जुवा तास र मदिरा माथि नरहरिनाथ गाउँपालिकाको कडा प्रतिवन्ध


भाद्र २५ कालिकोट । कालिकोटको नरहरीनाथ गाउँपालिकाले जुवा तास खेल्ने खेलाउने र मदिराजन्य वस्तु सेवन तथा विक्रि गर्ने कार्यं माथि कडा प्रतिवन्ध लगाएको छ ।
गाउँपालिका अध्यक्ष धिर वहादुर विष्टले वुधवार एक सुचना जारी गर्दै गाउँमा जुवा तास र जाड रक्सीले विकृति फैलिएको भन्दै यस माथि कडा प्रतिवन्ध लगाएको जानकारी गराउनु भएको छ । गाउँपालिको नियर्णलाई कोही कसैले उल्लंघन गरेमा त्यसता व्यक्ति माथि कार्वाही सहित आर्थिक जरिवाना पनि हुनेछ । मदिराजन्य वस्तु वेच्ने व्यक्तिलाई पहिलो चरणमा ३ हजार ,दोस्रो चरणमा ५हजार र तेस्रो चरण सम्म गल्ती गरे ७ हजार रुपैया जरिवाना हुनेछ ।
यस्तै खाने व्यक्तिलाई पहिलो चरणमा १५ सय, दोस्रो चरणमा २ हजार र तेस्रो चरणमा २५ सय जरिवाना निर्धारण गरिकोछ । मदिराजन्य वस्तुको ओसापसार गर्ने व्यक्ति माथि पनि कार्वाही हुने गाउँपालिकाले निर्णय गरको छ । त्यस्ता व्यक्तिलाई पहिलो चरणमा ३ हजार ,दोस्रो चरणमा ५ हजार र तेस्रो चरणमा ७ हजार जरिवाना हुने गाउँपालिकाले निर्णय गरको छ ।
गाउँपालिकाले जुवा तास खेल्ने र खेलाउने व्यक्तिलाई पनि आर्थिक जरिवाना हुने निर्णय गरेको छ ।
जसअनुसार जुवा तास खेल्ने र खेलाउने व्यक्तिलाई पहिलो चरणमा १० हजार ,दोस्रो चरणमा २० हजार र तेस्रो चरणमा ३० हजार रुपैया आर्थिक जरिवाना हुनेछ ।
गाउँपालिका अध्यक्ष विष्टले जारी गरेको सुचनामा भाद्र २२ गते इलाका प्रहरी कार्यालय कुमालगाउँले जुवाडे सहित ६९,३३५ रुपैया वरामद गरेको पनि जनाईएको छ ।
गाउँमा जुवा तास र मदिराजन्य वस्तुका कारण अशान्ति फैलिएको भन्दै गाउँपालिकाले कडा निर्णय लिएको जनाएको छ । जरिवाना वाट प्राप्त रकम भने फिर्ता नहुने पनि जारी सुचनामा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस