कालिकोटमा नसर्ने रोगका बिरामी बढे सरोकारवालहरुको भनाई

असार २०, कालिकोट । जिल्लामा नसर्ने रोगका बिरामी बढेको एक कार्यक्रमका सहभागीहरुले वताएका छन ।

जिल्ला स्वास्थ कार्यालय कालिकोटको आयोजनामा पत्रकार तथा स्वास्थ्य संचारकर्मिहरुलाई स्वस्थ जिवन शैलि व्यवहार परिवर्तन सम्वन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो कुरा वताएका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका अनुसार विगतभन्दा अहिले खानपानका कारणले पछिल्लो समयमा जिल्लामा नसर्ने रोगका बिरामी बढ्दै गएका हुन्।

यस आर्थिक वर्षमा ४६ हजार जनाको प्राथमिक उपचार गर्दा २ हजार ८५० जना उच्च रक्तचापका, १ हजार १६३ जना मुटुसम्बन्धी रोगका एक हजार ८०५ जना दम, ३६५ जना मधुमेह र १० महिलामा पाठेघर क्यान्सरका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख कटकबहादुर महतले बताउनु भयो ।

‘अहिले सर्ने रोगको कम हुदैँ गएको छ’ उनले भने,‘पछिल्लो समयमा नसर्ने रोगको बृद्धि हुँदै गएको छ ।’ कर्णाली जस्तो विकट क्षेत्रमा मस्तिष्कघात, दम, मधुमेह, क्यान्सर, उच्च रत्तचाप लगाएतका नसर्ने रोगका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका डा. विज्ञान प्रजापतिले बताउनु भयो ।

‘यहाँ धुमपान मद्यापन गर्नेहरू धेरै हुने गरेको छ’ उनले भने, ‘त्यसैका कारणले नसर्ने रोगका बृद्धि हुँदै गएको छ ।’
विगतमा कर्णालीमा सर्ने रोगहरू महामारी निकै फैलिने गरेको अहिले सर्ने रोगहरू कम हुदैँ गएको नसर्ने रोगका कारणले यहाँका मानिसमा समस्या आएको डा. किशोर श्रेष्ठले बताउनु भयो ।

‘विगतमा हैजा, ज्वरो, निमोनिया जस्ता नसर्ने रोगका कारणले यहाँमा मानिसको ज्यान जाने गरेको थियो’ उनले भने,‘अहिले त्यो समस्यामा कमी आएको छ ।’

कर्णालीमा क्रमिक रुपमा शहरीकरण बढ्दै गएको त्योसँगै नसर्ने रोगको पनि विकास हुन थालेको जिल्ला अस्पताल कालिकोटका सिनियर अहेव हेमराज बमले बताउनु भयो ।

स्वास्थ्य कार्यालय कालिकोटका कार्यालय प्रमुख कटक महतको अध्यक्षतामा भएको अन्तरक्रिर्या कार्यक्रमको सहजिकरण डा.विज्ञान प्रजापति र डा.किशोर श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस