सरकारले काम नगरे जनताले आफ्नो फैसला आफै गर्नेछन् :प्रचण्ड

बैशाख २४, काठमाडौं । पछिल्लो समय सरकारको गतिबिधि देखि त्यति सन्तुष्टि नदेखिएका अध्यक्ष प्रचन्डले सरकारी गतिविधी बिषयमा निरन्तर टिप्पणी गर्दै आएका छन् । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ सरकारले काम नगरे खतराको घण्टी बज्ने बताएका छन्।

यसरि सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै मंगलबार प्रचण्डले हिजो जस्तै त्याग र बलिदानका साथ काम नगरे जनताले आफ्नो फैसला गर्ने समेत बताएका हुन्।

 

‘जनतामा अहिले पनि सरकारसँग आशा छ। उनीहरु बढो भरोसाका साथ हामीतिर हेरिरहेका छन्’ उनले भने,’अब हामीले हिजोको जस्तै त्याग र बलिदानका साथ काम नगर्ने हो भने खतराको घण्टी बज्छ।’

अब नेपाली जनता र सबै राजनीतिक पार्टीले सपना देख्नुपर्ने बेला आएको समेत उनले बताए।

सैदान्तिक तवरले सरकारले कुरा धेरै गरेको तर ब्यबहारिक हिसाबले नगरेको तर्फ संकेत गर्दै ‘विकासको कुरा स्वैरकल्पना जस्तो मात्र लाग्ने गरेको छ, नेपालमा अन्तर्राष्ट्रिय हवाइमार्ग र ठूलाठूला परियोजना बन्ने कुरा जनतालाई आश्वासन दिएको जस्तो मात्र लाग्छ’ प्रचण्डले भने,’तर, त्यसो होइन अब सबै नेपाली जनता र सबै राजनीतिक पार्टीले यस्तो खाले सपना देख्न थल्नुपर्ने भएको छ।’

विकास निर्माण र समृद्धिका लागि ठूलाठूला लक्ष्य राखेर अघि बढ्नु पर्ने भएको समेत प्रचण्डले बताए। ‘प्रतिपक्षका साथीहरुलाई संका लागेको छ । उहाँहरुले नीति तथा कार्यक्रममा भएको काम हुनै नसक्ने भन्नुभएको छ’ उनले भने,’त्यो प्रतिपक्षको धर्म, कामभित्रै पर्छन् । त्यो स्वभाविक हो। उहाँहरुको भनाइलाई मध्यनजर गर्दै काममा अघि बढ्नुपर्ने छ।’

प्रतिक्रिया दिनुहोस