उखान टुक्काले देश बन्दैन, नेकपाको सरकार आएदेखि बलात्कार र हत्या हिंसा बढ्यो :देउवा

चैत २८, काभ्रे । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले उखान टुक्काले देश नबन्ने बताएका छन् । काभ्रेको क्षेत्र नं. १ को कांग्रेस पार्टी भवन शिलान्यास कार्यक्रममा बुधबार पूर्व प्रधानमन्त्री देउवाले यस्तो कुरा बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उखान टुक्का मात्र भन्ने गरेकाले देश नबन्ने बताएका हुन् ।

देशमा नेकपाको सरकार आएदेखि बलात्कार र हत्या हिंसा बढेको देउवाले बताए । सरकार बलात्कार र हत्यारालाई जोगाउने काममा लागेको आरोप पनि उनले लगाएका छन् ।

‘सरकार नयाँ नयाँ विधेयक ल्याई प्रजातन्त्र र गणतन्त्रलाई कमजोर तुल्याउने काममा लागेको छ,’ उनले भने, ‘जनता, पत्रकारलगायत सबैको अधिकार खोस्न लागि परेको छ ।’

प्रतिक्रिया दिनुहोस