फोरम र नयाँ शक्तिबीच एकता घोषणा

बैशाख २३, काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल बीच आज सोमबार पार्टी एकता घोषणा भएको छ।

 

समाजवादी पार्टी नेपाल नाममा पार्टी एकताको लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा कार्यक्रम सुरु भएको छ । दुई दलका नेताबीच पार्टीको नाममा समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको थियो । पार्टीको संघीय परिषदको नेतृत्व भट्टराईले र केन्द्रीय समितिको नेतृत्व यादवले गर्ने सहमति भएको छ ।

प्रतिनिधिसभामा फोरमका १६ सांसद छन् भने नयाँ शक्तिका एक सांसद छन् । जनयुद्धबाट उदाएका नेता बाबुरामा भट्टराई पछिल्लो पटक वैकल्पिक राजनीति गर्ने भन्दै माओवादीबाट अलग्गीएर नयाँ पार्टी खोलेका थिए। यादव मधेस आन्दोलनबाट उदाएका नेता हुन्।

प्रतिक्रिया दिनुहोस