कम्युनिष्टहरुले भन्दै आएको लोकतान्त्रिक व्यवस्था जनगणतन्त्र,समाजबाद र साम्यवाद सम्मको यात्रा हो । यो यात्रामा पुग्न नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले आ– आफ्नो सैद्धान्तिक राजनीतिक कार्यनीति अपनाएका छन । त्यहि अनुसारका डकुमेन्टहरु पारित गर्दै आएका छन् । जसमा नीति प्रमुख कि नेतृत्व प्रमुख भन्ने विषयमा वहस भइरहेको छ । आज पनि त्यो विषय उठिरहेको छ ।पुष्पलाल देखि अहिले सम्म नेपालमा बर्खाका च्याउ उम्रे जस्तै दर्जनौ कम्युनिष्ट पार्टीहरु उम्रेका छ्न । विभिन्न आन्दोलनमा कम्युनिष्टहरुको भूमिका पनि छ । अहिलेको संघीय गणतन्त्र नेपाल सम्म पुग्न धेरै दुःख,कष्ट कम्युनिष्टहरुले गरे । कम्युनिष्टहरुको राजनीति धरातल पनि छ । तर सहि नीति र सहि नेतृत्वको अभाव कम्युनिष्ट आन्दोलनमा अहिले पनि खड्किएको छ । जसका कारण जनता कम्युनिष्ट विचारधारमा लामवद्ध भएपनि कम्युनिष्ट पार्टी एक भएनन् । कम्युनिष्टहरुको सत्ता पनि टिक्न सकेको छैन । जसको नीति र उसको नेतृत्व कम्युनिष्ट आन्दोलनमा नहुनु समस्या छ । विस २०१४ सालमा कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेसनमा पुष्पलालको डकुमेष्ट पारित हुनु तर नेतृत्वमा निम्नपूजीवादी दरवार परस्त केशरजंग रायमाझी पुग्नु नीति र नेतृत्वको तालमेल नहुनु दुखत इतिहाँस हो ।
यो समस्या कम्युनिष्ट पार्टीमा किन आयो ? भन्ने विषय आज वहस गर्न जरुरी छ । कम्युनिष्ट पार्टी भित्रको नेतृत्व छान्ने प्रक्रिया के हो ? कसरी हो ? निर्वाचिन हुन्छ कि हुदैन ? पार्टी भित्रको आन्तरिक लोकतन्त्र अथवा जनवाद कस्तो हुन्छ भन्ने प्रश्नहरु उठका छन । यी प्रश्नहरुको उत्तर आज कोही पनि नेपालका कम्युनिष्ट पार्टीहरुले सहज रुपमा दिन सक्ने हिक्मत राख्दैनन् । नेतृत्व छान्ने प्रक्रिया लोकतान्त्रिक विधि भन्दा पनि टिके विधि प्रयोग गर्ने ,प्रतिस्पर्धाको विधि निषेध गर्ने जस्ता तमाम समस्याहरु पार्टी भित्र छन । मरुन्जेल सम्म एउटै नेतृत्व पदमा वसिरहने, नयाँ युवा पीडिलाई नेतृत्व विकास तथा हस्तान्तरण नगर्ने, उत्ताराधिकारी निमार्णमा ध्यान नदिने लगायतका समस्या कम्युनिष्ट आन्दोलनमा छन । रुस,चीनमा उत्ताराधिकारी निमार्ण र क्रान्तिकारीहरुको नेतृत्व विकासमा ध्यान नदिदा प्रतिक्रान्ति भोग्नु पर्यो । आज नेपालमा पनि यस्तै समस्या नहोला भन्न सकिदैन । नेपालमा भएका कम्युनिष्ट पार्टीहरु सवै त क्रान्तिाकारी विचारमा छैनन् । कम्युष्निटको नाममा ंसंधोसनवादी लाइनमा छिरेका छन । जसको प्रतिनिधित्व एमाले,माओवादी केन्द्र,लगायतका दलहरुले गरेका छन । उनीहरुको पार्टीमा क्रान्तिकारी विधि प्रक्रिया, क्रान्तिकारी नीति,कार्यदिशाको वहस गर्नु व्यर्थ छ ।
भर्खरै एमालेको १०औ महाधिवेशन सकियो । कांग्रसको १४ औं महाधिवेसन हुदैछ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गर्दैछ । त्यसका लागि गाउँ टोल देखि प्रतिनिधिहरु छनौट गरिएका छन । यो वेला पार्टी भित्रको लोकतन्त्र कतै प्रयोग भयो त कतै अंकुस लगाइयो । खास गरेर कम्युनिष्ट पार्टीहरुले लोकतन्त्रको प्रयोग गरेनन् । एमालेको महाधिवेसनले पुरानै अनुहार नेतत्वमा ल्यायो । नयाँ युवा पीडिहरु ल्याउन सकेन । निश्चित गुटवाद,गुलामीवादका कारण केपी भन्दा वाहिर नेतृत्व आउन सकेन । यस्तै समस्या माओवादी आन्दोलनमा छ । करिव ३० वर्ष देखि प्रचण्डको नेतृत्वमा माओवादी केन्द्र छ । उसले पनि नेतृत्वको अर्को विकल्प दिन सक्ने अवस्था छैन । पार्टी भित्र आन्तरिक लोकतन्त्र पनि छैन । यो समस्या केन्द्र देखि वडा तह सम्म छ । आफुले चाहेको व्यक्ति नेता वनाउने ,योगदान गरेका कार्यकर्ता छुट्ने समस्या छ । यो समस्या समाधानका लागि कम्युनिष्ट भनिने पार्टीहरुले ठुला महाधिवेसन ,भेला सम्मेलन गरेर नीति र नेतृत्व त्यहीवाट छान्नु पर्छ । कार्यकर्ताले प्रत्यक्ष मतदान गरेर छान्न पाउने व्यवस्था हुनु पर्छ ।
अव पछिल्लो क्रान्तिकारी विचार र पार्टीको नेतृत्व गरेको विप्लव नेतृत्वको नेकपामा माथि पनि परिक्षणको घडिछ । पार्टी भित्रको लोकतन्त्र, जनवाद,के कति प्रयोग हुन्छ या हुदैन ? भन्ने कुरा कार्यकर्ता जनताले हेरेका छन । यदि नेपालमा क्रान्तिकारी आन्दोलनको नेतृत्व गरि सफल अवतरण गर्नेहो भन्ने नीति र नेतृत्व केन्द्रीकृत वन्नै पर्छ । आज एकीकृत जनक्रान्तिको कार्यदिशाको कार्यनीतिवाट वैज्ञानिक समाजवादमा जाने विचार विप्लवले ल्याउने नेतृत्व मानौं प्रचण्डले गर्ने हुन सक्दैन । पार्टी एकताको नाममा प्रचण्ड मुख्य लिडर भएर विप्लव महासचिव हुने चर्चा पनि छ । यो यदि साँचो हो भने इतिहाँसको गल्ती दोहाेिरने छ । संसदीय व्यवस्थाको असफल पात्रको रुपमा प्रचण्ड देखिएका छन । उनले आफ्नै नेतृत्वको क्रान्ति प्रतिक्रान्तिमा वदलेर संसदीय व्यवस्थामा छिरेका थिए । तर आज त्यही व्यवस्थावाट पीडित छन । तर पनि उनी संसदीय घेरावाट वाहिर आउन चाहेका छैनन् । यदि संसदीय घेरावाट वाहिर आउने, एकीकृत जनक्रान्तिको कार्यदिशामा सहमति भई विप्लवको नेतृत्वमा पार्टी एकता गर्ने हो भने क्रान्तिकारी आन्दोलन विजयी हुन सक्छ । वरु माओवादी आन्दोलनका पाका नेताहरु प्रचण्ड, मोहन वैद्य,वावुरामहरु सल्लाहकारको भूमीकामा वसी युवा पुस्तालाई नेतृत्व दिएर माओवादी घटकहरुको एकता गर्नुपर्छ । यो अहिलेको आवश्यकता हो ।
युवाहरुले पनि नेतृत्व लिनेमा कन्जुस्याई गर्नु,हामी भन्दा पाका नेता छन भन्ने वुझाई राख्नु आन्दोलनको समस्याको रुपमा देखिएको छ । पार्टी भित्रको नेतृत्वको विकास गर्दा युवालाई प्राथकिता र पाकालाई पनि सम्मान स्थान दिएर नेतृत्व विकास गर्नुपर्छ । पाका नेताहरुको अनुभव,ज्ञानलाई लिनु पर्छ भने युवाहरुको जोस जाँगर र भौतिक शक्तिलाई आन्दोलन लगाउनु पर्छ । नेतृत्वको गल्तीमा सुधाररात्मक आलोचना गर्नु पर्छ । नेताले गल्ती गर्दा पन राम्रो देख्ने कार्यकर्ता क्रान्तिकारी हुन सक्दैन । पार्टी भित्र नेतृत्वको छनौट गर्दा क्रान्तिकारी पार्टी भित्र पनि निर्वाचन प्रक्रिया हुनु पर्छ । कार्यकर्ताले नेता छान्न पाउने व्यवस्था हुनु पर्छ । जनताले व्यवस्था छान्न पाउने अधिकार हुनु पर्छ । नेपालमा भने असफल सिद्ध संसदीय व्यवस्था छ । यसका विकल्पमा वैज्ञानिक समाजवादमा जानुपर्छ । कम्युनिष्ट भन्ने शक्तिहरु जनमतसंग्रहको चुनावमा जान तयार हुनैपर्छ । यदि वैज्ञानिक समाजवादको पक्षमा चुनवामा पनि जादैन र भोट पनि वैज्ञानिक समाजवादी एजेण्डमा हाल्दैन भने अव नेपालमा त्यो कम्युनिष्ट शक्ति हुन सक्दैन । त्यो प्रतिक्रियावादी,प्रतिक्रान्तिकारी शक्ति हुन्छ ।