५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्छ ः पम्फा भुसाल


२४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताउनु भएको छ ।
सोमबार १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताउनु भयो ।
संविधानतः महिलाहरुले धेरै अधिकार पाएको भएपनि कार्यान्वयनमा चुनौती रहेको भन्दै उहाले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनु भयो ।
महिलालाई पैतृक सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिई संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उहाको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस