सुर्खेतबाट महाकुम्भका लागि जादै गरेको बस बबईमा दुर्घटना, ३५ घाइते ६ काे अवस्था गम्भीर

२७ माघ, सुर्खेत । सुर्खेतबाट महाकुम्भका लागि हिँडेको बस बबईमा दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

भेरी नगरपालिका–५ स्थित सानो खोलामा भे१ख ४३३१ नम्बरको यात्रुबहाक बस आइतबार बेलुका दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा परी घाइते भएकाहरूलाई बाँकेको कोहलपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुर्घटनामा परेको बसमा ४१ जना तीर्थयात्री सवार रहेका थिए ।

‘दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन, तर ६ जना गम्भीर घाइते भएका छन्,’ उहाँले भन्नुभयो, ‘दुर्घटनाको अझ थप विवरण आउन बाँकी नै रहेको छ ।’

प्रहरीका अनुसार बस भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको थियो ।

अहिले उद्धारको काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको डीएसपी विश्वकर्माले बताउनु भयो । बस अनियन्त्रित भई सडक पुल नजिकबाट ७/८ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस