नेकपा दैलेखले संगठन सुदृढ अभियान सञ्चालन गर्ने

माघ २२, दैलेख । नेपाल कम्युनिस्ट पार्टी दैलेखले संगठन सुदृढ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

शनिबार सम्पन्न बैठकले पार्टी केन्द्रद्वारा तय गरिएका राजनीतिक र सङ्गठनात्मक लक्ष्य पूरा गर्न पार्टीलाई जनआधारित बनाउदै सुदृढ गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको हाे ।

संगठन सुदृढ अभियानले महङ्गी, भ्रष्टाचार , मिटर ब्याजी र चर्को ब्याजदर बिरुद्ध संघर्स पनि चलाउने छ । बैठकले आगामी फाल्गुन १ गते जनयुद्ध दिवस सँगै शहिद सप्ताहका अवसरमा विभिन्न कार्यक्रम गरि मनाउने जिल्ला सेक्रेटरी प्रकाश सी बताउनुभयो ।

जिल्ला सेक्रेटरी प्रकाश सी को अध्यक्षतामा बसेको बैठकमा मध्य कर्णाली ब्युरो इन्चार्ज विवेक सी को प्रमुख आतिथ्यता रहेको थियो भने बैठकमा केन्द्रिय सदस्यहरु बलवान सी, दैलेख जिल्ला इन्चार्ज बिबेक सी र अबिचल सी काे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस