नेकपाका स्थायी समिति सदस्य भरत सी बाढी पहिरो पीडितको ‘जनश्रममा’

१८ कार्तिक,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सी (रणवीर)ले वाढी पहिरो पीडितको जनश्रममा सहयोग गर्नु भएको छ ।

जिल्लाको तिलागुफा नगरपालिका वडा नम्वर ४ का बाढी पहिरो पीडितलाई राहत वितरण गर्न विहिवार त्यहाँ पुग्नु भएका भरत सीले बाढी पहिरो पीडितको अलपत्र अवस्थामा रहेको काममा सक्दो श्रम गरेर सहयोग गर्नु भएको छ ।

खेतिपाती भित्र्याउने समयमा सेतो कपडा ओढेर परिवार शोकमग्न अवस्थामा भएकाले खेतवाट धान र पराल वोकेर सहयोग गर्नु भएको हो । उहाँको साथमा पार्टीका केन्द्रीय सदस्य रणदिप सी , जिल्ला सेक्रेटरी शाहसी सी, जिल्ला सदस्य रमेश सी र पत्रकार कर्ण सीले पनि धान,पराल वोकेर जनश्रम गरेका छन ।

नेकपाका नेता कार्यकर्ताले बाढी पहिरो पीडित परिवारलाई सक्दो जनश्रम बाट सहयोग गरेर दुख विर्साउने प्रयास गरेका हुन् । उनीहरुले हामी पनि तपाईहरुकै छोरा तथा आफन्त जस्तै हौं भन्दै जे जस्तो घटना बाट आफन्त गुमाएपनि अब उप्रान्त दुखत घटनालाई सधैका लागि विर्सन आग्रह गरेका छन ।

बाढी पहिरो पीडित परिवारहरुले नेकपाका नेता कार्यकताले राहत वितरण संगै श्रममा सहयोग गरेपछि हर्षित हुदै धन्यवाद दिएका छन ।
गत असोज २३ गते मलाम गएका वडा अध्यक्ष सहित १३ जनाको बाढी पहिरोले ज्यान गएका परिवारका सदस्यहरुलाई नेकपाले राहत वितरण संगै जनश्रम गरेको हो ।

मुटुरोग पीडित हिमराज शाहीको मृत्यु भएपछि तिलानदिको किनारमा मलामी गएका वडाअध्यक्ष पर बहादुर शाही सहित १३ जनाकोे बाढी र पहिरोले ज्यान लिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस