मुगुको पिना स्वास्थ्य चौकीमा सातबर्षदेखी कार्यालय सहयोगीले सुत्केरी गराउदै

असार १९, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ७ मा रहेको पिना स्वास्थ्य चौकीमा अनमी अभावमा कार्यालय सहयोगीले सुत्केरी गराउदै आएको पाइएको छ ।

२०६९ सालमा वर्थिङ्ग सेन्टर स्थापना संगै कार्यालय सहयोगी पदमकला नेपालीले स्वास्थ्य चौकिमा सुत्केरी हुन आएका गर्भवती महिलालाई सुत्केरी गराउदै आएको पाइएको हो ।

विना बिषयगत अध्ययन, विना तालीम अनुभवका आधारमा सुत्केरी गराउदै आएको कार्यालय सहयोगी नेपालीले स्विकार गर्नुभएको हो ।

अहिले सम्म तालीम प्राप्त, पढाई लेखाई नभएपनी सुत्केरी हुन आएकी गर्भवती महिला लाई सहज रुपमा सुत्केरी गराएको भएपनि अहिलेसम्म कुनै घटना नभएको उहाँले बतानउनुभयो ।

आफ्नो काम सरसफाई गर्ने भएपनि विरामीका आफन्तको दबाबले सुत्केरी गराउने गरेको उहाँको भनाइ छ । यो आर्थिक बर्ष २०७५ /६७ मा पिना स्वास्थ्य चौकीमा ७१ जना महिलाले स्वास्थ्य चौकीबाट सुत्केरी सेवा लिएकामध्ये १२ जना भन्दा बढी गर्भवती महिलालाई आफु एक्लैले सुत्केरी गराएको र बाँकी गर्भवतीलाई स्वास्थ्यकर्मीले सुत्केरी गराएको नेपालीले जानकारी दिनुभयो ।

अनमी अभावले कार्यालय सहयोगीले नै सुत्केरी गराउदै आएको स्थास्थ्य चौकी ईन्चार्ज पदम बहादुर सजेवालले स्विकार गर्नुभयो । एसपिए तालिम प्राप्त स्थास्थ्यकर्मीले सुत्केरी गराउनुपर्ने नीति भएपनी त्यस्ता दक्ष अनमी नहुदाँ बाध्यताले यस्तो हुन पुगेको उहाँले बताउनुभयो ।

पिना स्वास्थ्यचौकीमा दुई जना स्थायी र एक जना अस्थायी अनमीको दरबन्दी भए पनी अहिले खाली छ । एक जना अनमी भर्खरै कागजमा आउनुभएको छ । उहाँको घर टाढा भएर पनी राती आउने गर्भवती महिलालाई कार्यालय सहयोगीले सुत्केरी गराउदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस