लागुऔषध प्रयोग नगर भनि विरोध गर्दा हातपात भयोः रणवीर

असाेज २०, बाँके । नेपालगञ्ज कारागारका जेलर भरतराज पाण्डेकै मिलिमतोमा कारागारभित्र लागु औषध कारोवार हुने गरेको तथ्य बाहिर ल्याएको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता भरत बम ‘रणवीर’ माथि असोज १० गते राति नेपालगंज कारागर भित्र हातपात भयो ।

कारागारभित्र कारागारका जेलर पाण्डे तथा चौकीदार सहितको मिलिमत्तोमा अरु कैदीहरुलाई प्रयोग गरेर उहाँ माथि हातपात भएको घटना वाहिर आएको थियो । सो घटनापछि सुरक्षाको चुनौति वढेका कारण नेता रणविर लगायत ५ जना सो पार्टी सम्वद्ध नेताहरुलाई वर्दिया जिल्लाको गुलरिया कारागरमा असोज १५ गते स्थातान्तरण गरेको छ ।

सो घटनाका पिडित नेता भरत बम ‘रणवीर’ लाई वर्दिया कारागरमै पुगेर ज्वाला खबर डट्मकले घटनाको सत्य तथ्य वारे छोटो कुराकानी गरेको छ । उहाँ संग गरिएको कुराकानीको पूर्ण पाठ

तपाईलाई कारागर भित्रै हातपात भएको घटना वाहिर आएको छ । यो घटना कत्तिको साँचो हो ?
यो घटना साँचो नै हो । भित्र विभिन्न किसिमका गलत कामहरु पनि हुदा रहेछन । ती कामहरु गर्नु हुदैन भनि विरोध गर्दा कारागर प्रसासन चौकिदार लगायतका तत्वहरु मिलेर हातपात गर्ने योजना वनाएछन ।

भित्र कस्ता खालका गलत कामहरु भइरहेका थिए ? तपाईले विरोध गर्दा हातपात नै गर्ने योजना वनाएछन ।
यो दलाल व्यवस्थाको जेल भनेको मानिसहरुलाई सुधार्ने गृह भन्दा पनि विगार्ने गृह रहेछ भन्ने मेरो घटनाले पुष्टि गर्दछ । भित्र गुट्का चुरोट,सुर्ति त सामान्य नै भयो । तर चरस, लागुऔषत, जाँड रक्सी समेत प्रयोग हुने गरेको देखेपछि यस्तो गर्नु हुदैन भनेर मैले विरोध गरेको हो । अधिकाँस लागुऔषधका मुद्धामा भित्र वस्ने व्यक्तिहरु थिए ।

जहाँ सम्म उनीहरुलाई हामी जस्तो मान्छे भित्र भएपछि सुधार्नु पर्छ भन्ने सोचले यस्तो गर्नु हुदैन भनेको हो । तर त्यहाँ यदि त्यो वन्द भयो भने चौकिदार जेलरहरुको कमाई खाने धन्दा वन्द हुदोरहेछ । त्यहाँका ठुलावडाहरुले त्यस्ता अवैध चिजहरु भित्र पुर्याए पछि महंगो मुल्यमा वेच्ने र कमाउने धन्दा हुदोरहेछ । जसले गर्दा हातपात गर्ने योजना वनाएछन ।

तपाई माथि हातपात गर्ने व्यक्ति को हुन ? चिन्नु हुन्छ ।
मुख्यतः जेलर भरतराज पाण्डेको निर्देशनमा कारागारका चौकीदार भरत फडेरा र कारागारभित्र रासनपानी आपूर्ति गर्दै आएका ठेकेदार मान बहादुर शाहीको संलग्नतामा कैदी शेर बहादुर कसेरा, गगन शाही, नमराज केसी लगायतले हातपात र आक्रमण गरेका हुन ।

तपाई जस्तो एउटा राजनेता माथि कारागर भित्रै आक्रमण हुन्छ । सुरक्षा हुदैन भने कारागरमा अरु कैदी वन्दीको अवस्था कस्तो छ ?
यो एकदमै गम्भीर कुरा हो । भित्र सामान्य कैदी वन्दीहरुले भित्रको अन्याय अत्याचारको विरोध गर्न पनि सक्दैनन् रहिछ । गरे पछि मरणशन्न हुने गरी कुटपिट गरिने रहेछ । यस्तो खालको जेलमा सुरक्षा होइन सवैको असुरक्षा छ । मानिस सुधारिने होइन अझै विग्रने अवस्था छ ।

तपाईको घटनापछि कोही कसैले अनुगमन गरेका थिए ?
राष्ट्रिय मानवअधिकार आयोगको टोली र केही पत्रकारहरु आएर अनुगमन गरेका थिए । घटनाको वारे मैले लागुऔषत प्रयोग गरिरहेको कुरा विरोध गर्दा हातपात भयो भने ।

तपाई लगायत तपाईको पार्टी सम्वद्ध पाँच जनालाई नेपालगंज कारागर वाट गुलरिया कारागरमा किन ल्याइएको हो ?
हाम्रो त्यहाँ सुरक्षा थिएन । हामी माथि जतिवेला पनि पुनः हातपात हुन सक्ने अवस्था थियो । हामीले यहाँ भन्दा वाहिर पठाइहोस भनेका थियौ । त्यसैले यता ल्याएको होला ।

अन्तमा के भन्नु हुन्छ ?
मेरो घटनाका योजनाकार र दोषिलाई कार्वाही गरिनु पर्छ । जेल अपराध वढाउने गृह होइन कि साँच्चिकै व्यवहारमा सुधार गृह राज्यले वनाउनु पर्छ । जेलको व्यवस्थापकिय पक्ष पनि सुधार गर्नु पर्छ । क्षमता भन्दा वढी मानिसहरु राख्नु हुदैन । क्षमता अनुसार राख्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस