दलाल पुँजिवादमा नेपाली जनताको अवस्था

सामन्तवादको अन्त्य सँगै नेपालमा दलाल पुँजिवादको जन्म भएको छ । दलाल पुँजिवादले साम्राज्यवाद र उत्तर साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा राज्य संचालन गरेको छ । दलाल पुजिवादको चरित्र उत्पिडनकारी रहेको छ । दलालहरु नाफाको लागि जस्तोसुकै जनविरोधि क्रियाकलापहरु गर्न पनि तयार हुन्छन् । नेपालमा दलाल पुँजिवाद दलालीकरण, र्निंकुशता र फासिवादिकरणको बाटोमा अघि बढेको छ । दलाल राज्य व्यवस्थामा भ्रष्टाचार, राष्टघात र जनघातले सिमा नाघेको छ । जनताको जीवन दलाल पुँजिवादका कारण दिन प्रति दिन कस्टकर बन्दै गएको छ ।

नेपाली राजनितिमा यतिबेला दलाल पुँजिवादले सामाजिक दलाल पुँजिवादको रुप धारण गरेको छ । सामाजिक दलाल पुजिवादको राजनितिक नेतृत्व कथित केपिको सरकारी नेकपाले गरेको छ । सामाजिक दलाल पुँजिवादले जनताको विचमा शान्ति, समृद् िर समाजवादको नारा दिएको छ । विडम्वना शान्तिको नारामा हत्या हिंसा गरेको छ । समृदिको नारामा देश र जनतालाई कङ्गाल बनायको छ । समाजबादको नारामा दलाल पुँजिबादलाई सँरक्षण गरिरहेको छ ।

दलाल पुँजिवादी उत्पादन सम्बन्ध र उत्पादक शक्तिको विचमा नेपाली जनता र दलाल पँुजिवादी राज्य विचमा अन्तरविरोध वढ्दै गएको छ । दलाल पुजिवादी व्यवस्था भित्र संकट पैदा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेकक्षताको नारामा समाजवाद उन्मुख भनिएको सविधानले दलालहरुको हितको संरक्षण गरिरहेको छ । यो सविधान जनविरोधि छ । जनविरोधि सविधानको हतियार प्रयोग गरेर दलाल राज्यले जनता माथि दमन गरिरहेको छ । जनताले आधारभुत मौलिक अधिकार पाएका छैनन् । श्रमिक वर्गलाई गास, वास र कपासको ब्यवस्था गर्नुको साटो चर्को कर असुली गरेर लुटिरहेको छ । जनताले राम्रो सँग एकछाक खान र एक सरो लगाउन पाएको छैन तर दलाल पुजिवादी शासकहरु महलमा वसेर सुखी नेपाली र समृद नेपालको नारा दिईरहेका छन् ।

सुखी नेपाली र समृद नेपाल, सिंहदरवारको अधिकार गाँउघर भन्ने नारा दिएर अगाडी बढेका तिन तहका सरकारहरु आज गाउँ देखि केन्दसम्म भ्रष्टाचार, दलाली र कमिसनमा चुर्लुम्ब डुबेका छन् । केन्द्र, प्रदेश र स्थानिय तहका सरकारहरुले सिहदरवारको अधिकार गाउँघरमा आएको प्रचार गरिहरेका छन् । सिहदरवारको अधिकार गाउघरमा आएको छ भन्ने मीठो नारा दिएर जनतालाई झुक्याएका छन् । सिहदरबारको अधिकार गाउँघरमा पुगेको छैन वरु सिहदरवार भित्र हुने दलाली, कमिसनको खेल गाँउगाँउमा पुगेको छ । कोरोना माहामारी जस्तो संकटको बेलामा पनि दलाल राज्यका जनप्रतिनिधिहरुले जनतालाई राहतको रुपमा वितरण गरेको चमाल, नुन, तेल, साबुन र मास्कमा पनि विल मिलायर भ्रस्टाचार गरेका छन् । जनताले सिँहदरवारको अधिकार गाँउमा आएको रहेनछ वरु सिँहदरवारको कमिसन र लुट आयको रहेछ भन्ने कुरा राम्रो सँग वुझेका छन् ।

नेपालमा दलाल पुजिवाद र बैज्ञानिक समाजवादको विचमा संघष चलिरहेको छ । दलाल पँुजिवादको नेतृत्व केपिको सरकारी नेकपाले गरेको छ भने बैज्ञानिक समाजबादको नेतृत्व माहासचिव विप्लवले नेतृत्व गरेको जनप्रिय पार्टी नेकपाले गरेको छ । केपिको नेतृत्वको कथित नेकपाले क्रान्तिकारी पार्टीमाथि प्रतिवन्ध लगायको छ । निर्दोश नेता कार्यकर्ताहरुको हत्या गरेको छ । सयाँै नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरी झुटा मुदा्मा फसायको छ । पछिल्लो लकडाउनपछि पनि नेपाली जनता कोरोना माहामारी सँग लडिरहँदा केपि सरकारले नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेको छ ।

सुर्खेतवाट पार्टीका पुर्व केन्दिय सदस्य कमरेड हिमाललाई गिरफ्तार गरेको छ । पार्टीका केन्दिय सदस्य तथा प्रकासन विभाग प्रमुख अनिल शर्मालाई उपचारको क्रममा चितवनबाट गिरफ्तार गरेको छ । चितवन जिल्ला सेक्रेटरी विजयलाई राहत वितरणको क्रममा गिरफ्तार गरेको छ । ईलाम जिल्ला ईन्चार्ज कमरेड पुष्प कोईराला र दुईजना कार्यकार्ताहरुलाई पनि गिरफ्तार गरेको छ । नेपाली राजनिति क्रान्ति र प्रतिक्रान्ति, दमन र विद्रोह, प्रतिवन्ध र प्रतिरोधको विचवाट अगाडी बढिरहेको छ । शंशोधनवादी र क्रान्तिकारी, पुजिवादी र समाजवादी राजनितिक शक्तिको विचमा टक्कर भईरहेको छ । विगतको ईतिहाँसले प्रतिक्रान्तिलाई क्रान्तिले, दमनलाई विद्रोहले, प्रतिवन्धलाई प्रतिरोधले, दलाल पुजिवादलाई समाजबादले जितेको कुरा पुष्टि गरेको छ ।

नेपाली जनताले मुक्ति र स्वाधिनताको लागि विगतदेखि संघष गर्दै आएका छन् । राणा शासन, पञ्यायती शासन, बहुदलीय संसदिय व्यवस्था विरुद्धको संघषमा नेपाली जनताले ठुलो त्याग, तपस्या र बलिदानि गरेको ईतिहाँस छ । माहान जनयुद्ध र ०६२÷६३को जनआन्दोलनमा नेपाली जनताले सामान्तवाद साम्राज्यवादका बिरुद्ध संघष गरे । जनताको संघषले जनताले सोचेको जस्तो जनबादी व्यवस्था आउन सकेन् । मुलुक स्वाधिन हुन सकेन । जनतालाई धोका भयो । जनताको नाममा दलाल पुँजिपति वर्ग सत्तामा पुग्यो ।

सर्वहारा वर्गका नेता तथा दार्शनिक कमरेड कार्लमाक्सले भन्नु भएको थियो एउटा अघाएको व्यक्तिले भोको मानिसको आवश्यकतालाई वुझ्न सक्दैन । नेपालमा दलाल पुजिपति वर्ग र जनताको जीवनमा आकाश पातलको भिन्नता छ । दलाल पुँजिपति वर्गको हातमा उत्पादनका साधनहरु रहेका छन् । राज्यको सम्पुर्ण स्रोतहरु दलालहरुले नै चलाई रहेका छन । दलालहरु गगन चुम्ने महलमा वस्दछन् । चाँैहासी व्यञ्जन खाना खान्छन् । महङा कपडा लगाँउछन् । चिल्ला गाडीमा सवार हुन्छन् । उनीहरुको जीवन सुखपुर्ण छ ।

नेपाली जनता वर्षा हुदा चुहिने र हावाहुरीले उडाउने झोपडीमा बस्दछन् । जनताले शरिर ढाक्ने एकसरो कपडा पाएको छैन । नाङो शरिर र भोको पेटमा बाँच्नु परेको छ । विरामी हुदा उपचार नपाएर छटपटीदै मर्नु पर्ने अवस्था छ । दलाल राज्यका कारण लाखौ युवायुवतीहरु आफ्नो प्यारो घरपरिवार छोडेर विदेशमा श्रम बेच्न बाध्य भएका छन् । दलाल राज्यले जनतालाई सेवा सुविधा दिने भन्दा पनि उल्टो चर्को कर, महङी र भ्रस्टाचार जनतामाथि थोपरिरहेको छ । दलाल पँुजिपति वर्ग अघाएको छ । जनता भोकै छन । जनताले यो दलाल राज्यवाट परिवर्तनको अनुभुति गरेका छैनन् । जनताको सपना पुरा भएको छैन् । दलाल राज्यले सुखी नेपाली र समृद्ध नेपालको मीठो नारामा झुक्याईरहेको कुरामा जनता प्रष्ट हुदै गएका छन् ।

कोरोना माहामारीको संकट हल गर्न पनि यो व्वबस्था पुर्णरुपमा असफल भएको छ । लकडाउनको कारण बेरोजगार भएका मजदुरहरु भोक र रोग दुईवटा समस्यामा परेका छन् । मजदुरहरुलाई रोगले भन्दा भोगले मरिने हो कि भन्ने चिन्ता भएको छ । देशका विभिन्न भागवाट मजदुरहरु नाङो खुटा घन्टौं सयांै किलोमिटर पैदल हिड्न वाध्य भएका छन् । विदेशमा रोजगारीको क्रममा गएका युवायुवतिहरु अलपत्र छन् । भारतिय सिमानामा पुगेका नेपालीहरुलाई देशभित्र ल्याउने बाताबरण बनाईयको छैन । कोरोनाको नाममा वितरण भएको राहतमा पनि भ्रष्टाचार भएको छ । राहत वितरणमा विपन्न मानिसहरु भन्दा पनि आफ्नो पार्टी र आसेपासे वक्तिहरुलाई प्राथमिकता दिईएको छ । वास्तविक विपन्न मानिसहरुले राहत पाएका छैनन् सिङो विश्व र हाम्रो देश कोरोना माहामारीबाट शोकमा डुबेको बेला दलालहरु कुर्सी र पदको लडाईमा केन्दित भएका छन् ।

यो दलाल पुँजिवादि राज्यवाट नेपाली जनताको समस्या समाधान हुदैन । दलाल पुँजिवाद निजि सम्पति थुपार्ने र नाफा कमाउने व्यवस्था हो । जनताको मुक्ति र देशलाई स्वाधिन वनाउन बैज्ञानिक समाजवादि व्यवस्था चाहिन्छ । त्यसैले आउनुहोस् दलाल पुँजिवादि व्यवस्थालाई मसानघाटमा पुर्याऔ, सुन्दर बैज्ञानिक समाजवादी व्यवस्थाको लागि एकिकृत जनक्रान्तिमा अगाडी बढौं । नेपाली जनताले जित्ने छन् दलाहरु हार्नेछन् । लेखक कलम विश्वकर्मा (दिपेन्द) नेपाल कम्युनिस्ट पार्टी, दैलेख जिल्ला ईन्चार्ज हुन ।

प्रतिक्रिया दिनुहोस