माघ २५ ,कालिकोट । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमाले प्रवेश गर्ने हल्ला साम्राज्यवादी र दलालपूँजीवादी एजेण्डहरुको कूप्रचार भएको भन्दै भ्रमित नहुन आग्रह गर्नु भएको छ । उहाँले प्रवेश गर्ने कुरा टाढा हो, यो सोच्न पनि सकिदैन भन्नु भयो ।
उहाँले आफ्नो पार्टीले लिएको वैज्ञानिक समाजवादी कार्यक्रम राष्ट्रिय राजनीतिमा हावी भइरेकाले त्यसवाट आत्तिएका साम्राज्यवादी तथा दलालपूँजीवादी तत्वका एजेण्डहरुको कूप्रचा मात्र भएको टिप्पणी गर्नु भयो ।
ज्वाला खवर डट्कम संगको कुराकानीमा प्रवक्ता प्रकाण्डले यस्तो कूप्रचार गर्ने दलाल तत्वहरुलाई जनताले कार्वाही गर्ने पनि चेतावनी दिनु भयो ।
नेपाली जनता,कार्यकर्ता र पार्टीपंक्तिमा साम्राज्यवादी तथा दलालपूँजीवादी एजेण्डहरुको कूप्रचा र भ्रममा नपर्न उहाँले आग्रह गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले भन्नु भयो “पार्टीको क्रान्तिकारी विचार,नेतृत्व, एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम नेपाली जनतामा लोकप्रिय हुदै गएको छ । यो लोकप्रियताले आत्तिएका,डराएका साम्राज्यवादी र दलालपूँजीवादी तत्वका एजेण्डहरुको कूप्रचा मात्र हो । यसमा भ्रमित नहुन म सवै लाई आग्रह गर्दछु । ”
प्रवक्ता प्रकाण्डको नाम जोडेर वे्रकलिङ्क लगायत केही अनलाईहरुले प्रकाण्ड एमाले प्रवेश गर्दै भन्ने भ्रमपूर्ण समाचार प्रकाशित गरेका थिए । उहाँले भ्रमपूर्ण समाचार प्रकाशित गर्ने मिडिया र पत्रकारलाई यस्तो खालको पत्रकारिता नगर्न चेतवानी दिदै यदि नसुधारिए जनताले जनकार्वाही गर्न वाध्य हुने पनि चेतावनी दिनु भएको छ ।
उहाँले ज्वाला खवर डट्कम संग गरेको अडियो कुराकानी