बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु

२४ वैशाख, नेपालगञ्ज । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

सास फेर्न गाह्रो भएपछि उहा अस्पताल पुग्नु भएको थियो । तर स्वाब दिने पालो नआउँदै उहाको मृत्यु भएको अस्पतालका एक चिकित्सकले वताएका छन ।

‘३÷४ दिनदेखि उहालाई ज्वरो आउने, टाउको दुख्ने भएको रहेछ । स्थानीय मेडिकलबाटै औषधि लगेर खाँदा पनि निको नभएपछि आज मात्रै उहा अस्पताल आउनु भएको रहेछन्,’ शुक्रबार उहाले भन्नु भयो , ‘अस्पतालमा स्वाब दिने आउनेको ठूलै भिड थियो । सबै बिरामी उस्तै भएका कारण उहा पनि लाइनमा हुनुहुन्थ्यो । लाइनमा बस्दाबस्दै उहा ढल्नु भयो ।’

अस्पताल ल्याउन ढिलो भएको कारण अक्सिजन लेभल कम भएर उहाको मृत्यु भएको हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

स्वाब दिन पालो कुरेर बस्दा बस्दै अस्पतालको प्रांगणमा मृत्यु भएपछि उहासँगै आएका आफन्तले शवलाई अटोमा राखेर घर लगेको उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस