वार्ताको हौवा सरकारमा उत्पन्न सङ्कटको अभिव्यक्ति : नेकपा (विज्ञप्तिसहित)

‘एनसेलाई देश निकाला गर्न अपिल गर्छौं’

साउन २०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले यही साउन १५ गते देशभर एनसेलमाथि आफ्नो पार्टीले कारबाही गरेको जानकारी दिँदै एनसेलले देशको न्यूनतम् कर्तव्य पूरा नगर्ने, कर छली गर्ने, सेवाग्राहीलाई चर्को शोषण गरिरहेकाले आफ्नो अपराध नसच्याएमा थप कारबाहीहरू हुने र उसलाई देश निकाला गर्न जनतासमक्ष अपिल गर्न पार्टी बाध्य हुने चेतावनी दिएको छ । पार्टी प्रवक्ता प्रकाण्डले सोमबार साँझ प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त चेतावनी दिनुभएकाे हाे ।

विभिन्न सञ्चार माध्यमले पार्टीका बारेमा फैलाएको हल्लाको खण्डन गर्दै प्रकाण्डले विज्ञप्तिमा भनुभएकाे छ, ‘हाम्रो काँधमा देश, जनता र श्रमजीवी जनताप्रतिको जिम्मेवारी छ । मालेमावादी विचारमा आधारित, वस्तुगत अवस्थामा विकसित नीति, पद्धति र फलामे अनुशासनमा आधारित सच्चा कम्युनिस्ट पार्टी निर्माण, आगामी आन्दोलनको मोर्चामा सुदृढ एवम् प्रभावकारी नेतृत्वको आवश्यक पर्ने क्रान्तिको गहिराइका साथ मनन गरी पार्टीलाई सुदृृढ र विकास गर्न साहसिक र ऐतिहासिक निर्णय लिएको छ । उक्त निर्णयबाट अत्तालिएका देश र जनताका दुस्मन, दलाल तत्वहरू, छिद्रान्वेषी–षड्यन्त्रकारीहरूले सञ्चार माध्यममा ‘वार्ता पक्षधर तथा विवादास्पद व्यक्तिहरूलाई कारबाही गरेको’ भनी गरिरहेको प्रचारलाई जनक्रान्ति र पार्टीविरोधी अपराध र षड्यन्त्र ठान्दछ र त्यसप्रकारको कुप्रचार खारेज गर्दछ । त्यसप्रकारको नियोजित षड्यन्त्रबाट प्रभावित नहुन र त्यसको गोटी नबन्न सञ्चार माध्यमहरूसँग अनुरोध गर्दछ ।’

वली सरकारले वार्ताको हल्ला गर्दै दमन र हत्या शृङ्खला अघि बढाएको विषयमा प्रस्ट पार्दै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले एकीकृत जनक्रान्ति कार्यदिशाको बाटो लिएदेखि नै प्रतिक्रियावादी सत्ता दमन र षड्यन्त्रमा उत्रिएको छ । गत फागुन २८ गते वली सरकारले हाम्रो पार्टीकाविरुद्ध प्रतिबन्ध लगायो र हत्या–हिंसामा उत्रिएको छ । नेपाली क्रान्ति र जनताको परिवर्तनको चाहनाविरुद्धको दमनले वली सरकारलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा एक्लो पारेको छ । दमन र प्रतिबन्ध सरकारकालागि फाँसीको फन्दा झैँ भएको छ । त्यसै कारण वली कम्पनीले वार्ताको विषयलाई ‘आफैँ बोक्सी, आफैँ धामी’भने झैँ गरिरहेको छ । तसर्थ सरकारको वार्ताको हौवा आफ्नो असफलता, पार्टीभित्र र सरकारमा उत्पन्न सङ्कटको अभिव्यक्ति हो । त्यो जनक्रान्तिमाथि भीषण दमन र षड्यन्त्रको तयारीको सङ्केत पनि हो । वार्ताको विषयलाई गम्भीरतापूर्वक नलिनु, औपचारिक पहल पनि नगर्नु र हाम्रो पार्टीलाई वार्ता विरोधी भनेर प्रचार गर्नुले त्यसलाई पुष्टि गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी मालेमावादी विचारद्वारा निर्देशित पार्टी हो । विश्व सर्वहारा वर्गको एउटा टुकडी र नेपाली श्रमिक तथा देशभक्त समुदायको प्रतनिधि पार्टी हुनुको नाताले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व छ । विगत ५ वर्षदेखि पार्टीले एकीकृत जनक्रान्तिमार्फत नेपाली क्रान्तिको नेतृत्व गरिरहेको छ ।’

एनसेलमाथिको कारबाहीका विषयमा प्रस्ट पार्दै प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनुभएकाे छ, ‘एनसेल नामक दूरसञ्चार प्रदायक संस्थाले देशको न्यूनतम् कर्तव्य पूरा नगर्ने, कर छली गर्ने र सेवाग्राहीलाई चर्को शोषण गरिरहेको छ । त्यसकाविरुद्ध पार्टीले सङ्घर्ष गर्दै आएको छ । त्यस क्रममा साउन १५ गते पार्टीले देशव्यापी उच्चस्तरको कारबाही गर्यो । एनसेलले आफ्नो अपराध नसच्याएमा थप कारबाहीहरू हुनेछ र उसलाई देश निकाला गर्न जनतासमक्ष अपिल गर्न पार्टी बाध्य हुनेछ ।’

विज्ञप्तिको पूर्णपाठ …..

प्रतिक्रिया दिनुहोस