कालिकोटमा पनि न्यायधीसको पुत्लादहन

भाद्र १७, कालिकाेट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एनसेलका वारेमा सर्वोच्च अदालतले गरेको पछिल्लो फैसलाका विरुद्ध कालिकोट सहित देशभरी न्यायधीसको पुत्लादहन गरेको छ ।

एनसेलले सरकारलाई कर तिर्न नपर्ने जस्तो अदालतले विवादस्पद फैसला गरेका बिरुद्ध मंगलवार कालिकोट सहित देशभर न्यायधीसका विरुद्ध पुत्लादहन कार्यक्रम गरेको हो ।

जिल्लाको एरिया न ४ को सिकु उमाविमा पुत्लादोहन गरेको नेकपाले जनाएको छ । पुत्लादहन पछि आयोजित कार्यक्रमलाई संवोधन गर्दै जिल्ला सेक्रेटरी रणदिपले बिदेशी कम्पनीको हितमा गरेको अदालतको राष्ट्रघाती फैसला बिरुद्ध संघर्ष जारी रहने चेतावनी दिनु भएको छ ।

उहाँले कम्युनिष्ट सरकारको पालामा न्याय पैसामा बिक्रि हुने गरेको प्रति चिन्ता ब्यक्त गर्दै यो राष्ट्रघाती फैसलाले नेपालीको सिर झुकाएको वताउनु भयो । यस्तै नेकपाले कमान नम्बर १ लालुमा पनि अदालतको फैसलाका विरुद्ध न्यायधीसको पुत्लादहन गरेको जनाएको छ ।

साथै नेकपाको कमान नम्बर १ को लालु गाँउ समितिको बैठक पनि सम्पन्न भएको छ । वैठकले अदालतको निर्णयका विरुद्ध कडा संघर्ष गर्ने निर्णय गरेको छ ।

बैठकमा कमान नम्वर १ का इन्चार्ज धरातल , सेक्रेटरी रमणीय , रकु इन्चार्ज राजकुमार , जिल्ला समिति सदस्य दोभान , युवा संगठनका राजन मैनाली, लालु इन्चार्ज मानबहादुर बिष्ट लगायतको सहभागीता रहेको थियो । गाउँ समिति सेक्रेटरी धनराज विकको अध्यक्षतामा वैठक वसेको पत्रकार जगदिशनाथ योगीले जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस