जिवन बिमाको रकम परिवारलाई

जेठ २०, कालिकोट । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ४ का सुरेन्द्र शाहीका परिवारलाई जिवन बिमा वापतको रकम प्रद्यान गरिएको छ ।

स्वर्गीय सुरेन्द्र शाहीको जिवन बिमा वापतको रकम चेक हस्तान्त्रण गदै कुवर र सिटौला तस्वीरः प्रेमराज सिम्खडा

दुई वर्ष गाडी गुराँश लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा जिवन बिमा गराउनु भएका शाहीको गत फागुनमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि परिवारलाई गुराँश लाइर्फ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी पछि चार लाख ८ हजार ८ सय रुपैयाको चेक प्रदान गरेको हो ।

दुई लाखको जिवन बिमा गराउनु भएका शाहीले गत २०७५ साल साउन २० गते आफ्नो जिवन बिमा गदै गुराँश लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखामा पहिलो किस्ता वापतको रु १३ हजार ३८५ रुपैया मात्र कम्पनीमा वुझाउनु भएको थियो ।

शाहीको मृत्यु पछि परिवारले बिमाको रकम दावी गरेपछि गुराँश लाईफ इन्स्योरेन्स कम्पनीले सुरेन्द्र शाहीका वुवा भरतवहादुर शाहीलाई बिमाक रकमको दोब्वर रु ४ लाख ८ हजार ८ सय रुपौया प्रदान गरिएको गुराँशलाईफ इन्स्योरेन्स कम्पनी कोहोलपुर उप शाखाका प्रमुख शारदा खतिवडाले वताउनुभयो ।

स्वर्गिय शाहीको मृत्यु दावी भुक्तानी चेक क्षेत्रिय कार्यालय नेपालगन्जका प्रमुख मोहोनलाल कुवर र एजेन्सी म्यानेजर रमेश सिटौलाले स्वर्गीय शाहीका वुवा भरतवहादुर शाहीलाई हस्तान्त्रण गर्नु भएको हो ।

शाही गत फागुन १९ गते सुर्खेतवाट कालिकोट आफ्नो घरमा आउने क्रममा कर्णाली राजमार्ग अन्तरगर्त दैलेख जिल्लाको आठबिस नगरपालिकाको जाक्सी भिर माथिवाट आएको ढुङगा लागेर घटना स्थलमै मृत्यु भएको थियो ।

जिवन बिमाको महत्वका वारेमा जानकारी नभएकाले कसैले जिवन बिमा गदैनन । तर सबै नेपालीले जिवन बिमा गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस