कर्णाली राजमार्ग अवरोध हुन सुरु

जेठ २७, कालीकोट । मौसममा फेरवदल हुने बितिकै कर्णाली राजमार्ग अवरोध हुन सुरु भएको छ ।

कर्णाली राजमार्गको घट्टेखोलामा उकालो चढ्न नसकेर त्यही बिग्रेका यातायातका साधन तस्वीरः ज्वाला खबर

सामान्य पानी परेपछि ठाउ ठाउमा राजमार्ग अवरोध हुने र यातायातका साधन अवरोध हुन सुरु भएको हो । सुर्खेत जुम्ला सडक खण्डका बिभन्न ठाउमा खराव वाटोका कारण यातायात अवरोध हुदै आएको कर्णाली राजमार्ग जेठ लागे संगै फेरी अवरोध हुन थालेको छ ।

हिलाम्मे वाटोका कारण ठाउ ठाउमा अवरोध हुने कालीकोट खण्ड यस वर्ष पनि निकै अवरोध हुने पक्का पक्की छ । खाँडाचक्र नगरको सुनारखोलामा सामान्य पानी पर्ने बितिकै पहिरो वग्ने भएकाले अवरोध हुने क्रम यस वर्ष पनि सुरु भएको छ ।

प्रदेश सरकार सम्म गुनासो गर्दा पनि कसैले यो खण्ड मर्मत नगरेपछि नागरिकहरु निकै चिन्तीत भएका छन । बिषेश गरी ब्यापारीहरु यसको मारमा पर्ने गर्दछन ।

वर्षातको वेला सुर्खेत नेपालगन्ज वाट आउने सामान सुनारखोला, दहीखोला, घट्टेखोला र गगनेखोलामा रोकिने गर्दछ ।

सबै ठाउमा पहिरो जाने भएकाले पानी पर्ने वितिकै वाटो अवरोध हुने र अन्य बिकल्प नहुदा ब्यापारीहरु ठुलो मारमा पर्ने गरेका छन ।

केही दिन साझ पख पर्ने पानीका कारणले वाटो अवरोध हुने गरेको छ । घटेखोलामा पुल वन्ने सुरसार नै छैन । त्यहाँ दैनिक तीन देखि चार घण्टा सडक अवरोध हुने गरेको रास्कोटका निर्मल शाहीले वताउनुभयो ।
आफु काम बिषेशले सुर्खेत जान खोज्दा चार घण्टा घट्टेखोला जाममा परेकाले काम नै प्रभावित भएको शाहीले वताउनुभयो । यस्तै पिडा मान्मका ब्यापरी जिवन शाहीको पनि छ ।

मदिराको थोक बिक्रेता शाहीले पेय पर्दाथका गाडी वाटो खराव भएकाले एक हप्ता सम्म थुनिने गरेका र नेकपा बिप्लव समुहले मदिरा नियन्त्रणका नाममा नस्ट गर्ने गरेकाले मदिरा वचाउन समस्या भएको गुनासो गर्नुभयो ।

कालीकोटका नागरिकहरुले जिल्लाका बिभिन्न ठाउमा भत्कीएको सडक बिस्तारका लागी प्रदेश सरकार सम्म जानकारी गराउदा पनि हाल सम्म वाटो नवन्दा निकै चिन्तामा रहेको अर्का ब्यापारी राप्ती जनरल स्टोरका भुपेन्द्र शाहीले वताउनुभयो ।

उहाँले अघिल्लो वर्ष १० लाखको मदिरा बिप्लवका कार्यकर्ताले नस्ट गर्दा आफ्नो पनि दुई लाखको मदिरा फुटाएको वताउदै वाटो अवरोध हुन थालेमा घटना यस वर्ष पनि दोहोरिने वताउनुभयो ।

गत वर्ष जिल्लाको काले खोलामा बिप्लवका कार्यकर्ताले एक ट्कमा आउदै गरेको १० लाखको मदिरा भिरमा खसालेर नस्ट गरेका थिए । त्यसमा दुई लाखको मदिरा शाहीको पनि परेको थियो ।

यस वर्ष पनि ठाउ ठाउमा वाटो अवरोध हुने र गाडीले वास वस्नु पर्ने भएकाले बिप्लवका कार्यकर्ताले मदिरा फालिदिने डर ब्यापारीमा छ ।

बिप्लव नेकपाले मदिराले समाजमा विकृति फैलिएको भन्दै लामो समय देखि कालिकोट लगायत कर्णाली अञ्चलमा मदिरा निशेध अभियान चलाइरहेको छ ।

यस्तै समयमा गन्तब्य पुग्न नसकिने डर अन्य यात्रुलाई छ । तिलागुफा नगरपालिका शिक्षा शाखा प्रमुख इन्द्रप्रसाद न्यौपाने महिनामा तीन पटक अनिवार्य सुर्खेत कालीकोट आउजाउ गर्नु हुन्छ ।

उहाँ गत वर्ष पनि ठाउ ठाउको वाटो अवरोधको मारमा निकै पर्नुभयो । यस वर्ष त वाटो वन्ला भनेर सोचेको उस्तै देखेर पुरानो समस्या दोहोरिने चिन्ता वढेको न्यौपानेले वताउनुभयो ।

उहाँले गत वर्ष आफै पनि मुख्यमन्त्रालयमा गएर कालीकोटका बिभिन्न खण्डमा वाटो अवरोध हुने गरेकाले सडक बिभागलाई भनेर हुन्छ या प्रदेश सरकारले हुन्छ वनाउनु पर्ने र वाटो सुचारुका लागि माग गरेकाले यस वर्ष वन्छ होला सोचेको थिए । तर जेठ महिनाको अन्तीम सम्म पनि वाटो नवन्दा पुरानो पिडा भोग्नु पर्ने अवस्था आएको न्यौपानेको भनाई छ ।

हाल दैनिक चार देखी ६ घण्टा कर्णाली राजमार्गको दैलेखमा पर्ने घटेखोला, कालीकोटमा पर्ने दहिखोला, गगनेखोला, सुनारखोला, राँचुली लगाएतका ठाउमा अवरोध हुने गरेको छ ।

यस सडकलाई मर्मत गर्नका लागी कतै वाट पनि पहल भएको छैन । टाकुल्लाखोला, घट्टेखोला, लगाएतका ठाउमा पुल नवनेका कारणले वर्षातमा ठुलो वाढी आउने भएकाले पनि सडक अवरोध हुने गरेको छ ।

यस्तै सुनारखोला गगनेखोला राचुलीमा पहिरो झर्ने र वाटो हिलाम्मे हुने भएकाले सडक अवरोध हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस