१८ मंसिर, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले निधन भएका आफ्नो पार्टीका २ जना कार्यकर्ताको सामुहिक श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
नेकपाले जिल्लाको पचालझरना गाउँपालिकाको धमालीमा सोमबार सामुहिक श्रद्धाञ्जली कार्यक्रम गरी दुवै जना क्रान्तिकारी योद्धालाई श्रद्धाञ्जली दिएको हो ।
पलाता धौलागोह काब्रेखोलामा बलेरोजिप दुर्घटनामा परी निधन भएका जिल्ला पार्टी सचिवालय सदस्य पदम सी र दृघरोगका कारण निधन भएका पार्टी सदस्य पहाडको फोटोमा सहभागीहरुले अविर आवरण र पुष्पगुच्छा चढाउदै श्रद्धाञ्जली दिएका थिए ।
श्रद्धाञ्जली कार्यक्रममा परिवारका सदस्यको तर्फवाट पदम सीका छोरा निर्माण सी र पहाडको कान्छो छोरा पुष्प सीको पनि सहभागीता रहेको थियो ।
कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज विवेक सी, सेक्रेटरी बलवान सी, केन्द्रीय सदस्य अविचल सी,प्रतिनिधि समिति सदस्य साहसी सी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनताको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विवेक सीले मृतकको सपना पूरा गरिझाड्ने प्रतिबद्धता जाहेर गर्दै जन्मसस्कार , मृत्यु संस्कार र विवाह संस्कारलाई सी संस्कृृतिअनुसार नै गर्नु बैज्ञानिक हुने बताउनु भयो ।
जिल्ला सेक्रेटेरी बलवान सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पचालझरना गाउँपालिका इन्चार्ज रणदिप ले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस