२५ वैसाख,काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नजान परिषद्का सदस्यहरूलाई आग्रह गर्नु भएको छ ।
परिषद्को आइतबारको बैठक स्थगित गर्न पनि दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिनु भयो ।
प्रधानमन्त्री तथा परिषद् अध्यक्ष ओलीले आइतबार बिहान ९ बजेका लागि बैठक बोलाउनु भएको छ ।
दाहालले शनिबार विज्ञप्ति जारी गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायले बैठक बोलाएको भन्दै बैठकमा सहभागी नहुन सदस्यहरूलाई अनुरोध गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस