कालिकोटमा असिना पानि, पाक्न लागेको गँहुवाली नष्ट

चैत्र २३, कालिकोट । कालिकोटमा शुक्रबार दिउँसो असिना पानि परेको छ ।

केहीदिनदेखि मौसममा बदली भइरहेको र शुक्रबार बिहानैदेखि पानी पर्ने संकेत देखिए पनि अपरान्नपछि भारी मात्रामा असिना पानी परेको हो ।
अचानक परेको असिना पानिले कालिकोटका बिभिन्न स्थानमा पाक्न लागेको गँहुवाली तथा तरकारी खेती नष्ट गरेको किसानहरुले बताएका छन् ।

मध्य पश्चिमका विभिन्न पहाडी जिल्लाहरुमा आएको असिना पानिले कालिकोट, दैलेख, अछाम, जुम्ला लगायतका जिल्लामा समेत क्षति पुगेको जनाईइको छ ।

मौसम विभागका अनुसार अझै ३ तीन दिनसम्म मौसम बदली भई देशैभर पानी पर्ने जनाएको छ । मौसम विद् विभुति पोखरेलले आजदेखि सोमबार सम्म देशभर मौसम बदली भई पानी पर्ने बताउनुभयो ।

प्रि मनसुन सुरु भएका कारण अहिले काठमाडौं उपत्यका सहित मध्ये र पश्चिम क्षेत्रमा पानी पर्ने र विस्तारै पूर्वतिर सर्दै जाने उहाँले जानकारी दिनुभयो ।

हिजो भन्दा आज देशका अधिकांश क्षेत्रमा पानी पर्ने सम्भावना रहेपनि दिउँसो भने मौसम सफा हुने उहाँको भनाई छ । देशका विभिन्न स्थानमा हावाहुरी लाग्ने भएकाले सबैलाई सचेत र सुरक्षित स्थानमा जान विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस