ओलीले संविधान कुल्चिए वन्द गर्नु पर्यो ः नेपाल


२२ माघ, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको बताउनु भएको छ ।
संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव समूहले आज आम हड्ताल आह्वान गरेको छ । हड्तालको अनुगमनमा निस्किनु भएका नेता नेपालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले आफूलाई निरंकुश शासकका रुपमा प्रस्तुत गरेको आरोप लगाउनु भयो । ‘संविधानलाई कुल्चिएकाले प्रतिवाद स्वरुप आम जनतालाई समयमै सचेत गराउन बन्द गर्नु परेको नेपालले वताउनु भयो । उहाले ‘यसले जनतालाई दुःख कष्ट भएको छ, यसमा हामी क्षमा माग्न चाहन्छौं भन्न भयो ।

प्रतिक्रिया दिनुहोस