जेठ २७, हुम्ला । हिमाली जिल्लामा औलो रोग देखिएपछि सरकारले विशेष टोली खटाएर नियन्त्रणमा लिने भएको छ ।
पछिल्लो समय तराईका लामखुट्टे पहाड हुँदै हिमाल चढ्न थालेपछि सरकारले पनि त्यसै अनुसारको नियन्त्रण गर्ने सयन्त्र अपनाएको छ ।
हिमालमा समेत लामखुट्टे जन्य रोग देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विशेष चिकित्सक सहितको टोली खटाएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किट नियन्त्रण शाखाका प्रमुख घनश्याम पोखरेलले तराईमा केन्दित टोली हिमालमा खटिएको बताउनुभयो ।
महाशाखाका अनुसार पछिल्लो एक हप्तामा हुम्लाको ताजाकोट, अदानचुली, सर्केगाढ लगायतका गाउँपालिकामा १५ जनामा आंैलो रोग देखापरेको छ । चकित्सकका अनुसार शरीर काम्ने, मुखबाट फिँज निस्कने, पसिना आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने र खाना खान मन नलाग्ने जस्ता लक्षण औलो रोग लागेमा देखा पर्ने गर्छ ।