४५ सय वालवालिकाको स्वास्थ्य परिक्षण, ८ जनाको तुरुन्तै अप्रेशन गरीने

 जेठ २८, कालिकोट । कालीकोट जिल्लको खाँडाचक्र नगरपालिका भित्र रहेका बिद्यालय मध्यका २० बिद्यालयका चार हजार पाँच सय वालवालिकाको निशुल्क मुटुको चाँज गरिएको छ ।

आईतवार नगरका दुई वटा बिद्यालयमा आयोजित निशुल्क स्वास्थय शिबिरमा ४ हजार ५ सय वालवालिकाको स्वास्थ्य परिक्षण गरिएकोमा ३० जना वालवालिका मुटु रोगी भेटिएका छन ।

५ वर्ष देखि माथि १५ वर्ष सम्मका वालवालिकाहरुको गरिएको स्वास्थ्य परिक्षणमा ३० जना बिरामी भेटिएका थिए । ३० मध्य ८ जना वालवालिकाहरुको तत्काल अप्रेसन गर्नु पर्ने शिबिरमा सहभागी चिकित्सकले वताएका छन ।

३० जना बिरामी भेटिएका मध्य १० जनामा रोमेटिक हृदय रोग (Rheumatic heart disease) भएको पाईएको छ भने २० जना बृहदान्त हृदय (Congenatal heart diseases) रोगहरु भएका वालवालिका भेटिएका छन । त्यतीमा ८ जनाको तुरुन्त अप्रेशन गर्नु पर्ने भएकाले शहिद गंगालाल हृयरोग अस्पतालमा निशुल्क उपचारका लागि छनोट समेत गरिएको छ ।

नेपाल हृदय रोग निवारण प्रतिस्ठान काठमाण्डौले सबै चिकित्सकहरुको ब्यवस्था गरेर कालीकोटका वालवालिकाहरुको स्वास्थ्य परिक्षण गरेको प्रति खाँडाचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेले धन्यावाद दिनु भएको छ ।

यसको सहजिकरण नेपाल हृदय रोग निवारण प्रतिस्ठान शाखा कार्यालय कालीकोटले गरेको थियो । शिबिर वाट अप्रेशनका लागि छनोट भएका ८ जना वालवालीकाहरुको आउने जाने खर्च भने अबिभावकले गर्नु पर्ने छ।

अस्पतालमा लाग्ने खर्च मात्र नेपाल हृदय रोग निवारण प्रतिस्ठान काठमाण्डौले ब्यहोर्ने नेपाल हृदय रोग निवारण प्रतिस्ठान शाखा कार्यालय कालीकोटका सचिव दिपवहादुर शाहीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस