युवा विद्यार्थीको प्रशिक्षण सम्पन्न


असोज १६ गते कालिकोट । नेकपा निकट युवा संगठन नेपाल र अखिल क्रान्तिकारी कालिकोटको बैठक तथा प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
युवा संगठन नेपाल कालिकोटका अध्यक्ष आत्मा क्षेत्रीको सभापतित्व र जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यतामा वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
एरिया न २ का ईन्चार्ज किरण ,एरिया न ६ का ईन्चार्ज रमेशको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा सेक्रेटरी रणदिपले बर्तमान सरकारका गलत क्रियाकलाप र पार्टी र संगठनको नीति योजना र कार्यक्रमहरु जनता माझ पुर्याउन संगठनको महत्वपुर्ण भुमिका हुने वताउनु भएको छ ।
उहाँले बर्तमान सरकार र ब्यबस्था एकपछि अर्को संकटमा फस्दै गएको र संकट समाधानका लागि युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने वताउनु भयो ।
मन्त्रिमण्डल हेरफेर र संविधान संशोधन गर्न सरकार लागेकाले भन्दै यो दुबै हल नभै स्वार्थ सिद्धगर्नका लागि मात्र भएको उहाँले आरोप लगाउनु भयो ।
सेक्रेटरी रणदिपले संसदीय व्यवस्था परिबर्तन गरि एकीकृत जनक्रान्ति मार्फत ल्याउने बैज्ञानिक समाजवाद नै स्थायी समाधान हुने ठोकुवा गर्नु भयो । प्रशिक्षण वाट २ महिने संगठन सुदृढ र विस्तारको अभियान तय गरिको पनि जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस