भाद्र १९ ,वाँके । वाँकेमा हप्ताको २ दिन निषेधाज्ञा जारी गरिने भएको छ । प्रत्यक हप्ताको सुक्रवार र शनिवार २ दिन निषेधाज्ञा जारी गरिने भएको हो ।
यो निर्णय संगै आज र भोली वाँकेमा निषेधाज्ञा जारी छ । सडकमा सवारी साधन चलेका छैनन । कोरोना महामारीको संक्रमण समुदाय स्तरमा फैलिदै गएकाले यस्तो गर्नु परेको जिल्ला प्रसासन कार्यालय वाँकेले जनाएको छ ।
तर हप्तामा पाँचदिन खुल्ला छोडने र दुईदिन बन्द गर्ने निर्णयले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्भव नभएको वाँकेबासीहरुले वताएका छन ।
जिल्लामा हरेक दिन दर्जनौं संक्रमित थपिरहेका छन् । पछिल्लो चारदिनको तथ्यांक मात्र हेर्ने हो भने दैनिक संक्रमित थपिनेको संख्या ४५ भन्दा बढी छ । अनावश्यकरुपमा हिँड्डुलमा समेत रोक लगाउने गरी निषेधाज्ञा गरिएको छ ।
यो निर्णयले कोरोनाको जोखिम घटाउन कुनै भूमिका नखेल्ने बताउँदै सर्वसाधारणले निर्णयमा पुनःविचार गर्न माग गरेका छन् । कोभिड विरुद्धको अभियानमा प्रशासनसँग सहकार्य गर्दै आएको निजी क्षेत्रसमेत असन्तुष्ट छ ।
हप्तामा दुई दिन निषेधाज्ञा गर्ने निर्णयका बारेमा नेपालगन्ज उद्योग वाणिज्य संघलाई कुनै जानकारी नभएको महासचिव चिरञ्जीवी ओलीले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस