नेकपाद्धारा रास्कोटमा विवश,इन्द्रजित र मदन स्मृति दिवस मनाईदै

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगरकमिटीले महान सहिद विवश,इन्द्रजित र मदनकों स्मृतिमा आज रास्कोटमा २३ औं स्मृति दिवस मनाउदैछ ।

सहिद इन्द्रजितको गाउँ चुत्रिकोटमा २३ औं स्मृति दिवस कार्यक्रमको आयोजना गरिएको नेकपा रास्कोट नगरकमिटीले जानकारी दिएको छ ।

तत्कालिन नेकपा (माओवादी)का जिल्ला सदस्य विश्वनाथ योगी (विवस), पुष्पराज न्यौपाने (इन्द्रजित) र छापामार सदस्य मदनको २०५७ साल पौष २७ गते आजैको दिन फुकोटको थोल्म भिडन्तमा उच्च साहदत्त भएको दिनको सम्झनामा नेकपाले स्मृति दिवस मनाउन लागेको हो ।

स्मृति दिवसको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विराट सी,जिल्ला सेक्रेटरी साहसी सी,नगर इन्चार्ज समग्र,सेक्रेटरी निर्देशन,सहिद परिवार नेता कार्यकर्ता तथा जनताको सहभागिता रहने छ ।

तत्कालिन फुकोट गाविसको वडा नम्वर ३ थोल्ममा स्थानीयवासी मणीराम बरालको घरमा एरिया स्तरिय शिक्षकहरुको भेला आयोजना गरिएको थियो ।
भेलामा सहभागी हुन शिक्षकहरु आउने क्रम जारी भएकै बेला स्यूना मौलाकोटको डाँडामा क्याम्प खडा गरी बसेको तत्कालिन हत्यारा प्रहरीको जत्था त्यहाँ पुगेपछि माओवादी एक सेक्सन मात्र रहेको छापामार बिच भिडन्त सुरु भयो ।

कार्यक्रम स्थाल घेराहानी धेरैको क्षति बनाउने सपना बोकेको प्रहरीसंगको भिड्न्तका क्रममा घेरा तोड्दै भाग्दै गर्दा थोल्मको अनकन्टार भिरमा महान सहिद विवश,इन्द्रजित र मदनलाई गोली लागि उच्च बलिदानी भएको थियो ।

महान सहिद विवशको घर तत्कालिन सिप्खाना गाविसको कोली गाउँ हो भने इन्द्रजितको घर फुकोट गाविसको २ नम्वर वडा चुत्रिकोट हो । यस्तै सहिद छापामार सदस्य मदनको गाउँ तत्त्कालिन नानीकोट गाविसको खडतोली हो ।

उनीहरु तीनै जना महान सहिदहरु आज यो संसारमा भौतिक रुपमा नभएपनि उनीहरुले अंगालेको विचार र क्रान्तिमा पुर्योग योगदान अजम्बरी छ । जसले गर्दा नेकपाले हरेक बर्ष स्मृति दिवसको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस