भदौ २२ कालिकोट । कालिकोटको नरहरिनाथ गााउपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत लाल वहादुर मल्लले आफु माथि मार्ने धम्की आएको भन्दै आपत्ती जनाउनु भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत मल्लले एक अपिल जारी गर्दै आफ्नै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अमर वहादुर वटालाले आफु माथि मार्ने धम्की दिने गरेको खुलासा गर्नु भएको हो ।
उहाँले जारी गर्नु भएको अपिलमा पटक पटक धम्काउने,गालीगलौज गर्ने,अपमान गर्ने र मार्ने धम्की दिएको उल्लेख गरिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत मल्लले प्रक्रिया विपरित भुक्तानीका लागी दबाव दिने र कुनै बेरुजु रकम वारे कुरा उठाउदा मार्ने धम्की आउने गरेको दुखेसो पोखनु भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत मल्लले यस वारे छलफल गर्न र आवश्यक रणनीति लिन गाउँपालिका अन्तरगतका सम्पूर्ण शाखा, प्राथमिक स्वास्थ्य केन्द्र ,सम्पूर्ण स्वास्थ्य चौकी ,आधारभूत स्वास्थ्य इकाई र वडामा कार्यरत सम्पूर्ण कर्मचारीलाई आज गाउँपालिकामा उपस्थितका लागि आवाहन गर्नु भएको छ ।