नागरिकताबारे सर्वाेच्चले दिएको आदेशमा राजपाको आपत्ति

चैत्र २७, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जन्मका आधारमा नागरिकता दिने गृह मन्त्रालयको सर्कुलरलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति आपत्ति जनाएको छ ।

आज बसेको अध्यक्षमण्डलको बैठकले सर्वाेच्चको आदेशमा आपत्ति जनाएको हो । गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता प्रदान गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गरेकोमा सोमबार सर्वोच्चले त्यसलाई कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

यसअघि सर्वोच्च अदालतले नै जन्मका आधारमा नागकिरता लिएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन आदेश दिएको थियो तर अहिले आफ्नै आदेश विपरित निर्देशन दिएको राजपा नेपालले ठहर गरेको अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस