र बुढा मगरको गिरफ्तार प्रति संगठनले घोर भर्त्सना गरेको छ । अखिल (क्रान्तिकारी)  भक्तपुरले एक बिज्ञप्तिजारि गरी रिहाईको माग समेत गरेको हो।

बिज्ञप्तिमा जनाइए अनुसार, उपाध्यक्ष बुढा आफ्नै कोठामा अध्यन गरिरहेको अबस्थामा गिरफ्तार गरेको र उनले खाना पकाउने कुकर प्रेसरलाइ बम भनि झुट्टा मुद्दा लगाएको समेत संगठनले आरोप लगाएको छ ।

यसअघि कोटेश्वरबाट गिरफ्तार भएका अध्यक्ष चित्र कमल ओली लगायत अन्य गिरफ्तार नेता तथा कार्यकर्ताहरुको रिहाईको समेत बिज्ञप्ति मार्फत माग गरेको छ ।

पक्राउ परेका उपाध्यक्ष बुढा सानोठिमी  क्याम्पसका स्ववियु सदस्य समेत रहेको संगठनले जनाएको छ।

बिज्ञप्ति:

प्रतिक्रिया दिनुहोस