दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद: रणविर

असाेज २१, कालिकोट । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भरत बम (रणविर )ले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद अनिवार्य भएको वताउनु भएको छ ।

बिहीबार कालिकोटको सदरमुकाम मान्ममा पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभयो हाे । नेता बमले दलाल संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएकाले अव वैज्ञानिक समाजवाद अनिवार्य भएको ठोकुवा गर्नु भयो ।

नेता बमले नेपालका राजनैतिक दलका नेताहरुको कमजोरी मात्र नभएर व्यवस्थाकै असफलता भएकाले जो नेता र सरकार वनेपनि नेपालमा जनताले अनुभूति हुने गरि परिवर्तन नहुने वताउनु भयो ।

उहाँले जनताले अनुभूति हुने गरि परिवर्तनका लागि जनमत संग्रह गरि नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने धारणा राख्नु भयो ।

लामाे समय जेल जिवनपछि पहिलाे पटक गृह जिल्ला पुग्नुभएका नेता बमकाे उपस्थितिमा आयाेजित पत्रकार भेटघाट कार्यक्रमको जनपत्रका संगठन नेपाल कालिकोटका सचिव कर्ण परियारकाे अध्यक्षता रहेको थियोे भने जिल्ला इन्चार्ज बिराट,जिल्ला सेक्रेटरी रणदिप लगाएतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस