माघ २८, दाङग। दाङ्गका लघुवित्त संस्थाहरुले स्थानीय महिलाहरुलाई दुई नम्वरी धन्धा (यौन व्यवसाय) गरेर भएपनि संस्थाको किस्ता अनिवार्य तिर्न उर्दि जारी गरेका छन ।
लघुवित्तका कर्मचारीहरुले स्थानीय महिलाहरुलाई किस्ता तिर्न नसके दुई नम्वरी धन्धा (यौन व्यवसाय) गरेर पनि किस्ता तिर्न उर्दि जारी गरेको स्थानीय महिलाहरुले गुनासो गरेका छन ।
जिल्लाको गढवा गाउँपालिका ५ सोनपुरुवा निवासी लघुवित्तको संस्थामा ऋण खानु भएकि दिक्षा चौधरीले गाउँमा आफू लगायतका महिलाहरुलाई लघुवित्त सस्थाहरुले निकै सताएको र गलत धन्धा गरेर पनि अनिवार्य किस्ता तिर्न भनेको गुनासो गर्नु भएको छ ।
एउटा संचार माध्यम संग दिएको अन्तरवार्तामा पीडित चौधरीले एनएमवि र छिमेकी लघुवित्तीय संस्थाका कर्मचारीहरुले आफुलाई किस्ता तिर्न सक्नुहुन्न भने दुई नम्वरी धन्धा गरेर पनि किस्ता तिर्न उर्दि जारी गरेको दुखेको पोख्नु भयो ।
उहाँले भन्नु भयो “दुई नम्वरी धन्धा (यौन व्यवसाय) गर्ने ठाउँ देख्नु भएको छैन भने हामी देखाई दिन्छौ दिनको पाँच सय कमाउनु पर्छ भने, दुनियाँ संग होटल होटलमा गएर सुत्दै हिडनु सम्म भनेका छन ।”
पीडित चौधारीले एनएमवी संस्थाका कर्मचारीहरुले त्यतिमात्र नभई कित झुण्डिएर मुर्न कित चोरी गर्नु कित वुढालाई मार्नु अनि मात्र किस्ता छुट हुन्छ नत्र तिर्नुपर्छ सम्म भनेका छन भन्नु भयो ।
पीडित चौधरी भन्नु भयो “छिमेकी संस्था वाट ६० हजार ऋण आएको थिए ३० हजार तिर्न वाँकी थियो,आफ्नो छोरा विरामी हुदा किस्ता तिर्न ९दिन ढिलो भयो,संस्थाले एक हजार थप व्याज सम्म लियो,डेढ वर्ष भयो पास वुक अझै पनि दिएको छैन ।”
किस्ता तिर्न ढिलो भयो भने घरमा धम्की दिने गरेको गुनासो गर्दै पीडित चौधरीले भन्नु भयो “घरको सामान लिन्छौ भन्छन, जेलमा लिन्छौ भन्छन, वुढा विदेश भएको पाँच महिना भयो,वुढालाई समेत उहाँको मोवाई नम्वर लिएर फोन गरि तनाम दिन्छन, मोवाईमा म्यासेस आउछ भन्छन केही आउदैन महिलाहरुको उठ्ठीवास भयो ।”
पीडित चौधरीले गाउँमा धेरै महिला लघुवित्तको ऋणले लुटिएको गुनाासो गर्दै लघुवित्त खारेजीको माग गर्दै आएको र माघ महिनामा किस्ता नदिएको वताउनु भयो ।
उहाँले भन्नु भयो “म त प्रतिनिधि मात्र मात्रै हो गाउँमा धेरैको जग्गा जमिन लिलाम भएको छ,घरवार विहिन भएका छन,त्यसैले लघुवित्तहरु खारेज हुनुपर्छ ।”