आज विश्व स्वास्थ्य दिवस, कालिकाेटमा पनि स्वास्थ्य सन्देशमुलक कार्यक्रम गरी मनाईदै

चैत २४, कालिकाेट । आज विश्व स्वास्थ्य दिवस , स्वस्थ खानेकुरामा जोड दिँदै मनाईंदैछ ।

अस्वस्थ खानेकुराका कारण संसारमा हरेक वर्ष २० लाख मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको अनुमान छ । ज्यान जानेमध्ये धेरै बालबालिका रहेको डब्लुएचओले जनाएको छ ।

खानेकुरालाई सफा गरेर नराख्दा तथा त्यस्ता खानेकुरा खाँदा विभिन्न रोगको संक्रमण हुने डाक्टरले बताएका छन् । उनीहरुका अनुसार अस्वस्थ खानेकुराका कारण झाडापखालादेखि क्यान्सर जस्ता दुई सय भन्दा बढी रोग लाग्छ ।

खानेकुरा बनाउने, प्याकिङ गर्ने, वितरण गर्ने र खाने क्रममा सफा तरिका अपनाउन डब्लुएचओले जोड दिएको छ । खाना बनाउने ठाउँ अलग्गै बनाए र सफा पानी प्रयोग गरे रोग लाग्नबाट बच्न सकिन्छ ।

कालिकाेटमा पनि दिवसकाे अवसरमा स्वास्थ्य सन्देशमुलक कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाईदैछ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिएको छ

प्रतिक्रिया दिनुहोस