साउन १८, काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुवै सभाका सदस्य सम्मकाे तलबभत्ता १८ प्रतिशतले बढाएको छ ।
अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो । सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी) को तलब वृद्धि गरेको थियो ।
कार्यालय सहायकदेखि नायव सुब्बासम्मको २० र अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको थियो । त्यतिबेला सरकारले विशिष्ट पदाधिकारीकारीको वृद्धि गरेको थिएन ।
पदाधिकारीको सेवा सुविधा छुट्टै ऐनका आधारमा तोकिने भएकाले बजेट भाषणका क्रममा तलब वृद्धि नगरिएको हो । स्रोतअनुसार राष्ट्रध्यक्षको तलब मासिक २७ हजार ८१ लाख रुपैयाँ बढेको छ । राष्ट्रपतिको तलब १ लाख ५० हजार ४०० बाट बढेर १ लाख ७७ हजार ५३१ पुगेको छ ।
उपराष्ट्रपतिको तलब मासिक १ लाख ६ हजार ३० बाट बढेर १ लाख १५ हजार ११५ पुगेको छ । त्यसैगरी प्रधानमन्त्रीको तलब ७७ हजार २८० बाट बढेर ९१ हजार १९० पुगेको छ । कान्तिपुर दैनिकमा खबर छ ।