मानव अधिकार र अविभेद सम्वन्धि तालिम सम्पन्न

चैत्र २७, कालिकोट । कालिकोटको नरहरीनाथ गाउपालिका वडा नं १ मा मानव अधिकार र अविभेद सम्वन्धि तालिम सम्पन्न भएको छ ।

स्थानिय स्तरका मुख्य अभियान्ता र अभिकर्ता परीचालनका लागी ३ दिने मानव अधिकार र अविभेद सम्वन्धि तालिम आज सम्पन भएको हो । चैत्र २५ गते देखी सुरु भएको तालिमले स्थानिय स्तरका मुख्य अभियान्ता र अभिकर्ताको रुपमा काम गरिरहेका आमा समुह, दलित संजाल, महिला संजाल, नागरीक समाज तथा मानव अधिकारका क्षेत्रमा काम गरी रहेका मानवअधिकार कर्मिहरुका लागी मानव अधिकार तथा अविभेद सम्वन्धि तालिम दिएको थियो ।

तालिममा सहभागीहरु लाई मानव अधिकारको विश्व व्यापी अवधारणा, संविधान अनुसार दलितका हक अधिकार, नागरिकको कर्तव्य, स्थानिय सरकारको अधिकार, न्यायिक समितिको कार्यक्षेत्र, जतिय भेदभाव, छुवाछुत कसुर, सजाय ऐन २०६८, नेपालको संविधान र मुलिकी संहिता ऐनको विषयमा प्रशिक्षण दिएको तालिमका सहभागी असोक कुमार विश्वक्रर्माले जानकारी दिनु भएको छ ।

तालिम नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) जिल्ला शाखा कालिकोट द्धारा संचालित नेपालमा जातिय भेदभाव विरुद्ध साझा आवाज र कार्यक्रमका लागी सहयोग साझा आवाज परीयोजनाले गरेको थियो भने तालिमको प्रशिक्षण मानव अधिकार कर्मी तथा दलित अधिकार कर्मी विर वहादुर तिरुवाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस