तेस्रो संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु

चैत्र २३, पाँचथर । तेस्रो संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

पाँचथर क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज मिसन युनाइटेड ताप्लेजुङ र डिएफसी मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका लागि आयोजक पाँचथर क्लबले जिल्लाका खेलाडीलाई मात्र समेटेर आफ्नो टिम बनाएको छ ।

प्रतिक्रिया दिनुहोस