संसदवादी नेताहरु भोटले होइन, नोटले जितेका हुन ः एटम सी

२३ मंसिर,कालिकोट । नेपाल कम्युष्निट पार्टीका पोलिट व्यूरो सदस्य एटम सीले मंसिर ४ गते भएको संसदीय चुनाबमा संसदवादी नेताहरु वास्तविक जनताको भोटले नभई नोटले जितेको वताउनु भएको छ ।

सुक्रबार जिल्लाको सहिद स्मृति गाउँपालिकाको कुमालगाउँमा समिक्षात्मक बैठक तथा प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै पोलिट व्यूरो सदस्य एटमले जनतालाई नोटको प्रलोभनमा पारेर चुनाब जित्ने परिपार्टी नै संसदीय व्यवस्थाको मुख्य कर्म भएको टिप्पणी गर्नु भयो ।

उहाँले सोही क्रमअनुसार कालिकोट लगायत देशभरका जिल्लाहरुमा संसदवादी नेताहरु चुनाब जितेको नाटक गरियो भन्नु भयो ।

उहाँले दलाल संसदीय व्यवस्थामा जनताले निश्पक्ष रुपमा भोट हाल्न नपाएको भन्र्दै साम, दाम, दण्ड र भेदको नीति अपनाएर संसदवादीहरु चुनाब जित्ने गरेको ठोकुवा गर्नु भयो ।

नेता एटमले श्रमिक सर्वहारावर्गले यो संसदीय व्यवस्थामा प्रतिनिधित्व गर्न सक्ने कुनै पनि ठाउँ नभएको उल्लेख गर्दै पैसा हुनेले मात्र चुनाब जित्ने परिपार्टी हटाउन संसदीय व्यवस्था नै खारेज गर्नु पर्ने तर्क गर्नु भयो ।

उहाँले भन्नु भयो “संसदीय व्यवस्था खसीको टाउको झुण्ड्याएर कुकुरको मासु वेच्ने थलो हो । यसको अन्त्य विना नेपाली जनताले शान्ति र समृद्धि पाउन सक्दैनन् । ”
नेता एटमले जिल्लामा देखिएको भ्रष्टाचार अनियमितिका विरुद्ध संघर्ष जारी रहेको वताउदै नेकपाले आवश्यक परेर संसदीय व्यवस्था विरुद्ध हतियार उठाउन नेकपा तयार भएको बताउनु भयो ।

उहाँले नेकपाले अहिले शान्तिपूर्ण माध्यमवाट सरकारले तीन बुँदे सहमति कार्यान्वय गरोस् भन्ने चाहाना राखेको र त्यसलाई कमजोरीको रुपमा लिए देशमा दलाल सत्ताका विरुद्ध खराव अवस्था आउन सक्ने चेतावनी दिनु भयो ।

उहाँले नेकपाको नवौं महाधिवेशनले दर्शन,अर्थशास्त्र र वैज्ञानिक समाजवाद लगायतका क्षेत्रमा केही नयाँ संश्लेषण गरेको प्रकाश पार्दै कम्युनिष्टहरु जडसुत्रवाद र संशोधनवादको दुवै समस्याबाट जोगिदै आगाडि बढ्ने नयाँ मार्गनिर्देश गरेको वताउनु भयो ।

नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विराट सीले संसदीय व्यवस्था नै नेपाली जनताको परिवर्तनको मुल्य वाधक भएको टिप्पणी गर्नु भयो । उहाँले जिल्ला कमिटिको वैठकले गरेका निर्णयहरु सवै मातहतका कमिटिहरुले कार्यान्वय गर्न निर्देशन दिनु भयो ।

यस्तै अर्का नेकपाका केन्द्रीय सदस्य अविचलले पार्टी र जनवर्गीय संगठनलाई क्रियाशिल वनाउनु पर्ने वताउनु भयो । समिक्षात्मक वैठकले आगामी पुस २ गते रास्कोटमा हुने विद्यार्थीको जिल्ला भेला र पुस ६ गते माल्कोटमा हुने श्रमिक मोर्चाको जिल्ला भेलालाई भव्य रुपमा सफल वनाउने तयारीमा लाग्ने निर्णय गरेको छ ।

यस्तै वैठकले गाउँपालिकाका सवै वडाहरुमा वडा भेला तथा वैठक गर्ने, माओ दिवसलाई भव्यरुपमा मनाउने लगायतका निर्णयहरु गरेको छ । समिक्षात्मक वैठकमा नेकपाका जिल्ला सेक्रेटरी शाहसीले जिल्ला कमिटिको वैठकले गरेका निणर्यहरुको वारे तयार सर्कुलर पढेर सुनाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस